Friday, November 25, 2022

25: Madhesh

मधेशको मिजास जनमत पार्टीका सीके (चन्द्रकान्त) राउतको उदयभन्दा उपेन्द्र यादवको पराजयमाथि काठमाडौंको रुचि बढी छचल्किएको छ । ....... स्वतन्त्र पार्टीको घण्टीको नाद खूब गुन्जिएको छ काठमाडौंको सत्ता प्रतिष्ठानमा । तर नागरिक उन्मुक्ति पार्टीको ‘ढकिया’ थारू समाजको कत्ति बह लिएर सुदूरबाट काठमाडौं छिर्नेछ वा जनमत पार्टीको ‘हर्न’ बाट संघीय संसद्मा के प्रतिध्वनित हुनेछ, त्यसको लेखाजोखा भएको छैन । ...... बरु काठमाडौं उपेन्द्र–महन्थ कमजोर देखिएकामा अति प्रसन्न छ । ....... मधेश आन्दोलनसँग जोडिएका दलहरूले लोकप्रियता गुमाएका छन् । सिंहदरबारको सत्ता समीकरणका लागि आवश्यक तत्त्व बन्ने गरेका मधेशी शक्तिहरूको रवाफ खस्किएको छ । एउटा रिक्तता त छ, त्यसलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा विचार–विमर्श सुरु गर्ने बेला भइसकेको छ । ........ क्षेत्रीय दलहरूको उत्थान–पतनको आफ्नै व्याकरण हुन्छ । छिमेकी भारतमा क्षेत्रीय दलहरूको आफ्नै सान्दर्भिकता छ । नेपालमा मधेश आन्दोलनसँग जोडिन पुगेका थारूहरूलाई आफूसँगै हिँडाउन नसक्नाले गर्दा नागरिक उन्मुक्ति पार्टी खोल्नुपर्‍यो । टीकापुरमा भाषण गर्न जानेहरू कोको थिए ? जब टीकापुर जाग्यो र राज्यले प्रतिशोध लियो, त्यसबारे बोल्ने कोको भए ? आन्दोलनको उत्तराधिकार लिने तर आन्दोलनका सहउत्पादनका रूपमा देखिएका चुनौतीहरूबाट भाग्ने नेतृत्वको पतन अवश्यम्भावी हुन्छ । ....... पछिल्लो चुनावको प्रस्ट सन्देश थियो- उपेन्द्र–महन्थले जनकपुरको सत्तालाई प्रभावकारी बनाऊन् र संघीय संसद्मा संविधान संशोधनको राजनीतिलाई फराकिलो पारून्, तर यिनीहरू पथभ्रष्ट भए । स्वभावतः जनताले फरकपनको खोजी गरे । ..... नेपाली कांग्रेस वा एमाले मधेशमा फर्किएका छन् तर लोकप्रिय भएर होइन । चुनावी राजनीतिको आफ्नै खालको श्यामश्वेत तस्बिर हुन्छ । मधेश आन्दोलनले ल्याएको भावनात्मक उभार फिका भयो । संरक्षण गर्न सक्ने शक्तितिर आम मतदाताले नजर लगाए । सँगै सीके राउतलाई परीक्षणको मौका दिए । खेलको मैदानमा उनी आफैं छिरेका छन् । उनी मधेशी भावनाको भरिया बन्लान् कि संस्थापन शक्तिको खेलौना ? राजनीतिको सहर राजविराजबाट एक जना भन्दै थिए, ‘एके माघे जाड नै जाइछै’ (एक माघले जाडो जाँदैन) ।

घाम डुबी तारा नउदाएको निर्वाचन विगत केही महिनामा हाँपझाँप र हतारोबीच जोडजाम गरिएको पार्टी हो— राष्ट्रिय स्वतन्त्र पार्टी । ‘सीधा कुरा’ नामको चर्चा बटुल्न सफल टीभी कार्यक्रमका प्रस्तोता रवि लामिछानेको पत्रकारिता अब्बल र उदाहरणीय थिएन । चर्चा मात्रलाई मानक नमान्ने हो भने, उनले गरेको पत्रकारिताले स्थापना गर्न खोजेको मूल्यबारे गहिरोसँग सोचौं । पेसागत इमानदारी र कौशलका आधारभूत अपेक्षालाई समेत अनदेखा गरेका थिए उनले । मूलतः निराश नागरिकको असन्तुष्टिलाई पुँजीकृत गर्दै मौजुदा दल र नेतृत्वहरूलाई भद्दा गाली गर्ने प्लाटफर्मका रूपमा चर्चित थियो उनको कार्यक्रम । नेपाली आमवृत्तलाई गहकिलो र ओजिलो बन्न नदिनमा उनले समेत योगदान गरेका थिए । हजारौं मान्छेले मत दिएर जिताएका तिनै लामिछानेबाट नयाँ राजनीतिक संस्कार, समाजको अग्रगमनका लागि आवश्यक नयाँ चिन्तन र सोको कार्यान्वयन होला भनेर कसरी विश्वस्त हुन सकिन्छ ? ...... ‘घाम डुबी तारा नउदाएको आकाश !’


मधेसमा नेकपा एमाले फड्को मार्न सफल
५१ स्थानमा उम्मेदवारी दिएको लोसपा ३ सिटमा सीमित हुने खतरा
माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ । ....... कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् ....... ‘हामीले कांग्रेसलाई मत दियौं, हामीलाई कांग्रेसले मत दिएन । गठबन्धनमा कांग्रेसले धोका दियो’ ........ ‘गठबन्धन गरेर माओवादीलाई तात्विक रुपमा खास्सै फरक परेन । हाम्रो काँधमा चढेर कांग्रेस ठूलो भयो ।’ यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खास्सै औचित्य नदेखिएको बताए । अब गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने गलत सावित गरेको साहले बताए । ........ माओवादी चुनावी परिणामबाट सानो आकारमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ । ..... माओवादीमा यो ५ वर्ष सरकारमा जान नहुने मत बलियो हुँदै गएको छ । ......... तर, भर्खरै निर्वाचित भएर आएका प्रायः सांसदहरुको भने सरकारमा सहभागी हुनुपर्ने मत बलियो छ । .

हालसम्म पाएको मत आधारमा समानुपातिकमा एमालेको ३४ सिट, जसपाको ४, अरुको कति ? सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा रहेको छ । दोश्रो स्थानमा रहेको कांग्रेसले १० लाख १० हजार ७७१ मत पाएको छ भने तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९६ हजार ५३५ मत पाएको छ । ....... चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६६ हजार २२९ मत पाएको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ०६४ मत पाएको छ भने छैटो स्थानमा रहेको जसपा नेपालले १ लाख ३१ हजार २२५ मत पाएको छ । ....... अहिलेसम्मको गणनाका आधारमा यी दलहरूले मात्र ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् । ....... एमालेले समानुपातिकबाट ३४ सिट पाउने देखिन्छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट, माओवादी केन्द्रले १५ सिट, राप्रपाले ८ देखि ९ सिट र जसपा नेपालले ४ सिट पाउने देखिन्छ ।

कांग्रेससँगको गठबन्धनले माओवादी र समाजवादीलाई घाटा कि नाफा ? माओवादी र समाजवादीलाई कांग्रेसको तुलनामा फाइदा हुन नसकेको प्राप्त परिणामले देखाइसकेको छ । ....... यसअघि प्रत्यक्षतर्फमात्रै ३६ सिट र १७ सिट समानुपातिकमा जितेर ५३ सिटसहित तेस्रो ठुलो दल बनेको थियो । तर माओवादी केन्द्र संसद् सङ्ख्याका हिसाबले यो पटक खुम्चने निश्चित भएको छ । ....... प्रतिनिधि सभामा माओवादीको जम्मा सिट २८ देखि ३० हुने देखिन्छ । .

पार्टीले नपत्याएको सुरितालाई जनताले पत्याए
शैतानको पूजा गरेर प्रियंका चोपडाले करियरमा पाइन् सफलता ? नायिकाले दिइन् यस्तो जवाफ

No comments: