Saturday, November 26, 2022

पहिचानवादीहरुको भोट ९,४२,२२३



पहिचानवादीहरुको भोट ९,४२,२२३ 

अंक गणित सजिलो। केमिस्ट्री गारहो। पार्टी भित्र आतंरिक लोकतंत्र नमानेको ले भांडभैलो भएको हो। 

एक भए निर्णायक तेस्रो शक्ति बन्ने थिए। 


कांग्रेस, एमालेको गढ धनुषा १ मा जनमत बन्यो पहिलो र बलियो पार्टी जसरी देशमा पत्रकार रविलामिक्षानेको पार्टीको पृथक उदय भएको छ त्यसरिनै डा. सिके राउतको मधेशमा उदय भएको छ । कांग्रेस, एमालेको बर्चश्व रहेको धनुषामा पनि जनमतले उपस्थिती जमाएको छ । ...... हामी नयाँ पार्टी र त्यो क्षेत्रको लागि शुन्य जस्तै थियौं तर परिणामले हौसला बुलन्द भयो जनमतका नेता विपी साहले भने । उनले जनादेशले पार्टी क्षेत्रमा पहिलो पार्टी बनेकोमा खुसी व्यक्त गरेका छन् । क्षेत्रको दुवै प्रदेशसभामा पनि जनमत तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रदेशसभामा प्रथम र दोस्रो गठबन्धनकै उम्मेदवारहरु भएकाले प्रदेशसभा तर्फ समेत जनमत एक्लै सबै भन्दा बढि मत ल्याउने पार्टी बनेको छ ।



समानुपातिकतर्फ ७६ लाख मत गनियो, सबैभन्दा कम मत नेश्नलिष्ट पिपल्स पार्टीले पायो जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार तीन सय ४९ मत ....... कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो

सरकार बनाउन ‘स्वतन्त्र’ सांसदको तानातान कांग्रेस, एमाले र माओवादी बाहेक यो पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा लगायतका दल सरकार निर्माणका लागि संसद्मा निर्णायक बन्ने देखिएको छ । ...... ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरण साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका छन् । यो अवस्थामा कुनै पनि दल वा गठबन्धनले सरकार बनाउन राप्रपा, रास्वपा तथा स्वतन्त्र सांसदहरूको सहयोग अनिवार्य लिनुपर्ने हुन्छ ।

सरकार बनाउन देउवा र प्रचण्डबीच छलफल बहुमतको लक्ष्यसहित कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावी तालमेल गरे पनि त्यो असफल हुन पुगेको छ ।

No comments: