Tuesday, November 22, 2022

22: Gagan Thapa

समानुपातिक मतगणना : काठमाडौंमा घण्टीको अग्रता घण्टी चुनाव चिह्न भएको सो पार्टीले हालसम्म ६ हजार ५७८ मत पाएको हो भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ ।

सप्तरी–२ मा सीके राउतको पक्षमा कसरी आयो लहर? उपेन्द्र यादव पछाडि पर्नुका यी हुन् कारण गत चुनावमा २१ हजारभन्दा बढी मतले जितेका उपेन्द्र यादवलाई यसपटक स्थानीय तहको चुनावमा आफ्नै पार्टीले पाएको मतसमेत जोगाउन कठिन देखिएको छ । मधेस मामिलाका जानकार तुलानारायण साह (सप्तरी) ले सीके राउतले विगत १० वर्षदेखि गर्दै आएको तयारीलाई उपेन्द्र यादवले नजरअन्दाज गर्दै आएको कारण आज यो अवस्था आएको बताए । ...... ‘उपेन्द्र यादवमा जातीय अहंकारदेखि लिएर मधेस आन्दोलन गरेर आएको जस्ता अहंकार थियो ।’........ उपेन्द्र यादव पछाडि पर्नुमा जातीय फ्याक्टरले पनि ठूलो काम गरेको छ । उनी यादव समुदायका हुन् र उनले यादव समुदायलाई मात्र संरक्षण गरेको आरोप लाग्दै आएको छ । पार्टीमा पनि यादव समुदायकै हालीमुहाली रहेको कार्यकर्ताहरुको गुनासो छ । ....... उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए । जबकि एमालेप्रति मधेसमा राम्रो सोच छैन । त्यो जान्दा जान्दै एमालेसँग गठबन्धन गर्नु नै उपेन्द्र यादवका लागि ठूलो भूल भएको धेरैको विश्लेषण छ । ....... नागरिकता विधेयकमा मधेसले एमालेलाई दोषी देख्छ तर उपेन्द्र यादवले सोही एमालेसँग गठबन्धन गरे । ........ ‘यदि भारतले उपेन्द्र यादवलाई हराउन तागत लगायो भने महन्थ ठाकुरलाई किन बचाउन सकिरहेको छैन त ? त्यो गलत प्रचार हो, जनताको अगाडि कसैको केही चल्दैन । उपेन्द्र यादवले जनतालाई विश्वासमा लिएको भए कुनै शक्तिले केही गर्न सक्नेवाला थिएन ।’ ...... २०५६ यता कुनै पनि नेता त्यहाँ दोहोर्‍याएर जितेका छैनन् । ...... सीके राउतले पनि ठूला ठूला सपना बाँडेका छन् ।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविताले अग्रता बढाउँदै
कैलाली ३ बाट विजयी सुरुवात गरेको नागरिक उन्मुक्तिको प्रदेशतर्फ पनि अग्रता
गगन थापालाई बधाई दिँदै विश्वप्रकाशले भने–जसलाई मैले प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ
आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्छु : गगन थापा उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

गगनको ह्याट्रिकको खुसीयाली, तस्बिरहरु हेर्नुहोस्



उपेन्द्र यादव जस्तै महन्थ ठाकुर पनि संकटमा, स्वतन्त्रका कापर १३ सय मतले अगाडी
रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर
जनताले स्थिर सरकारमात्रै होइन, नयाँ चालक खोजेका छन् : थापा चुनावअगाडि नै आफूलाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्तुत गरेका नेता थापाले चुनाव जितेलगत्तै अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा जुट्ने बताए । ........ ‘जो नेपाली कांग्रेसबाट चुनाव जितेर आउदै हुनुहुन्छ, तपाईलाई तपाईका मतदाताले मतमात्रै दिनुभएको छैन, मन पनि दिएर पठाउनुभएको छ । तपाईको मतदाताले के चाहान्छ ? मनन् गरेर, सोधेर आउनुहोला भन्न चाहान्छु ।’

संसदीय यात्रामा अपराजित गगन : प्रधानमन्त्रीको कुर्सी कति नजिक? व्यक्ति आफैँले प्रधानमन्त्रीको उम्मेदवारकारुपमा प्रस्तुत गरेका उदाहरण झनै कम छन् । ....... महामन्त्री गगनकुमार थापा भने आफूलाई चुनावपछिको प्रधानमन्त्रीे उम्मेदवारको रुपमा उभ्याएर भोट मागे । काठमाडौंमा स्वतन्त्र र नयाँ पार्टीको दबदबा बनिरहेका बेला तेस्रोपटक मैदानमा उत्रिएका थापा मतदाताबाट आफूलाई अब प्रधानमन्त्री उम्मेदवारको रुपमा अनुमोदन गराएका छन् । ....... काठमाडौं–४ बाट ‘हृयाट्रिक’ जित निकालेपछि मंगलबार उनले अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा लागेको घोषणा समेत गरे । ...... भर्खरै खुलेका दल, युवा र नयाँ अनुहारले देशभर स्थापित दल र नेताहरूलाई चुनौती दिइरहेका बेला पार्टीमा नयाँ पुस्ताको नेतृत्व गर्ने ४६ वर्षे थापाको घोषणाले शीर्ष नेताहरूमाझ दबाब सिर्जना गरेको छ । गणतन्त्र स्थापनाको आन्दोलनमा पार्टीभन्दा पहिले फ्रन्टलाइनमा उभिएका थापा अहिले नेतृत्व पुस्तान्तरणको दबाब बढाउँदै देशको नेतृत्व गर्न सक्ने युवा पुस्ताको अग्रपंक्तिमा छन् । ...... पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको एजेन्डा बोकेर लोकप्रिय मतसहित महामन्त्री निर्वाचित भएका थापाको यो घोषणाले अब राष्ट्रिय राजनीतिमै पुस्तान्तरणको दबाब सिर्जना गर्ने देखिएको छ । ....... टिकट वितरणमा सभापति देउवाको दबदबा जमाएका छन् । सभापति देउवाले नै फेरि दलको नेता बन्न चाहे अहिलेकै समीकरणमा उनलाई कसैले रोक्न सक्दैन । ..... विगतमा संसद्मा हुँदा चर्को खबरदारी र निर्णायक मोडमा बलियो गरी जिम्मेवारी निभाएका थापा वाचाल समेत छन् । ....... अहिले कांग्रेसमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै कतिपय मुद्दामा उनको बोली यति अर्थपूर्ण बन्ने गर्दछ कि कुनै विवादास्पद मुद्दामा गगनले के बोल्छन् ? त्यो हेरेरमात्रै उनको पार्टी र अन्य राजनीतिक दलका नेताहरूले धारणा बनाउँछन् । ...... गणतन्त्र स्थापनापछि पहिलो संविधानसभामा समानुपातिकबाट सांसद भए । प्रत्यक्ष टिकट वितरणमा उनले टिकट नपाएपछि आन्दोलनका 'फ्रन्टलाइनर'लाई नै टिकट नदिइएको भनेर आलोचना भएपछि उनी सा‌ंसद भएका थिए । ...... उनी उम्मेदवार मात्रै होइन, आगामी पाँच वर्षमा देश यसरी चलाउँछु भन्ने खाकासहित प्रस्तुत हुँदैछन् । ....... कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री भएर काम गरेका थापा ०६४ सालमा ३१ वर्षमै संसद् छिरे ।संविधानमा प्रभावकारी देखाएका थापा ०६७ को कांग्रेस महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्य भए । ०७२ मा एकैपटक महामन्त्रीको चुनाव लडेका थापा यसपटकको महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री बनेका हुन् । उनको संसदीय यात्रा पनि अहिलेसम्म अपराजित छ । ....... ‘फेरि हाम्रा पार्टीका महामन्त्रीहरू मन्त्री पनि नभई राजनीतिबाट बाहिरिएका उदाहरण पनि छन् ।’ .

'पुरानै अनुहारको नेतृत्वमा जान्नौं, बलियो प्रतिपक्षको खाँचो छ' हाम्रो लागि अबको चुनौती भनेको संगठन हो । हामीले चुस्त संगठन बनाउन पाईसकेका छैनौं । हुन त हामी क्याडरबेस्ड पार्टी होईनौं । हाम्रोमा भातृ संगठन छैन, कार्यकर्ता हुँदैनन् । हाम्रोमा अधिकारसम्पन्न सदस्यहरु हुन्छन् । उनीहरुले 'प्राईमरी ईलेक्सन'मा भोट हाल्न पाउँछन् । ....... अहिले ६४ वटा जिल्लामा हाम्रो जिल्ला समितिहरु बनेका छन् । ...... हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ । तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला । ...... तर त्यहाँ भोलि प्रतिबद्धताहरु होलान्, नागरिकसँग उत्तरदायी हुने कुनै नयाँ टिम बन्न सक्ला वा त्यस्तो केही भएको खण्डमा वा हामीले नै नेतृत्व गर्ने कुराहरु आउन सक्ला । ...... तर यही चिजमा, यिनै पुराना अनुहारहरुको नेतृत्वको सरकारमा जाने रुचि छैन ।

मधेशमा समानुपातिकतर्फ जनमत अगाडि, जसपा पाँचौं स्थानमा मधेश प्रदेशमा समानुपातिकतर्फ जनमत पार्टी पहिलो स्थानमा पुगेको छ । ..... निर्वाचन आयोगद्वारा मंगलबार ११स्१५ मा अद्यावधिक विवरण अनुसार जनमत पार्टीले २ हजार ६४४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस २ हजार २२८ मतसहित दोस्रो स्थानमा छ ।


रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै
चितवन–२ मा एमालेको अग्रता, रवि झिनो मतले पछाडि
समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ । ....... राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन् ।

No comments: