Sunday, November 27, 2022

27: Madhesh



मधेसमा एमाले र कांग्रेसको ‘कमब्याक’ जनमत पार्टीको उदयले जसपा र लोसपालाई धक्का ....... मधेसमा यसपालि सबैभन्दा ठूलो कमब्याक नेकपा (एमाले) ले गरेको छ। ........ मधेस प्रदेशका ६४ क्षेत्रमध्ये एमालेले १३ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ। ...... मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ जित्नेमा एमाले सबैभन्दा ठूलो दल हुनेछ। ....... नेकपा एमालेले २०७४ मा पनि मधेस प्रदेश सभामा १४ सिट जितेको थियो। ...... गएको स्थानीय निर्वाचनमै कांग्रेस र एमालेले मधेसमा ठूलो प्रगति गरेका थिए। कांग्रेसले सबैभन्दा धेरै ४६ स्थानीय पालिका जितेको थियो भने एमालेले ३० पालिका जितेर दोस्रो दल बनेको थियो। ....... मधेस प्रदेशमा सबैभन्दा ठूलो हार दुई मधेसवादी दल जसपा र लोसपाको भएको छ। ....... जनमत पार्टीले अहिलेसम्म प्रदेश सभामा ६ सिट जितेको छ। ....... मधेस प्रदेशमा समानुपातिकतर्फको मतमा जनमत पार्टीले लोसपाको भन्दा धेरै मत ल्याएको छ। यो समाचार लेख्दासम्म जनमत पार्टीले मधेसमा १ लाख ६८ हजार मत ल्याएको छ भने लोसपाले ६८ हजार मत मात्र ल्याएको छ। त्यस्तै जसपाले १ लाख ९० हजार मत ल्याएको छ। ...... २०६३ सालमा मधेस आन्दोलन भएपछि मधेसवादी दलको उदय भएको थियो। उदय भएको १५ वर्षपछि मधेसवादी दल आफ्नै पकड भएको प्रदेशमा धेरै कमजोर देखिएका छन्। त्यो सँगै कांग्रेस-एमालेको कमब्याक सम्भव भएको हो। ......... २०७४ को स्थानीय तहमा १६ स्थानमा खुम्चिएको एमालेले गत वैशाखमा भएको निर्वाचनमा ३० स्थान जितेको थियो। ...... एमाले-जसपा गठबन्धनले जसपालाई धेरै फाइदा नभए पनि एमालेलाई भने धेरै फाइदा भएको देखिएको छ। .

समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले जनता समाजवादी पार्टीले ३ लाख ९ हजार ५ सय ८६, जनमत पार्टीले २ लाख ४३ हजार ४ सय ९४ र नेकपा एकीकृत समाजवादीले २ लाख ४१ हजार ८ सय ५७ मत प्राप्त गरेका छन्।

समानुपातिकमा एमालेले कटायो २० लाख मत, एकीकृत समाजवादीलाई साढे २ प्रतिशत एकीकृत समाजवादी पनि राष्ट्रिय दलतर्फ उन्मुख छ। उसले १ लाख ८७ हजार ५ सय २९ मत ल्याएको छ। समाजवादीले २.५२ प्रतिशत मत ल्याएको हो।

चुनावी परिणामसँगै उठेका बहस



राष्ट्रिय स्वतन्तत्र पार्टीले माओवादीलाई उछिन्यो जसपाले ३ लाख १७ हजार ४४ मत ल्याएर छैठौं स्थानमा रहेको छ भने सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
गठबन्धनलाई सुविधाजनक बहुमत
सुनसरी १ बाट जसपाका अशोक राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

‘गठबन्धनसँग म्याजिक नम्बर छ, चुनाव चाहिं रास्वपाले जित्यो’ गठबन्धनसँग केन्द्रमा सरकार निर्माणका लागि चाहिने म्याजिक नम्बर १३८ छ । .......

रास्वपा भन्नासाथ तीन ठाउँ हेर्नुपर्छ होला— काठमाडौं, चितवन र कास्की ।

....... प्रदेशमा पनि मधेश र लुम्बिनी बाहेक अरूमा पनि गठबन्धनको बहुमत पुग्छ । मधेश र लुम्बिनी प्रदेशमा चाहिं अरू कसको सहयोग जुटाउने भन्ने हुन्छ । मधेशमा जनमत पार्टीको उदय भएको छ, उसको सहयोग जुटाउने हो भने केन्द्रमा पनि त्यही खालको व्यवहार होला । अथवा केन्द्रमा सेफ्टीको साइट पनि चाहिन्छ भनेर नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने हो भने लुम्बिनी र सुदूरपश्चिममा के खालको सम्बन्ध रहने भन्ने होला । लुम्बिनीमा सहयोग त अपेक्षित पनि होला । .....लुम्बिनीमा ५१ देखि ६५ सिट भनेका थियौं । तर ४० मात्र होला जस्तो छ र, अरूको सहयोग भएन भने गठबन्धनले सरकार पनि बनाउन नसक्ने अवस्था रह्यो । त्यहाँ प्रदेशको चुनाव लड्नका लागि सत्ता गठबन्धनका नेताहरूले जितिहालिन्छ, के मिहिनेत गर्नु भनेर जति ध्यान दिनुपर्ने हो, त्यति दिनु भएन जस्तो लाग्छ ।........ गठबन्धनसँग केन्द्रमा सरकार निर्माणका लागि चाहिने म्याजिक नम्बर १३८ छ । .......... २०६४ बाहेक सबै चुनावमा भन्दा कांग्रेस संकुचित भएको छ । एमाले पनि संकुचित भएको छ । दुवै पार्टी करिब ६ प्रतिशत संकुचन भएका छन् । माओवादी त अघिदेखि संकुचनको बाटोमा थियो । ...... मधेशमा केन्द्रित दलहरूको जसपा र लोपसाको संकुचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले केही लिएन, तर जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बने । ........ रवि लामिछानेले त्यो मतहरूलाई जम्मा मात्र गर्नु भएन, सोविता गौतमदेखि लिएर डा. तोसिमा कार्की जस्ता मान्छेहरू जोड्नुभयो, शिशिर खनाल, अरनिको पाण्डेलगायतका ‘हेट्रोजिनियस’ साथीहरूको प्रोफाइल जोडेर ल्याउनुभयो । पार्टी निर्माण हुने भनेकै यसरी हो । ....... यसपालिको निर्वाचनको सबभन्दा ठूलो कथा भनेकै रवि लामिछाने र उनको पार्टी हो । ......... सत्ता गठबन्धनको बहुमत पुग्छ, सत्ता गठबन्धनले सहज रूपमा पाँच प्रदेशका सरकार बनाउन सक्छ । अरूलाई साथ लिएर बाँकी दुई प्रदेशको पनि सरकार बनाउन सक्ने आधार छ । ....... सबै पदहरू साधारणतः भन्ने हो भने

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति, गभर्नर

सबै बाँडेर एकठाउँ बस्न सकिन्छ भन्ने खालको भाष्य पनि आउन थालेको छ । ........ हरेक वर्ष यसैगरी रोजगारीका लागि मानिसहरु बाहिर पठाएर मात्रै बस्न सक्दैनौं होला, त्यसरी आएको पैसाको आधारमा थुप्रो आयात गर्ने, अनि त्यसको भन्सार राजश्वबाट मुलुक सञ्चालन गर्ने मात्र होइन होला नि ! ........ म चाहिँ आजसम्म वामपन्थीहरु मात्रै एकठाउँमा बसेको राजनीतिले हरेकपटक निकास नदिएको देख्छु । ........ ६/८ महिना सत्ता र कुर्सीलाई बिर्सिएर शासन, सुशासनको कुरा गर्दा नेपालको नयाँ विकास र समृद्धिको मोडलबारे रवि लामिछाने, तोसिमा कार्की, सोविता गौतम, राजेन्द्र लिङ्देन वा सीके राउतहरुसँग सम्वाद सुरु गर्नुभयो भने एउटा कांग्रेस र देशको राजनीतिको भोलिको एउटा बाटो निर्माण होला । ........ सत्ताको तानाताल, १३८ पुग्छ कि पुग्दैन, पुगिहाल्यो भने भोलिसम्म कसरी जोगाउने, कसलाई मन्त्री दिने कसलाई नदिने, यो त २०५२ सालदेखि देखिरहेको छु । यसको खराब दिनहरु देखेको छु ।


समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सकियो अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।

राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी



Understanding the Cell: The Elementary Building Block From Which Life Emerges It is the coordination of cells that allow hearts to beat, the specialization of cells that create robust immune systems, and the firing of cells that form thoughts. ....... “The human body functions as a citizenship of cooperating cells,” he writes. “The disintegration of this citizenship tips us from wellness into disease.” ....... “A hip fracture, cardiac arrest, immunodeficiency, Alzheimer’s dementia, AIDS, pneumonia, lung cancer, kidney failure, arthritis—all could be reconceived as the results of cells, or systems of cells, functioning abnormally,” Mukherjee writes. “And all could be perceived as loci of cellular therapies.” ....... Understanding how electrical currents affect neurons, for example, led to experiments using deep brain stimulation to treat mood disorders. And T-cells, the “door-to-door wanderers” that travel through the body and hunt for pathogens, are being trained to fight cancer as doctors better understand how these wanderers discriminate between foreign cells and the “self.” .

No comments: