Wednesday, November 23, 2022

23: Sagar Dhakal

What the FTX Collapse Means for the Cryptocurrency Market . The rapid fall of FTX makes clear that better regulation is necessary to protect investors and reduce crime in the cryptocurrency market. ...... the path to regulation isn’t a straight line. ....... his cryptocurrency exchange collapsed under the weight of his own financial misdeeds ....... “In terms of business ethics, this is an easy one: Don’t commit fraud, don’t steal your customer’s money, and don’t use it for all sorts of personal ventures.” ....... regulators will need to be aggressive because so much crypto activity involving American consumers is taking place overseas. ....... Because there are so many opaque actors in the digital assets space, “we don’t know the extent of the contagion. We don’t really know who basically has a hole in their balance sheet ...... the previous collapses of Celsius, Three Arrows Capital, and Terra Luna. ...... “I’m worried that there is a lot more yet to come” .

सबै प्रदेशमा मिलीजुली सरकार! २०७४ को निर्वाचनमा मधेसबाहेक सबै प्रदेशमा पहिलो दल बनेको एमाले यस पटक करिब आधा सिट गुमाउँदै छ, माओवादी र मधेसी पनि कमजोर देखिएका छन् । ....... यसपालि मधेसमा एक्लै वा दुई दल मिलेर बहुमत पुग्ने सम्भावना कम छ । ....... मधेसमा जनमत पार्टीको पनि उदय भएको छ । उक्त दलले बुधबार रातिससम्म प्रत्यक्षतर्फ ३ स्थानमा जितेको छ भने १ स्थानमा अग्रता लिएको छ । ...... ‘यस पटक कुनै दुई दलको बहुमत पुग्ने सम्भावना देखिँदैन ।’ पहिलो पटक उदाएको जनमत पार्टीको पनि सरकार निर्माणमा भूमिका रहन सक्ने उनले बताए । ...... मधेसमा झैं लुम्बिनीमा पनि आधा दर्जनभन्दा बढी दलको प्रतिनिधित्व हुने भएको छ । ...... यस पटक जसपाले २ सिट, जनमत र लोसापले एक–एक सिट जितेका छन् । राप्रपा २ सिटमा अगाडि रहेको छ । ....... यस पटक सदूरपश्चिमको तराईबाट नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ । उक्त पार्टीले प्रदेशसभाका २ सिटमा जित्नुका साथै ३ सिटमा अग्रता लिएको छ । ....... मधेसमा भने जनमत पार्टीले समानुपातिक मत पनि प्रभावित पार्नेछ ।

सागरको राजनीतिक सन्देश डडेलधुरामा ३१ वर्षीय सागरले प्रधानमन्त्री देउवासँग चुनावी प्रतिस्पर्धा मात्रै गरेनन्, संगठित शक्ति र विरासतबिनै कसरी सम्मानजनक मत ल्याउन सकिन्छ भनेर देखाए ...... चार महिनाअघि सामाजिक सञ्जालमा ‘नाइट बस चढेर डडेलधुरा जाँदै छु’ लेखेर फेसबुकमा पोस्ट गर्ने बेलासम्म सागर ढकाल जिल्लाका निम्ति परिचित नाम थिएन । पुराना नेतादेखि कार्यकर्ता कसैसँग सागरको न कुनै सम्बन्ध थियो न सामान्य चिनाजानी । तर, यही अपरिचित भूगोलमा आएर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र उम्मेदवारी दिएर पराजय बेहोरे पनि सागरले सिंगो डडेलधुरामा नयाँ राजनीतिक बहस सुरु गराइदिए । ........ गुल्मी सत्यवती–६ खैरेनीका ३१ वर्षीय सागरले व्यक्तिगत अठोट मात्रै भयो भने जहाँबाट पनि चुनाव उठ्न सकिन्छ र त्यसका निम्ति कुनै शक्तिको छातामुनि बस्न पर्दैन भन्ने सन्देश दिएका छन् । सुरुवाती दिनमा सागरको चुनावी कुदाकुदको दृश्य धेरैका निम्ति अनौठो थियो । चार महिनामा जिल्लाका ५२ वटै वडा घुमेका सागरले यसबीच जात्रा र मेलामा डेउडा गाउनेदेखि स्थानीयकै चुलोमा बसेर खाना खाएर उनीहरूलाई नजिकबाट बुझ्ने प्रयत्न गरे । जनतासँग नजिकिएकै कारण कुनै संगठित शक्ति र विरासतबिनै सागरले दोस्रो धेरै मत ल्याएका छन् । ....... अहिले उनीहरूले नै राजनीति गर्नेहरूका निम्ति जनतासँगको संवादको कति अर्थ रहेछ भनेर बुझ्न थालेका छन् । ..... ‘म सदरमुकाममा एक जना दिदीको घरमा कोठा भाडा लिएर बसेको छु,’ सागरले भने, ‘उहाँको नाम थाहा छैन, जिल्ला प्रशासन जाने बाटोमा उहाँको घर छ ।’ साढे दुई हजार रुपैयाँ पर्ने एउटा कोठा भाडामा लिएर झोला बिसाएपछि कैयौं दिनसम्म सागर डेरामा फर्किएनन् । ........ इमानदार भएर जनतामाझ जाने हो भने चुनावमा कुनै खर्च लाग्दैन भनेर पनि उनले बुझ्न पाए । ‘कहीं पनि मैले खानबस्नका लागि खर्च गर्नुपरेन । गाउँलेले माया गरेर खाना दिए, बासको प्रबन्ध मिलाए,’ उनले भने, ‘एक सयदेखि २५ हजारसम्म आर्थिक सहयोग पनि गरे ।’ डेरा लिएको कोठामा आफू मतगणना सुरु भएपछिका चार दिन मात्रै सुत्न पाएको उनी बताउँछन् । ....... चुनावी पराजयपछि पनि सागर जिल्लामा चर्चाको केन्द्रमा नै छन् । उनले छोटो अवधिमै कसरी यति धेरै मत ल्याए भनेर धेरैले कुरा गरिरहेका भेटिन्छन् । ....... ‘रोजगारीका लागि देशबहिर रहेका युवा साथी र प्रचार क्रममा गाउँमा जाँदा स्थानीयले दिएको चन्दा जोड्दा झन्डै १६ लाख रुपैयाँ जम्मा भएको छ,’ सागरले भने । ........ राजनीतिक दलमा आबद्ध तर नेतृत्वप्रति असन्तुष्टको ठूलो मत सागरले पाएको देखिन्छ । ....... ‘यो सुरुवात मात्रै हो, म सुदूरपश्चिमबाट अर्को आमनिर्वाचनका लागि अभियान सुरु गर्ने तयारीमा छु,’ उनले भने । .........

शीर्ष नेतृत्वपछिको राजनीतिक पुस्ता पनि परम्परागत रहेको बताउँदै उनले ४० वर्षमुनिका युवाको राष्ट्रिय सञ्जाल बनाएर अगाडि बढ्ने योजना रहेको सुनाए ।

‘सबैभन्दा पहिले डडेलधुराका ५२ वटै वडामा पुगेर मतदातालाई धन्यवाद दिनेछु,’ उनले निर्धक्क भएर भने, ‘निर्वाचनमा भएका सबै गतिविधि सार्वजनिक गरेपछि मेरो नयाँ अभियान सुरु हुन्छ । पाँच वर्षपछि फेरि डडेलधुराबाटै निर्वाचन लड्छु ।’
.

राज्यसँग ‘बुलेट’ र पार्टीसँग ‘ब्यालेट’ विद्रोह माओवादीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरूलको संघर्ष ...... उनी रुकुम पूर्व (१) बाट हाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले जित हासिल गरेका हुन् । ......... ‘क्रान्तिको राग थियो । अब देशमा गरिब, निमुखाको हित हुन्छ भन्ने आस थियो,’ उनले भने, ‘शान्ति प्रक्रियापछि हामी निकै आशावादी थियौं तर आसैआसमा मरिन्छ जस्तो भयो । २०७० सालतिर म काम खोज्दै भारत पसें ।’ भारतको हरिद्वारमा चार महिना मजदुरी गरेर फर्किएपछि खेती–किसानी सुरु गरेको उनले बताए । ....... ‘विगतमा राम्रो होला भन्ने आसा अरूलाई छोडियो,’ उनले भने, ‘यस पटक पनि मेरो क्षेत्र र समुदायको प्रतिनिधित्व नहुने देखेपछि म विद्रोह गरेर माओवादीकै विरुद्धमा चुनावी मैदानमा उत्रिन बाध्य भएँ ।’ बागीभन्दा आफूलाई ‘विद्रोही’ उम्मेदवार भन्न रुचाउने सुरुललाई यस पटक रुकुम पूर्वकै विभिन्न माओवादी नेताको घोषित साथ रह्यो भने एमालेले समेत आफ्नो उम्मेदवारलाई पछि सारेर समर्थन गर्ने जनाएपछि चुनावी मैदानमा उनी बलशाली देखिए । त्यही बलमा उनले चुनाव लडे र जिते ।.

प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए . राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९, जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । ....... समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ । ....... प्रदेश सभा सदस्य समानुपातिकतर्फ पनि एमाले नै अग्रस्थानमा देखिएको छ । चार प्रदेशमा एमाले, दुई प्रदेशमा कांग्रेस र एक प्रदेशमा माओवादी अगाडि देखिएको छ ।

No comments: