Wednesday, November 16, 2022

16: CK Raut



जी २० सम्मेलनमा सी जिनपिङ र जस्टिन ट्रुडोबीच भनाभन भएको भिडियो भाइरल
जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग
सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारको चुनौती लोसपासहितको पाँच दलीय गठबन्धनले सो क्षेत्रको पालिकाका वडाअध्यक्षहरुले २९ हजार ५४३ मत ल्याएका छन् भने जसपा–एमाले गठबन्धनका वडाअध्यक्षहरुले २५ हजार १७७ मत ल्याएका छन् । ...... एमालेमा रहेका रामआधार कापड स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ...... कांग्रेसको महोत्तरी जिल्ला सभापति र केन्द्रीय सदस्य भइसकेका कापड सो पार्टी छाडेर विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनी त्यहाँ पनि धेरै समय बस्न सकेनन् । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यहाँबाट उनी एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय चुनाव २०७९ मा उनी जलेश्वर नगरपालिकाको मेयरमा उठेका थिए तर उनी पराजित भए । ....... यो उमेरमा उहाँले चुनाव नलड्दा नै राम्रो हुन्थ्यो, उमेरलाई लिएर पनि उहाँको टिका टिप्पणी भइरहेको छ ।’ ....... कापडले एनजीओमार्फत काम गरेका कारण उनको आधार बनेको र उनको प्रचार शैली पनि आक्रमक रहेको उनको भनाइ छ । त्यसले गर्दा अध्यक्ष ठाकुरसँगको प्रतिस्पर्धामा उनी नै रहेको पत्रकार झाको विश्लेषण छ । ....... तर अहिले नै को अगाडि को पछाडि भन्न नसक्ने अवस्था नरहेको बताउँदै उनले एकरातमा पनि मत उलटफेर हुने गरेको बताए । ....... पार्टीको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षसम्म बन्न सफल उनी पार्टीमा महामन्त्री बन्न चाहन्थे तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई महामन्त्री नदिएर डा.रामवरण यादवलाई दिएपछि कांग्रेस छाडेर मधेस राजनीतिमा आएको जानकारहरु बताउँछन् ।

उपेन्द्र यादवले जोगाउलान् गजेन्द्रनारायण सिंहको विरासत? मधेस प्रदेशमा सबभन्दा बढी चर्चाको क्षेत्र हो सप्तरी–२ । त्यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । ....... सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । त्यो ठाउँ कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । सो क्षेत्रबाट यसअघि पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए । ........ गजेन्द्र सिंह २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधी) मा लगातार त्यहाँबाट चुनाव जितेका हुन् । २०५६ को चुनावमा उनी त्यहाँबाट चुनाव हारेका थिए र कांग्रेसका रामकुमार चौधरी १७ भोटले जितेका थिए । त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहलाई त्यतिबेला बडो षड्यन्त्रपूर्वक हराइएको थियो, उहाँको विरुद्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति पनि लागेका थिए । तै पनि १७ भोटले मात्र हारेका थिए ।’ ....... २०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका सप्तरीमा भइरहेको छ । ........ सुरुमा मधेस अलग गर्ने भनि आन्दोलन गरेर चर्चामा आएका सीके राउत जेल परेपछि हतास मनस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेलमै वार्ता गरेर तत्कालीन सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी कहिले भ्रष्टाचारको मुद्दा, त कहिले मल, बिउको मुद्दा, त कहिले नागरिकताको मुद्दा उठाएर सडक संघर्षमा रहे तर हालसम्म कुनैमा अडिग रहेनन् । उनले सुरुदेखि नै अन्योलको राजनीति गरेको बताउँदै दिलिप सिंहले सीके राउत र उपेन्द्र यादवको तुलना गर्न नसकिने बताए ।

‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ........ ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउत दाबी गर्छन् । ........ जितेपछि यो स्थानमा फर्किएर हेर्न समेत नआएको हुनाले उहाँहरुलाई यसपाली जनताले हराउनेछन् र मलाई मौका दिन्छन् । घरदैलोमा सबै मतदाताले यो भनिरहेका छन् । ....... गठबन्धन कोसँग गरेर आएका छन् त ? जसले यो क्षेत्रमा ओलीलाई छिर्न दिनुहुँदैन भनेर ५ जनालाई शहादत दिलाए । आज त्यही ओलीलाई काँधमा बोकेर यहाँ पाएपछि त हार उसको सुचिश्चित हुने भयो । ........ सत्ता गठबन्धनका उम्मेदवार त राजनीतिक पात्र नै हुनुहुन्न । उहाँले जनताको बीचमा कतै समाजसेवा गरेको, कतै भाषण, राजनीतिक कुरा गरेको सुन्न पाइएको छैन । उहाँलाई एउटा मूर्ति जस्तै गठबन्धनले उचालेको हो । ....... यो सप्तरी जिल्ला कुनै बेला एकदमै शिक्षित जिल्लाको रुपमा प्रख्यात थियो । एकसे एक विद्वानहरु यहाँबाट निस्किए । विडम्वना अहिले ६३ वटा जिल्ला साक्षर घोषणा हुँदासम्म सप्तरी साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यसको साक्षरता दर एकदमै कम छ । दुर्गम जिल्ला भन्दापनि कम साक्षरता दर यहाँको छ । ....... स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने ८९ प्रतिसत घरपरिवारसँग शौचालय नै छैन । बच्चाहरु कुपोषणको सिकार छन् । महिलाहरु रक्तअल्पताको सिकार छन् । राजविराजको अस्पतालमा जानुभयो भने तुरुन्तै धरान वा बिराटनगरको अस्पताल लैजानुस् यहाँ केही हुँदैन भन्छन् । ........ रोजगारीका लागि हामी यहाँ दुई तीनवटा पालिका मिलाएर कृषि औद्योगिक क्षेत्र र निर्मलीबाट रोडलाइन गाईघाटसम्म तानेर स्पेसल इकोनोमिक जोन बनाएर त्यहाँ मल्टिनेशनल कम्पनी बोलाएर यहीकाले घर घर रोजगारी पाउन सकुन् भन्ने स्थिति सिर्जना गर्ने अहिलेको प्रमुख एजेन्डा हो । ........ औद्योगिकीकरणका कुरा ब्यक्तिगत तर्फबाट पनि सम्भव हुन्छ । तपाईं वल्र्ड बैंक, एडिबी बैंकसँग कुरा गर्न सक्नुहुन्छ । परियोजना ल्याउन सक्नुहुन्छ । त्यो क्षमता भएको नेता चयन गर्न सक्नुपर्यो । मेरो फिल्ड पनि आइटी हो । यहाँ मल्टिनेशनल कम्पनीलाई निम्त्याउन सकिन्छ । ....... यहाँ कल सेन्टर स्थापना गरियो भने हजार जनालाई रोजगारी दिन सकिन्थ्यो । यो कुरो दश वर्ष अगाडि सम्भव थिएन । अहिले अप्टिकल फाइबर गाउँ गाउँसम्म पनि पुगेको अवस्था भएकोले त्यो यहाँ गर्न सकिन्छ । ...... सीके राउत भनेको पछिल्लो दश वर्षसम्म यही माटोमा बसेर ज्यान दिइरहेको ब्यक्ति हो । कुनै पद वा पैसाका लागि राजनीतिमा आएको होइन । यो बिषय यहाँको घर घर, बच्चा बच्चालाई थाहा छ । हामी कुनै पदको राजनीति गर्न आएका होइनौ । ज्यानै दिने राजनीति गरिरहेका थियौ । त्यसैले सबै मतदाताले निस्वार्थ भावले जनताको सेवा गर्न आएको भनेर मौका दिनुहुन्छ । यहाँ सम्म कि जो मेरा विरोधी छन्, तिनले पनि एक मौका दिनुपर्यो भनेर भनिरहेका छन् । मलाई भोट दिन्छन् । ......... रामराजा जीको गणतन्त्र ल्याउने, गज्जु बाबुको प्रजातन्त्र ल्याउने र उपेन्द्रजीले संघीयता ल्याउने आन्दोलन गर्नुभयो । उहाँहरुलाई म धन्यवाद दिन्छु । ........ तर जनताले शिक्षा पाए कि पाएनन्, रोजगारी पाए कि पाएनन्, स्वास्थ्यसेवा छ कि छैन ? यो एजेन्डा यस अगाडिको कुनैपनि राजनीतिक आन्दोलनमा थिएन । त्यही भएर जनमत पार्टी आएको हो । जसरी भारतमा आम आदमी पार्टी कुनै राजनीतिक एजेन्डा बोकेर आएन, सेवा प्रवाहको एजेन्डा बोकेर आयो । त्यसरी नै यहाँ जनमत पार्टी आएको सेवा प्रवाहका लागि हो । .

No comments: