Monday, November 28, 2022

जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना

गणना भएको मतमा जनमत पार्टीले भेट्यो ‘थ्रेस होल्ड’, राष्ट्रिय पार्टी बन्ने सम्भावना सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले हालसम्मको गणनामा समानुपातिक तर्फ ३ प्रतिशत अर्थात् थ्रेस होल्ड भेटेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फको ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा राउतको पार्टीले ३ दशमलव शून्य शून्य ३३ प्रतिशत अर्थात् २ लाख ८४ हजार ८२८ मत ...... जनता समाजवादी पार्टीले ३ लाख ४१ हजार २७२ मत .

जनकपुरधाममा विवाह पञ्चमीको धुमधाम
जनमत पार्टीले पनि कटाउला समानुपातिकको थ्रेस होल्ड? हालसम्म गणना भएको मतमा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ । यो सदर मतको ३.०१ प्रतिशत हो । ..... बाँकी मत गणनामा पनि जनमतले यही अनुपात कायम राख्न सके थ्रेस होल्ड कट्ने छ । थ्रेस होल्ड कट्नासाथ कम्तिमा ४ सिट पाउनेछ । ....... तर दोलखा, स्याङ्जा २, बाजुराको मत गणना बाँकी नै भएकाले ३ प्रतिशतमा टिकिराख्न जनमतलाई सहज छैन ।

मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा
ओलीले सफल पारे महोत्तरी १ मा माओवादी किल्ला ढाल्ने रणनीति गत मंसिर ४ गते सम्पन्न निर्वाचनका उम्मेदवार बनाउने आश्वासनसहति पटक पटक ओलीले लक्ष्मीलाई पार्टीमा आउन अफर गरे । तर, एमाले मधेश विरोधी पार्टी रहेको ट्याग लागेका भन्दै लक्ष्मी इच्छुक थिएनन् । ....... लक्ष्मी जसपाबाट चुनाव लड्ने मुडमा थिए । तर जसपाकै भागमा नपरेपछि लक्ष्मीलाई एमालेले अफर गर्‍यो । दुबै दलको गठबन्धन हुँदा एमालेकै उम्मेदवार बन्न लक्ष्मी पछाडि परेनन् । मनोनयन दर्ताको पूर्वसन्ध्यामा असोज २२ गते राति लक्ष्मी जसपा छाडेर एमाले छिरे । ....... धनुषाको सखुवा महेन्द्रनगरको एक घरमा एमाले सचिव रघुवीर महासेठले उनलाई पार्टीमा भित्र्याए । र प्रतिनिधिसभा सदस्यको टिकट प्रदान गरे । मनोनयन दर्ता गराएर लक्ष्मी चुनावी मैदानमा होमिए । ...... योसँगै माओवादी केन्द्रको १५ वर्षे लालकिल्ला एमालेले भत्काएको छ । तत्कालका लागि पोखरेलको संसदीय राजनीति यात्रामा पनि बिराम लागेको छ ।

जब तोसिमा कार्की ‘महापुरुष’ खेल्न डराइन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी कार्की कलाकार पनि हुन् भन्ने कुरामा भने धेरैलाई थाहा नहुन सक्छ । हलमा चलिरहेको हरिवंश आचार्य स्टारर ‘महापुरुष’मा तोसिमाको छोटो तर बलियो अतिथि भूमिका छ । ..... अर्को रोचक कुरा फिल्ममा चित्रण गरिएको सुगा पनि तोसिमाकै हो । जुन सुगालाई उनले घरमै पालिरहेकी छन् । फिल्म र सुगाबीच रमाइलो किस्सा पनि छ । ..... ‘बिहान-बेलुका सुटिङबाट ल्याउने लैजाने गथ्यौं । एकपटक दुई दिन सेटमै राख्यौं । यसरी राख्दा सुगा बिरामी भएजस्तो देखियो । जब तोसिमाजीसँग फोनमा कुरा गरायौं तब फ्रेस भयो,’ प्रदीपले रमाइलो किस्सा सुनाए ।

‘पाँच वर्षपछि डडेल्धुराबाटै लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु’ देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु । ........ काठमाडौंमा तोसिमा, सोविता, चितवनमा रविहरूले पाउँदै गरेको जीत मेरो पनि जीत हो । देउवाबाहेक अरु उम्मेदवार कांग्रेसबाट आएको भए मैले पनि सहजै जित्थें । यत्रो राज्यशक्तिको स्रोत पैसा खर्च गरेर चुनाव लड्ने कांग्रेसमा सायद देउवा मात्रै एक्लो हुनुहोला । गगन थापा, प्रकाशमान सिंहजस्तै आचारसंहिता पालना गरेर लडेको भए, गाउँगाउँमा हेलिकोप्टरबाट आएर खसी नकाटेको भए, अनि सागर गुल्मी गयो भनेर अफबाह नफैलाएको भए मैले जित्थें । ....... सीडीओ, डिएसपी, सरकारका प्रतिनिधिले घेरेर चुनाव गराए । निर्वाचन अधिकृत उनीहरूका अगाडि निरीह नै हुन् । अति पैसा बाँड्न थालेपछि मलाई पनि साथीहरूले पैसा खोजुँ भनेका थिए । तर मैले नाति पुस्ताले लाज मान्ने काम गर्नु हुन्न भनेर रोकेको । ...... धाँधली पनि भयो । सत्ताको दुरूपयोग पनि भयो । फेरि यो दुरूपयोग उहाँ शेरबहादुरले मात्रै गर्न सक्ने कुरा रहेछ । कांग्रेसका अरुले यो गर्न पाएजस्तो मलाई लाग्दैन । ....... मैले एउटामात्रै चुनाव सोचेर बसेको छैन । दश वटा चुनाव सोचेर बसेको छु । म ५० वर्ष सोचेर राजनीतिमा आएको हो । मेरा एजेन्डाहरू हेर्नुभयो भने त्यस्तै छन् । ....... आफ्नो इन्जिनियरिङ कन्सल्टिङ गर्छु । कामको कमी छैन मलाई । यहाँ आउनुभन्दा अघि पनि चार देशको जिम्मेवारी पाएको थिएँ स्वीजरल्यान्डको संस्थाबाट । मैले ठूलो गफ दिएजस्तो सुनिएला । तर अक्सफोर्डमै हुँदा पनि विभिन्न देशका उपप्रधानमन्त्री, मन्त्रीहरूसँग मैले धेरै काम गरेको छु । नेपालको बजेट १५ खर्ब त हो नि, यहाँ प्रधानमन्त्री नै भए पनि कसैले हामीलाई चिन्दैन । नेपालमा जत्रो चहलपहल भइरहेको छ नि अहिले, यो सबै एउटा कुवाभित्रको हल्ला हो । अरु कुनै देशलाई यहाँको चुनावबारे मतलब पनि छैन । .......... तराई र भित्री मधेसबाट राम्रो मत आएको छ । शेरबहादुरले चलखेल गरेको पहाडी बस्तीमा हो । त्यहाँका जनतालाई त यति गलत अफवाह फैलाइयो कि मैले त्यसलाई चिर्न भ्याइनँ ......... यहाँ त राणाशासन जस्तो छ । मान्छे नेता आयो भने बोल्न पनि डराउँछन् । नवदुर्गा पालिकाका दलित बस्तीमा त पावरमा भएका नेताले दबाएर राखेका रहेछन् । म जाँदा मसँग खुलस्त भन्नुभयो । ...... मौन अवधिमा यहाँ पैसा बाँड्नेहरूको व्यापक भीड भयो । गोजीमा पैसा राखिदिनेदेखि बाइकमा तेल हाल्ने सबै सामान्य यहाँ । ....... यहाँ बजेटको एकदमै दुरूपयोग र हेलचेक्र्याइँ छ । खोलाले बगाउने ठाउँमा पुल बनाइदिएको छ । भ्रष्टाचारको ठूलो काण्ड यहीँ भेटिन्छ, खोज्दै गयो भने । यो फाइल खोल्ने कसको आँट ? तर मैले गर्छु । ...... म डडेलधुरामात्रै होइन, देश नै बनाउन हिँडेको मान्छे हुँ ।

घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे बालेन

धनुषा ३ मा जनतामा स्थापित भएका जनमतका उम्मेदवार ई. शम्भुनाथ साह निर्वाचित एमालेकी जुली कुमारी महतोले ३३ हजार ३८८ मत ल्याउँदा दोस्रो हुने उम्मेदवार लोसपाका अनिल कुमार झाले २३ हजार ६८६ मत ल्याएका छन भने साहले ७ हजार ३७४ मत ल्याएका छन् । ....... पार्टीको अन्तराष्ट्रिय संगठन गैर आवासिय मधेशी संघको अध्यक्ष भएर काम गरिसकेका ई. साह कतार सहितका देशहरुमा श्रमिका रुपमा काम गर्ने नेपाली मधेशीहरुको हितमा धेरै कामहरु गरेका छन् । ...... अगामि निर्वाचनमा देशकै पहिलो शक्ति बन्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबारे ओलीको टिप्पणी : देशलाई गलत बाटोतर्फ लैजान खोजिदैछ

जनकपुरधाममा विवाह पञ्चमीको धुमधाम .



गगनलाई संसदीय दलको नेता बन्न कति सहज?



नागरिक उन्मुक्ति पार्टी र प्रभु साह समूहसँग सहकार्यको प्रस्ताव सरकार गठनका लागि गठबन्धनको गृहकार्य ....... माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमै गएर भेटेका थिए । प्रचण्ड अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा छन् । स्रोतका अनुसार करिब एक घन्टाको छलफलमा प्रचण्डले नयाँ सरकार र गठबन्धनमा सहकार्यबारे प्रस्ताव गरेका थिए । जवाफमा चौधरीले टीकापुर घटनाका आरोपीको रिहाइ, ५८ जनामाथि लागेको मुद्दा राजनीतिक भएकाले त्यसको खारेजीको माग र त्यस घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयार भएको अवस्थामा मात्रै सरकारमा सहभागी हुने बताएका थिए । .

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ। .



मधेसमा जनमत पार्टी र पश्चिममा नागरिक उन्मुक्ति पार्टी उदाए उन्मुक्तिले कैलाली, कञ्चनपुर, बैतडी ,दार्चुला, बर्दिया, बाँँके, रुपन्देही, नवपरासी पश्चिम, दाङ, कपिलवस्तु, नवलपरासी पूूर्व, रामेछाप, दोलखा, काठमाडौं, सिराहा, सर्लाही, सप्तरी, रौतहट, बारा, सुनसरी, मोरङ र उदयपुरमा उम्मेदवार खडा गरेको छ । .

“A cell is the unit of life,” he writes. “But that begs a deeper question: What is ‘life?’i” ....... urges scientists to abandon the “atomism” of examining only isolated units—be they atoms, genes, cells—in favor of a comprehensive approach that appreciates the whole of a system, or of a being ....... “Multicellularity evolved, again and again, because cells, while retaining their boundaries, found multiple benefits in citizenship,” he writes. “Perhaps we, too, should begin to move from the one to the many.”

No comments: