Sunday, November 27, 2022

27: Nepal

माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ । ...... समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।

केपी ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान
अझै आशंकाको घेरामा राउतको राजनीति जापानबाट फर्केपछि उनी के गर्ने कहाँ जाने उनीसँग कुनै योजना थिएन । अलमलमा परेर उनी बैरागी (जोगी) बनेर हिँड्न थालेका थिए । उनको आत्मकथा अनुसार भगवान् खोज्नका लागि भारतका रामेश्वरम, बेङ्गलोर, कलकत्ता, मद्रास, कन्याकुमारीसम्म पुगेका थिए । त्यही क्रममा उनले ब्रह्मज्ञान प्राप्त गरेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । ....... त्यो ब्रह्मज्ञानबाट पनि केही प्राप्त हुने नदेखेपछि उनी पुनः जपान फर्के । जपानबाट मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधिका लागि उनले आवेदन दिएका थिए । त्यसमा उनी छनौट पनि भएका थिए । ........ आन्दोलनकै क्रममा उनी २०६५ सालमा अमेरिको इन्टरनेटरआर्पानेट र इमेल सिस्टम विकास गरेको संस्थाको रूपमा प्रख्यात बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न अमेरिका पुगे । उनी त्यहाँ पुगेपनि मधेसको गतिविधि गर्न छाडेनन् । त्यहाँ उनले एउटा संस्था गठन गरेर मधेसको बारेमा त्यहीँबाट अवाज उठाउन थाले । ........ अमेरिकामा राम्रो तलबमा काम गरिरहेका राउतलाई एकाएक मधेसलाई स्वतन्त्र गर्नुपर्छ भन्ने ध्यान कसरी आयो भने कुराको आशंका अझै निवारण भएको छैन । सांसद भएपछि पनि यो आशंकाले उनलाई पछ्याइरहेको छ । ........ उनी नेपालमा स्वतन्त्र मधेस गठबन्धनको लागि काम गर्न थालेपछि युरोपियन युनियन तथा अमेरिका फण्डबाट सञ्चालित विभिन्न संघ संस्थाहरुले उनलाई सहयोग गर्न सुरु गरेका थिए । अमेरिकामा बसेका मधेसीहरुले पनि उनको लागि पैसा पठाउन थालेका थिए । नेपालमा सबभन्दा बढी सहयोग एमेनेस्टी इन्टरनेशलले सहयोग गरेको कुरा विभिन्न तथ्यबाट बाहिर आइसकेको छ । एमेनेस्टी इन्टनेशनलले राउतलाई सहयोग गर्न थालेपछि सो संगठनमाआबद्ध कृष्ण पहाडीले राजीनामा दिएका थिए । ......... २०६७ देखि स्वतन्त्र मधेसको गतिविधिलाई तीव्रता दिएका राउतले ८ देखि १२ वर्षमा मधेसलाई स्वतन्त्र बनाउने योजना बनाएका थिए । तर नौ वर्ष नपुग्दै उनी त्यो अभियानलाई छाडेर मूलधारको राजनीतिमा मात्र आएनन् उनी सिंहदबार पनि प्रवेश गरेका छन् । ......... तर, उनका नेताहरु भन्छन्, ‘हामी अझै पनि हाम्रो मिसन अनुसार नै काम गरिरहेका छौँ ।’ चार चरणको योजना अनुसार दुईचरण उनीहरु पार भइसकेको र तेस्रो चरणमा उनले आफूलाई बचाई राख्ने योजनाअनुसार उनी राजनीतिको मूलधारमा आएका हुन् । मूलधारको राजनीतिमा आएर उनले आफ्नो चौथो योजनाअनुसार चलिरहेको उनकै कार्यकर्ताहरू दावी गर्छन् । जनमत पार्टी निर्माण गरेर जनतामा खुल्ला रुपमा जाने र जनताको मत कलेक्सन गर्ने, संगठन अझै बलियो बनाउँदै जाने, संगठन बलियो भएपछि एकैपटक स्ततन्त्र मधेस घोषणा गर्ने योजना राउतको रहेको पार्टीका नेताहरु बताउँछन् । ......... तर राउत भने अब आफ्नो पार्टीको मधेस विभाजनको कुनै एजेन्डा नरहेको बताउँछन् । चुनावी अभियानमा रहेका राउतसँग रातोपाटीले कुरा गर्दा उनले भनेका थिए, ‘अहिले कुनै आशंका छैन । जनताको सेवा गर्न निर्वाचनमा भाग लिइसकेको अवस्था र लोकतान्त्रिक मूलधारमै समावेश भइसकेपछि त्यसमा आशंका गर्नुपर्ने कुनै ठाउँ नै रहँदैन । अहिलेका लागि त्यो एजेन्डा सकिएको अवस्था हो ।’

समानुपातिकमा ६ प्रदेशमा एमाले पहिलो, मधेसमा दोस्रो मधेस प्रदेशको समानुपातिकमा नेपाली कांग्रेसले २ लाख ८७ हजार मत कटाएर पहिलो स्थान बनाउँदा एमालेले २ लाख ४५ हजार कटाएर दोस्रो भएको हो ।





No comments: