Thursday, November 24, 2022

24: 138

मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ : सिके राउत यो विकासको युगको सुरुवात हो । यो जनताराजको युगको सुरुवात हो । ..... यो सामुदायिक समाजवादको युगको सुरुवात हो ।’ .

सर्लाही– ४ बाट अमरेशकुमार सिंह निर्वाचित
अमरेश कुमार सिंह, जितका साथ अझै आफु नै हो भन्ने प्रमाणित गरे
महोतरीमा सुरिताको साहासिक जित, टिकट नपाएपछि लालटेन बाल्दै जितिन
एमालेले ६ लाख ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो तीन लाख मत
‘ट्रान्सफर’ भएनन् मत दुवै गठबन्धनभित्र गडबड भएको देखिन्छ, नेताहरूको अपेक्षाअनुसार मत ‘ट्रान्सफर’ भएन ...... सत्तागठबन्धनमा कांग्रेसका मत माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चामा अपेक्षाकृत ‘ट्रान्सफर’ भएका छैनन् । त्यस्तै, विपक्षी गठबन्धनमा एमालेका मत राप्रपालगायतका दलमा ‘ट्रान्सफर’ कम भएको देखिन्छ । गठबन्धनप्रति असन्तुष्ट दुवै दलका कार्यकर्ता र परम्परागत मतदाताले नयाँ दलका र स्वतन्त्र उम्मेदवारलाई मत दिएको अनुमान लगाउन सकिन्छ । ....... भोट ट्रान्सफर भएन नै भन्न नसकिने बरु सानो भोट भएको ठाउँमा ठूलो भोट सार्न गाह्रो भएको बताए । ‘भोट ट्रान्सफर हुँदा र नहुँदा १३ सिटको अन्तर पर्छ भन्ने आकलन गरेको थिएँ । सुरुदेखि नै मलाई ‘भोट ट्रान्सफर’ हुनेमा आशंका थियो । मैले भोट ट्रान्सफर भएन भनेर मानिरहेको छैन । ठूलो भोट सानोमा सार्न कठिन भएको हो । ........ ‘धेरै मत भएको ठाउँमा थोरै लगेर थप्न सकिन्छ, तर थोरै भएको ठाउँमा धेरै भोट लगेर थप्न सकिँदैन । गठबन्धन गर्दा पनि जहाँ कांग्रेसको उम्मेदवार छैनन्, त्यहाँ नयाँ पार्टीले मत काटेको देखिन्छ । केहीबाहेक ठूला बेस भएका कांग्रेस र एमालेको उम्मेदवार भएको स्थानमा नयाँ दलले मत काटेको देखिँदैन । झापाको विषय फरक भयो । त्यहाँ राप्रपा र एमालेको सीधासीधा एलाइन्स भएको छ ।’ ........ ठूलो भोट भएकोमा सानो भोट सार्न गाह्रो भएन । कांग्रेसका उम्मेदवार नभएका स्थानमा भोट ट्रान्सफर मात्र नभएको होइन समानुपातिकमा कांग्रेसलाई मत पनि नगएको देखिन्छ । ....... अहिलेकै नतिजाका आधारमा कतिपय स्थानमा सत्तागठबन्धन एमालेसँगको प्रतिस्पर्धामा नै छैन । नयाँ दल र एमालेबीच प्रतिस्पर्धा छ । यो नतिजाबाट प्रारम्भिक रूपमा जनताले कांग्रेस र माओवादीको गठबन्धन नरुचाएको देखिन्छ । हामीलाई एक्लै निर्वाचन लड्दा गठबन्धन चुनौती नभएर नयाँ–नयाँ दल चुनौतीका रूपमा आएको संकेत गर्छ । ....... ‘यसबाट आगामी दिनमा उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयको अधिकार केन्द्रबाट नभई तल्लो तहमा नै दिनुपर्छ भन्ने सबक सिकाएको छ । ......... लोसपा नेता सुरेन्द्र झाले गठबन्धन अस्वाभाविक हुँदा भोट ट्रान्सफर हुन नसकेको बताए । ‘वास्तवमा गठबन्धन राजनीतिक सिद्धान्त र दर्शनमा आधारित थिएन । विचार नमिल्ने एकदमै विपरीत ध्रुवका राजनीतिक दलबीच बनेको अस्वाभाविक गठबन्धन थियो, जसलाई पार्टीभित्रकै नेता कार्यकर्ताले रुचाएका थिएनन् । गत पाँच वर्षमा जसरी दुईतिहाइको सरकारका पार्टी क्षतविक्षत भए, मधेसकेन्द्रित दल टुटफुट भए, कांग्रेसले जसरी सरकारको नेतृत्व गर्‍यो, न्यायालय जसरी यसमा मुछियो, भ्रष्टाचारका काण्ड जसरी बाहिर आए, यो सबै जनतामा ठूलो नैराश्यता पैदा भएको थियो,’ उनले भने, ‘माथि दलीय गठबन्धन बने पनि पार्टीभित्रकै नेता–कार्यकर्तालाई चित्त बुझेको थिएन, त्यसैले मतदाताले स्वतन्त्र ढंगले आफूलाई जहाँ मन लाग्यो त्यहीँ मत हालेको देखिन्छ । नागरिकलाई विश्वासमा लिएर जनस्तरमा लामो बहस गरेर राजनीतिक दर्शन मिल्नेसँग गठबन्धन निर्माण भएको भए भोट ट्रान्सफर हुने सम्भावना बढ्थ्यो । तर, शीर्ष नेताले त्यसो गर्नुको साटो जबर्जस्ती आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुकमा आफ्नो निर्णय लाद्न खोज्दा यो परिणाम आएको हो । दलहरूको अलोकतान्त्रिक हिसाबले निर्णय गरेर कार्यकर्तालाई लाद्ने पद्धतिविरुद्धको विद्रोह पनि हो अहिले देखिएको परिणाम ।’ ........ खासमा हामीले अस्वाभाविक गठबन्धन गर्नै हुँदैनथ्यो, गठबन्धन गरे पनि मधेसकेन्द्रित दलहरूबीच नै गनुपथ्र्यो ........ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार कैलाली ३ मा कांग्रेस सबैभन्दा अगाडि देखिन्थ्यो । उसले एक्लै यहाँ १९ हजार ९९२ मत ल्याएको थियो । त्यसमा माओवादीको ११ हजार ७१६ र एकीकृत समाजवादीको वडाध्यक्षको १ हजार ९७८ मत जोड्दा सत्तागठबन्धनको कुल मत ३३ हजार ६८६ पुग्छ । एमालेले भने यहाँ ११ हजार २५७ ल्याएको थियो । तर, यसपटक यो क्षेत्रबाट पश्चिममा नयाँ शक्तिमा उदाइरहेको नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । जब कि स्थानीय तहमा उन्मुक्ति पार्टीको मत ५ हजार २४७ मात्रै थियो । गंगारामले २३ हजार १२० मत ल्याएर ५ हजार ३७१ को मतान्तरसहित सत्तागठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीलाई हराएका हुन् । ......... स्थानीय निर्वाचनको परिणामअनुसार सप्तरी २ मा सत्तागठबन्धनको ३३ हजार १८४ र एमाले–जसपा गठबन्धनको २० हजार ३५४ मत थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा यी दुवै गठबन्धनका उम्मेदवार भन्दा जनमत पार्टीका उम्मेदवार सिके राउत धेरै मतान्तरले अगाडि छन् ।

जितपछि यस्ताे भने कांग्रेस नेता रामचन्द्र पौडेलले
दाहाललाई ओलीको फोन : तिक्तता भुलेर सहकार्य गरौँ



सरकार गठनका ३ सम्भावना, गठबन्धनले लिङ्देन तान्ने कि प्रचण्ड ओलीतिर जाने? यो चुनावी परिणामले कांग्रेस र एमाले दुबैलाई सरकार बनाउने बाटो खुलेको छ । तर, सरकार बनाउन चाहिने बहुमत (१३८) सांसदको समर्थन जुटाउन सहज छैन । ...... सरकार गठनमा माओवादी केन्द्रसँगै रास्वपा र राप्रपाको भूमिका महत्वपूर्ण हुने देखिन्छ । ........ सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेस अहिलेकै गठबन्धन कायम राखेर नयाँ सरकारको नेतृत्व गर्न चाहन्छ । कांग्रेसले कुल ८५ सिट (संभावित) जितेमा माओवादी (सम्भावित ३२), एकीकृत समाजवादी (सम्भावित १०), लोसपा (सम्भावित ४) र राष्ट्रिय जनमोर्चा १ सिट जोड्दा १३२ हुन्छ । स्वतन्त्र, जसपा र नागरिक उन्मुक्ति मिलाउन सक्ने हो भने मुस्किलले बहुमत पुग्न सक्छ । ....... माओवादी अध्यक्ष प्रचण्ड पहिलो कार्यकालमा प्रधानमन्त्री हुन चाहन्छन्, तर कांग्रेस त्यसमा तयार छैन । कांग्रेस नेताहरुका अनुसार पार्टी देउवा, राष्ट्रपति लिएर पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन तयार हुन पनि सक्छन् । ....... माओवादी केन्द्रमा वाम दलहरुको मोर्चा बनाउनुपर्ने मत पहिल्यै थियो, चुनावमा अपेक्षाअनुसार भोट ट्रान्सफर नभएपछि यो आवाज फेरि उठ्न थालेको छ । ....... तर एमाले, माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा आउँदा पनि बहुमत पुग्दैन । वाम दलहरु एक ठाउँमा आउने र एमालेसँग चुनावी तालमेल गरेको राप्रपाको समर्थन जुटाउने हो भने बहुमत पुग्नसक्छ । ....... दुबै दल मिल्ने हो भने प्रष्ट बहुमत हुन्छ । .

ठूला दललाई रवि लामिछानेको चेतावनी : नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’ ...... उनले आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा जनताका समस्या सुन्न एउटा खबरदारी र अर्को आइपरेका समस्याको गरी दुई अलग अलग बाकस राख्ने पनि बताए ।

No comments: