Tuesday, November 22, 2022

22: Tharu



मधेसमा सीके राउतको उदय मधेसका पुराना दलले सत्तास्वार्थकेन्द्रित राजनीति गरेको गुनासो बढिरहेका बेला जनमत पार्टी वैकल्पिक शक्ति बन्ने सम्भावना ...... मधेस आन्दोलनको जगमा राजनीतिमा उदाएका यादव र पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा होमिएका राउत आमनेसामने हुने भएपछि मधेसमा ‘दो शेर, एक मैदान’ भनेर टिप्पणी हुन थाल्यो । ....... आम चुनावका लागि घरदैलोमा निस्कने जसपाका उम्मेदवार र नेता–कार्यकर्ताले जनमत पार्टीको चुनावचिह्न लाउडस्पिकरलाई ‘पिपही’ भनेर होच्याउँथे । राउतले भने आफ्नो क्षेत्रमा भ्रष्टाचार नियन्त्रण र रोजगारीलगायत जनजीविकासँग जोडिएका मुद्दा मतदातासँग राख्दै आए । ....... गत वैशाखको स्थानीय निर्वाचनमा प्राप्त मतको हिसाब गरेर जनमत पार्टीले सप्तरी–२ नजित्ने अड्कल धेरैले गरेका थिए । तर राउतले आफूप्रति युवा र न्यून आय भएका गरिब तथा दलितमा आकर्षण बढाए । मनोनयनदेखि नै राउतका कार्यकर्ताले गाउँगाउँ पुगेर प्रोजेक्टरमार्फत राउत विभिन्न समयमा पक्राउ गर्दाको भिडियो देखाउँथे । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने क्षेत्रमा पनि राउतको प्रचार गर्थे । यसबाट टोल, बस्ती र चोकमा वृद्धदेखि बच्चासम्मले राउतले चिन्न पाए । ....... राउत मुलुकभरिमै थोरै जनसंख्या रहेको राजधोब जातिका हुन् । ....... जनमत पार्टी अब मधेसमा वैकल्पिक दल बन्ने विश्लेषण हुन थालिसकेको छ । ....... स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुँदा उसले १९ वडाध्यक्ष र २ पालिका प्रमुख जितेको थियो । दुवै पालिकाको नेतृत्व जनमत पार्टीले सप्तरीमै जितेको हो । ...... मधेस प्रदेश सरकार र स्थानीय तहमा भएको ‘भ्रष्टाचार’ मामिलालाई राउतको दलले जबर्जस्त ढंगले उठाउँदै आएको थियो । .

देउवा र दाहालको सत्तायात्रा जोखिममा संसद्‌मा अर्का महामन्त्री शर्माको उपस्थिति संसदीय दलको नेता बन्ने थापाको लक्ष्यमा ठूलो बल पुग्ने देखिन्छ ....... निर्वाचनपछि आलोपालो प्रधानमन्त्रीमा जाने गरी गठबन्धनलाई निरन्तरता दिन सहमत भएका यी दुई नेतालाई सरकारमा पुग्ने यात्रा सहज छैन । ........ पार्टीमा संख्यात्मक हिसाबमा देउवा बलियो हुन सक्ने भए पनि समानुपातिक र प्रत्यक्षतर्फ पार्टीलाई प्राप्त जनादेश अपेक्षित नभएकाले कांग्रेसभित्र सरकारको नेतृत्व बदल्न सशक्त दबाब बढ्ने संकेत थापाले गरेका छन् । अहिलेकै नेतृत्वलाई प्रधानमन्त्रीमा निरन्तरता दिँदा पार्टीको भविष्य थप संकटमा पुग्ने भन्दै थापाले सरकारको नेतृत्व बदल्ने आफ्नो मुद्दा अझै बढी सान्दर्भिक बनेको बताए । ...... ‘अब ड्राइभिङ सिटबाटै चालक नबदलेसम्म मुलुक बदलिन्न, पार्टी पनि बदलिन्न,’ उनले भने । ....... नेता कृष्णप्रसाद सिटौला समूहको कित्तामा भए पनि पौडेल सरकारको नेतृत्व बदल्ने कित्तामा थापा र शर्मासँगै छन् । छैटौं पटक प्रधानमन्त्री हुने देउवाको योजनालाई निर्वाचनबाट प्राप्त जनादेश र दुई महामन्त्रीसहित युवा सांसदहरूको हस्तक्षेपले असहज बनाउने देखिन्छ । ......... बलियो गठबन्धन बनाउँदा पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सोचेअनुसार परिणाम नपाउने देखेपछि देउवा पार्टीमै प्रतिरक्षात्मक पोजिसनमा पुगेका छन् । बालुवाटार स्रोतका अनुसार देउवाले प्रत्यक्षतर्फ ६५ भन्दा माथि र समानुपातिकमा ४०/४१ सिट आउने अनुमान लगाएका थिए । ...... देउवासँग प्रतिस्पर्धाका लागि तयार थापाले जनादेशको सन्देशलाई अंकगणितको भाषामा बुझ्नु नै गलत हुने बताए । ........ ‘बदल्ने, नबदल्ने कुरै होइन, अब बनाउने हो । ताजा जनादेशको व्याख्या गरेर त्यसले दिएको जनादेशअनुसार अघि बढ्ने हो । जनादेशलाई गणितीय रूपमा मात्रै बुझ्न हुन्न,’ उनले भने । मतदाताले पार्टीलाई रूपान्तरण गर भनेर प्रमुख सन्देश दिएको उनको भनाइ छ । ‘ठूलो र पुरानो पार्टीले यो सन्देशलाई बुझ्नुपर्छ,’ शर्माले भने, ‘संसदीय दलको पहिलो बैठकमा यस विषयमा छलफल अघि बढ्छ ।’ निर्वाचनअघिदेखि नै उनले सांसद निर्वाचित भए संसदीय दलको नेतामा थापाको प्रस्तावक भएर उभिने बताउँदै आएका छन् । ...... प्रत्यक्ष र समानुपातिक दुवैमा अपेक्षाकृत नतिजा नआउनुमा एउटा नेतृत्व मात्रै नभई पार्टीको सामूहिक भावना जोडिने बताए । सबै निर्वाचन क्षेत्रमा उम्मेदवार नहुनु, सामाजिक सञ्जालमा प्रमुख पार्टीविरुद्ध अभियान बढाउनु जस्ता कारण पनि चाहेजस्तो परिणाम नआएको महत बताउँछन् । ....... सुनसरी–३ मा विजयकुमार गच्छदार तेस्रो स्थानमा छन् । .

थरुहट राजनीतिको अनुमोदन प्रतिनिधिसभामा मात्र नभएर सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन ...... उन्मुक्ति पार्टीका पदाधिकारी दाङ–१ र रूपन्देही–१ मा पनि प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार विजयी हुने तथा समानुपातिकको मतगणना सकिँदासम्म तीन प्रतिशतको थ्रेसहोल्ड पनि पार गर्ने आशामा देखिन्छन् । ....... यो दलले कैलाली र बर्दियाबाट ५ सांसद प्रतिनिधिसभा पठाउन सक्ने सम्भावना देखिएको छ । उन्मुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३३ र समानुपातिकतर्फ ५७ जनाको उम्मेदवारी दिएको थियो । ........ कैलालीका ५ र बर्दियाका २ गरी यी सात क्षेत्रमा यसअघि माओवादीले तीन, एमालेले दुई, कांग्रेसले एक र तत्कालीन राजपाले एक (कैलाली–१ बाट रेशम चौधरी) जितेका थिए । जहाँ अहिले नागरिक उन्मुक्ति पार्टी एक्लैले ५ सिट जित्ने अवस्था देखिएको छ । ....... ‘यो अवस्था कांग्रेस, एमाले, माओवादी जस्ता दलहरूकै कारण आएको हो । यहाँका थारूले आजसम्मको उत्पीडनका लागि प्रमुख दललाई सजाय दिएका हुन् ।’ ........ ‘टीकापुर घटनामा संलग्न भन्दै मुद्दा चलाइएकाहरू अदालत र कानुनको नजरमा दोषी देखिए । उनीहरूलाई जेल हालियो । तर, यहाँका रैथाने थारूका नजरमा उनीहरू दोषी थिएनन्,’ थारू नागरिक समाज कैलालीका संयोजक चौधरी भन्छन्, ‘माओवादी युद्धमा हजारौं मानिस मार्नेलाई उन्मुक्ति भयो, तर हाम्रो राजनीतिक आन्दोलनमा लागेकालाई फसाइयो भन्ने भावना यहाँ छ । हामी अब पनि अगाडि नसरेर कतिन्जेल यिनै पार्टीको गुलामी गर्ने भन्ने प्रश्नले सबैलाई जुरुक्कै उठायो ।’ ....... संयोजक चौधरीले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जनतासँग मत माग्दा ‘हामीलाई यी पार्टीहरूले, सरकार र अदालतले न्याय दिएन, अब अन्तिम न्यायाधीश तपाईंहरू नै हो, तपाईंहरूबाटै न्याय होस्’ भनेर मागेको र त्यसबाट मतदाता प्रभावित भएको बताउँछन् ।........... जिल्लाभर वडाध्यक्ष तथा वडा सदस्यसमेत गरी उन्मुक्ति पार्टीका ९९ जनप्रतिनिधि निर्वाचित भएका छन् । ........ समानुपातिकतर्फ प्रदेशसभाको थ्रेसहोल्ड प्रतिनिधिसभाको भन्दा आधा अर्थात् १.५ प्रतिशत मात्र छ । जसलाई नागरिक उन्मुक्ति पार्टीले कम्तीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पार गर्न सक्ने अवस्था देखिन्छ । ......

२०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत जनसंख्या भएका थारू क्षेत्री (१६.६ प्रतिशत), ब्राह्मण (१२.२ प्रतिशत) र मगर (७.१ प्रतिशत) पछिको चौथो ठूलो जातीय समूह हो ।

.......... ‘थारू मात्रै नभएर समग्र उत्पीडित समुदायको आवाज मुखरित गर्ने जिम्मेवारी आएको छ । उत्पीडनका साझा मुद्दाको अगुवाइका लागि सशक्त रूपमा उभिनेछौं ।’
.

आक्रोशको मतलाई आशामा बदल्ने परीक्षा सीमा र सामथ्र्यसहित स्वतन्त्र पार्टी राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आएको छ, पार्टीको आफ्नै सैद्धान्तिक दृष्टिकोण भने स्पष्ट भइसकेको छैन, सांगठनिक संरचना अपूरै छ ........ स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन्छ या प्रतिपक्षमै बस्छ भन्ने चासो पनि बढेको छ । ....... समानुपातिकतर्फ करिब १४ प्रतिशत मतका साथ तेस्रो स्थानमा छ । ...... मौलाउँदो भ्रष्टाचार, कमजोर पूर्वाधार र दोहोरिँदा उम्मेदवारले तयार पारेको निराशालाई स्वतन्त्र पार्टीले चुनावी उत्साहमा परिणत गरेको छ । ....... असार पहिलो साता गठन भएको पार्टीले ६४ जिल्लामा संगठन पुर्‍याएको छ, तर सबै समिति पूर्ण छैनन् । केही जिल्लामा नगर र वडा समिति बनाए पनि ती कहाँ–कहाँ छन् भन्ने यकिन विवरण केन्द्रसँग छैन । ....... ललितपुर–३ की प्रत्याशी डा. तोसिमा कार्की चिकित्सक हुन् भने काठमाडौं–२ की सोविता गौतम टेलिभिजन कार्यक्रम प्रस्तोता र कानुन व्यवसायी हुन् । काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका शिशिर खनालले शैक्षिक उन्नयनमा लागिपरेको संस्था ‘टिच फर नेपाल’ को नेतृत्वमा रहेर लामो समय काम गरेका थिए । ....... पार्टी गठनलगत्तै ‘आरएसपी’ नाममा एप खोलेर सदस्यता वितरण अभियान सुरु गरिएको थियो । त्यसबाट करिब एक लाखले सदस्यता लिएको ....... विद्रोह, सामाजिक आन्दोलन वा निरन्तर सांगठनिक अभ्यासबाट मात्र दल उदाउने इतिहास रहेका बेला फरक तरिकाले सतहमा आएको स्वतन्त्र पार्टी .

मधेसमै जसपा र लोसपालाई धक्का पाँच वर्ष प्रादेशिक सरकार नेतृत्व गरेको जसपाले मधेस प्रदेशका ३२ मध्ये ६ स्थानमा मात्र अग्रता लिएको छ । लोसपाले एक स्थानमा मात्र अगाडि छ । ....... प्रतिनिधिसभा र मधेस प्रदेशको मंगलबार रातिसम्मको समानुपातिक मतगणनामा जसपाभन्दा जनमत पार्टी अगाडि छ । ...... जनमतबाट सप्तरी २ सीके राउत, सिरहा २ मा विनोदकुमार यादवले अग्रता लिएका छन् । ....... ‘अब उपेन्द्र यादवबाट काम चल्दैन भन्ने सोचेर मधेसी मत सीके राउतको पार्टीतर्फ गएको देखिन्छ’ ....... एमालेसँग गठबन्धन भए पनि एमालेको भोट जसपाले नपाएको जनकपुरीको बुझाइ छ । अन्तिम अवस्थामा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्नु जसपाका लागि घातक भएको ...... मधेसी दलले मधेसमा लगातार ५ वर्ष सरकार चलाए पनि जनतामा खासै परिवर्तनको अनुभूति दिलाउन नसक्दा मत पाउन नसकेको टिप्पणी गर्छन् । ‘जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान भएनन्,’ उनले भने, ‘मधेसी दलको चरित्र देखेर जनता आजित भइसकेका थिए ।’ उनले नागरिकता कानुनका लागि विगतमा आन्दोलन गरेको जसपाले यसपटक निर्वाचनमा नागरिकताको विषयमा केही बोल्दै नबोलेको बताउँछन् । ‘जसपा आफ्नो एजेन्डामा नटिक्दा नाजुक अवस्थामा पुग्यो’

No comments: