Friday, November 04, 2022

4: Twitter

सी चिनफिङले कता लैजाँदै छन् चीनलाई?



नो नट अगेन ! निर्वाचन आयोगले नैसर्गिक अभिव्यक्ति स्वतन्त्रतासँगै मत–अधिकार वा मत–बहिष्कारको अधिकारमाथि बन्देज लगाउन खोजे पनि सनातनी अलोकतान्त्रिक नेतृत्वलाई ‘नो नट अगेन’ भन्नैपर्ने भएको छ, चाहे त्यो कम खराबलाई मतदान गरेर होस् या मतदान बहिष्कार गरेर होस् वा ‘नो भोट’ को प्रावधान राखेर होस् । ........ कुनै न कुनै रूपमा देउवा, प्रचण्ड, ओली वा नेपालकै फोटोकपी उम्मेदवार हुने र विजयी हुने अवस्था बनाउने गरी उनीहरूले सम्पूर्ण चुनावी प्रक्रियालाई नै अलोकतान्त्रिक कलाबाजीमा सीमित गरेका छन् । सकेसम्म आआफ्ना दलका तस्कर, ठेकेदार, व्यापारी, बिचौलिया र अपराधीहरूबीच मात्रै चुनाव गर्न दिने दुश्चक्र रचेर उनीहरूले आफ्ना असल प्रतिनिधि छान्ने बालिग जनताको मताधिकारलाई नै खुम्च्याइसकेका छन् । जनआन्दोलनबाट स्थापित समानुपातिक समावेशी सिद्धान्तलाई पनि आफ्नो वर्ण–जात–जाति–समुदायकै आफन्त सँगेट्ने, अर्को भाषामा, श्रीमतीदेखि गर्लफ्रेन्डसम्मलाई समेट्ने नातेदारी अस्त्रका रूपमा दुरुपयोग गरिसकेका छन् । यसरी मताधिकार, मतदानद्वारा चुन्ने प्रक्रिया र समग्रमा निर्वाचनको लोकतान्त्रिक अभ्यासकै अपहरणको क्रियाकर्ममा दलपतिहरू कदाचित् सफल हुनुको अर्थ हो— ‘सार्वभौम जनता’ को लोकतन्त्र नाम मात्रैको बाँकी छ । यसमा उनीहरू सफल हुनुको मतलब यस निर्वाचनमा सार्वभौम जनता मुकदर्शक वा मौन अनुयायी (फलोअर) वा निष्क्रिय भोटर हुने करिब–करिब पक्का छ, एकाध अपवादबाहेक । ....... सभापति वा अध्यक्षका कोटको अँध्यारो खल्तीबाट फुत्त–फुत्त निस्केका दलीय उम्मेदवारहरूसँग मतदातालाई दिने कुनै आशा र उम्मिद बाँकी छैनन् । न उनीहरू जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्छन्, न रोजगारी सृजना गर्ने योजना पेस गर्न सक्छन्, न सामाजिक सुरक्षाको अनुभूति दिलाउने वाचा गर्न सक्छन्, न त न्यायिक विकासलाई तीव्रता दिने सपना देखाउन सक्छन् । तिनको क्षतिपूर्तिस्वरूप उनीहरू संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रकै विरोध चर्काउनेदेखि लिएर हिन्दुत्व र राष्ट्रवादमिश्रित प्रज्वलनशील पदार्थ बेच्नेसम्मका राजनीतिक व्यापारीहरूका पश्चगामी माल बिक्री–वितरण गर्दै छन् । ...... प्रदीप गिरिले राजनीतिक पार्टीहरू विचारधाराका आधारमा होइन, व्यक्तिगत र समूहगत स्वार्थका आधारमा प्राइभेट कम्पनी वा डाँकुहरूका गिरोहजस्तै बनेको खरो टिप्पणी गरेका हुन् । ...... संरचनाको नेतृत्व कुलीन पुरुषको अल्पतन्त्र (ओलिगार्की) का रूपमा क्रियाशील छ । .......... आधुनिक भनिने राजनीतिक संस्थाको आन्तरिक जीवन हेरियो भने लोकतन्त्र पाउन कठिन छ । र, नेतृत्वको चरित्र हेर्नासाथ पुराना परिवारको प्रभुत्वशाली मूलीको भन्दा भिन्न देखिन नै गाह्रो छ । टिकट वितरण, उम्मेदवारको छनोट र जित–हारका लागि अह्रनखटनमा मुलीहरूको हैकमले राजतन्त्रकै शैली पछ्याएको छ । .......... आवश्यकता–बोधको हिसाबले अबको युगका लागि त्यस्तो अभियान वा आन्दोलनको जरुरत छ, जसले भुइँतहका जनजीवनका मुद्दा उठाओस्, जसले आफ्नो जीवनमाथि आफैं शासन गर्ने स्वायत्त संरचना बनाओस्, आफ्नो जीवनलाई लोकतन्त्रीकरण गर्ने संस्कृति थालोस् र फरक–फरक ठाउँमा बनेका सिंहदरबारका कुर्सीमा आसीन र सत्ताकांक्षी सनातनी अलोकतान्त्रिक नेतृत्वलाई पनि विस्थापन गरोस् । राजनीतिक दलबाट स्वतन्त्र उम्मेदवार वा स्वतन्त्रका नाममा आम जनताका अग्रगामी आकांक्षाबाट मुक्त नयाँ दलहरूसँग त्यस्तो लोकतान्त्रिक दृष्टि र जनमुखी लक्ष्य देखिएको छैन, जसले सनातनी अलोकतान्त्रिक नेतृत्वभन्दा झिन्न लोकतान्त्रिक र मानवीय रेखा कोरोस् ।

मधेसको राजनीति: चुनाव जित्न दलहरूको पुरानै फण्डा
अर्बपति चौधरीलाई संसदीय राजनीतिका खेलाडी हृदयेशको चुनौति
‘१७ हजार मत ल्याएर विजयी हुन्छु, कृष्णगोपालजीलाई धन्यवादसहित बिदा गर्छौं’





No comments: