Friday, November 25, 2022

Shiva In China

जनकपुर जनताको सन्देश, मधेशी दलले सकेन अव तिमिहरु गरेर देखाउ कांग्रेसको विकल्पमा यसअघि मधेश केन्द्रित दललाई जनताले अवसर दिएपनि मधेश केन्द्रित दलको विभाजन आफै भित्रको खिचातानी र अवसरलाई सदुपयोग गर्न नसकेकाले जनकपुरधामवासीले नयाँ विकल्प राजेको हुन सक्ने भनाई जानकारहरुको छ । ......... देशकै ठुला दलहरुका प्रभावशाली व्यक्तित्वहरु महतो र यादवको नेतृत्व पनि यहाँ केहि गर्न नसके जनता पनि परिवर्तणकारी रहेको र फेरी परिवर्तण गर्ने चर्चा भइरहेको छ ।

जंगलराजको अन्त्य भयो : सिके राउत ‘यो जनताराजको युगको सुरुवात हो । यो सामुदायिक समाजवादको युगको सुरुवात हो,’ राउतले भनेका छन्, ‘यो जंगलराजको अन्त्य र सुशासनको युगको सुरुवात हो ।’ ...... उनले गजेन्द्रनारायण सिंहले चलाउने गरेको सप्तरी सेवा आश्रम स्वरुपकै एउटा आश्रम संचालनमा ल्याई त्यसलाई जनतासँग दैनिक सम्पर्क स्थलको रुपमा प्रयोग गर्ने बताएका छन् । ...... देशको साक्षरता दर करिब ६६ प्रतिसत हुँदा सप्तरीको केवल ५४ दसमलव ५ रहेको बताउँदै राउतले सप्तरी जिल्लालाई शतप्रतिसत साक्षर जिल्ला बनाउन युद्धस्तरमै काम गर्न साक्षरता सेनानी गठन गरी परिचालन गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालकोअन्त्यसम्म पूर्ण साक्षर जिल्ला बनाइएने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपेक्षाअनुसार चुनावी परिणाम आएन: प्रचण्ड (भिडिओ)
राष्ट्रिय स्वतन्त्र पार्टीको 'डिएनए' मा के छ? त्यो देशहित भनेको वास्तवमा हो चाहिँ के? त्यसलाई कसले निर्धारण गर्छ? पहाडे, बाहुन वा क्षेत्री पुरुषबाहेक अरूसित देशहितलाई अर्थ्याउने अधिकार छ कि छैन? ........ यो बुझाइमा सामान्य खालको 'जेनोफोबिया' मात्रै छैन नेपाली राष्ट्रियताको ग्यारेन्टी गर्ने गहुँगोरो छाला भएका पहाडी क्षेत्री–बाहुन पुरूष मात्रै हुन्, बाँकी सबैको देशभक्ति संशयपूर्ण छ भन्ने पञ्चायती पाराको रंगभेदी, नश्लभेदी र लिंगभेदी दर्शन लुकेको छ। भारतलगायत युरोप र अमेरिकासम्म उग्र दक्षिणपन्थीहरूले अल्पसंख्यकहरूलाई दबाइ राख्न बहुसंख्यक समुदायलाई बारम्बार भन्छन्- तिमीहरू अब अल्पमतमा पर्ने खतरा छ, त्यसैले आप्रवासन रोक्नुपर्छ। ..... त्यसैको नेपाली संस्करण हो त्यो तर्क! ...... त्यसैले 'हामी कुनै वाद वा विचारका बन्धक छैनौं' भन्दा भन्दै रास्वपा यो मुद्दामा राष्ट्रवादको खोल ओढेको रंगभेदी, नश्लभेदी र लिंगभेदी विचार प्रणालीमा समाहित भइसकेको छ। ........ २००९ सालमा नागरिकता ऐन जारी भएयताका ७० वर्षमा नेपालमा जम्मा ४ लाख २४ हजार चानचुन महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। तीमध्ये नेपालीहरूलाई नै विस्थापित गर्ने भनेर डर देखाइएको भारतबाट बिहे गरेर आउने महिला चार लाखभन्दा कम छन्। यही समयमा नेपालबाट भारतमा बिहे गरेर उतैको नागरिक बन्नेको आँकडा त्यही हाराहारी हुनुपर्छ। .......

अनि त्यही तर्कमा टेकेर 'देश बचाउन' राष्ट्रपतिले खुलेआम संविधान मिचेकी छन्।

...... त्यसैले रविजी, 'म खास विचार बोक्दिनँ' वा 'उपयोगिता अनुसार विचारहरू बोक्ने र त्याग्ने गरिरहन्छु' भन्नु पनि एउटा विचार नै हो। मेरो डिएनए छैन भन्नु नै आफ्नो अस्तित्व लुकाउन खोज्ने आफैंसित लज्जित वा कुटिल डिएनए छ भन्ने प्रमाण हो। ........ एक चोटि ठन्डा दिमागले सोच्नुस्ः एउटा सिंगो समुदाय, जसको देशभक्तिप्रति तपाईंहरूलाई विश्वास छैन, उसले अब आउने चुनावहरूमा तपाईंहरूलाई किन भोट दिने? ....... राष्ट्रपतिको संविधान मिचाइका कारण नागरिकताबाट वञ्चित छ लाख मानिसहरू कुनै बेला त नागरिक बन्लान् र मताधिकार पाउलान्। उनीहरूले अहिले राष्ट्रपतिको संविधान मिच्ने कदमको बचाउ गर्ने तपाईंहरूलाई किन भोट दिने? ....... उही व्यक्ति फराकिला सफा, सडक, राम्रा स्कुल र अस्पताल पनि चाहन्छ अनि अर्को लिंग, जाति, भाषा, क्षेत्र, धर्म आदिको व्यक्तिलाई हियाउन, हेप्न वा दोस्रो दर्जाको देखाउन पनि चाहन्छ। पितृसत्ताले जकडेको हाम्रो समाजमा महिलाद्वेषी पुरुषहरूको बाहुल्य नै छ। जातीय विभेद र छुवाछुत ठीक भन्ने मानिसहरू अझै पनि समाजमा छन्।

नेपालको पहाडमा मधेशीहरूलाई होच्याउन, हेप्न नसिकेका त बालबालिका भेट्न समेत कठिन छ।

.......... यस्तो माहोलमा 'मलाई राम्रो स्कुल चाहियो' भन्ने माग र 'मैले अर्कोलाई हेप्न वा दोस्रो दर्जाको जस्तो व्यवहार गर्न पाउनु पर्छ' भन्ने मागमध्ये कुन ठिक र कुन बेठिक भनेर छुट्याउन, तीमध्ये 'हामीलाई पहिलो माग स्वीकार्य छ र दोस्रो छैन' भनेर अडान लिन विचार चाहिन्छ, सिद्धान्त चाहिन्छ, मानवता र नैतिकता चाहिन्छ। ......... के सही र के गलत भनेर छुट्याउने 'मोरल कम्पास' चाहिन्छ। त्यस्तो कम्पासको अभावमा राजनीति चुनावमा भोट तान्ने अभ्यासभन्दा बढी रहँदैन। ........ घोषणापत्रमा लेखिएझैं रास्वपाले विचारलाई 'साधनका रूपमा प्रयोग गर्ने र त्याग्ने' गर्‍यो र सत्ता प्राप्तिको लक्ष्यका अगाडि विचार, सिद्धान्त र दर्शनलाई गौण बनायो भने त्यसले नेपालमा अर्को दुर्घटना निम्त्याउने निश्चित छ।


पानीजहाजमा कोचिने ती दासहरू र हवाइजहाज चढ्ने हाम्रा अर्धदासहरू! क्यानडाका धेरै सहरहरू युरोपका विभिन्न ठाउँबाट बसाइ सरेका गोराहरूको शिल्प, कला र बुद्धिले बनेका भए पनि यसमा अफ्रिकाका विभिन्न मुलुकहरूबाट ल्याइएका दासहरूको श्रम परेको छ, पसिना बगेको छ। ....... आजको युरोप तथा अमेरिकाको निर्माण र विकासमा अफ्रिकाबाट भेडाबाख्रा जसरी ल्याइएका दासहरूको ठूलो योगदान छ। ....... युरोपेलीहरूले बारुद र बन्दुकको आविष्कार गर्दा अफ्रिकाका सबै बासिन्दा कविला युगमा थिए। उनीहरूसँग आधुनिक हतियार केही थिएन। युरोपका सबै देशहरूले संसारका विभिन्न ठाउँमा उपनिवेश बनाइरहेका थिए तर त्यहाँ काम गर्न उनीहरूलाई निकै अप्ठ्यारो थियो। काम गर्नलाई श्रमशक्ति थिएन। स्थानीयवासीलाई दमन गरेर उपनिवेश बनाएको हुँदा उनीहरूले अवरोध र विद्रोह गर्छन् भन्ने डर थियो। अतः त्यहाँ काम गर्ने श्रम बाहिरबाट ल्याउन सहज मानेर अफ्रिकाका विभिन्न ठाउँबाट मानिस ल्याइए। ....... अफ्रिकाबाट खेदेर दासहरू ल्याउने एउटा समूह हुन्थ्यो। उनीहरूलाई खरिद गर्ने अर्कै हुन्थ्यो ...... उहिले यसरी पानीजहाजमा दासहरू भेडाबाख्राजस्तो गरेर लगिन्थे, बीचमै ज्यान गुमाउनेहरू पनि हजारौं हुन्थे। ...... हामीले यता नेपालको बारेमा कुरा गर्दा अहिले फरक यति छ। हाम्रा युवाहरू हवाइजहाजमा चढ्छन्। विमान परिचारिकाहरूले केही सम्मान गरेजसरी सेवा दिन्छन्। अनि पुग्छन् ५० डिग्री तापक्रम भएका खाडी मुलुकहरूमा। ....... तीमध्ये धेरैले इमिग्रेसन डेस्कमा बुझाउनु पर्ने कार्ड समेत भर्न जान्दैनन्। ..... कतिसम्म भने पासपोर्टमा के लेखेको छ भन्ने पनि पढ्न जान्दैनन्। अन्य यात्रुलाई कार्ड भरिदिन आग्रह गरिरहेका हुन्छन्। ........ तिनै निरीह युवाहरूले श्रम बेचेर पठाएको रेमिटेन्सबाट देश चलिरहेको छ। यहाँका इमिग्रेसन अधिकृतको पनि तलब आएको छ। ...... युरोप र अमेरिकामा पुगेका दासहरूको कुनै अधिकार हुँदैन थियो। मालिकलाई भने उनीहरूको ज्यान लिनेसम्मको अधिकार हुन्थ्यो। अहिले खाडीमा पुगेका युवाहरूलाई त्यहाँका कम्पनीहरूले अर्धदासका रूपमा व्यवहार गरेका अनेक उदाहरणहरू देख्न सकिन्छ। ....... सबभन्दा पहिले त उनीहरूको पासपोर्ट र कागजपत्र खोसिन्छ। यसपछि उनीहरूले कम्पनीको स्वीकृति नभइकन केही पनि गर्न पाउँदैनन्। उनीहरू बँधुवा मजदुर बन्छन्। ...... जे कामका लागि भनेर लगिएको हो त्यही काम नपाउनु, कबोल गरेको जति तलब नदिनु, दिएको पनि समयमा नदिनु सामान्य घटना जस्तो भएको छ। ...... श्रमिकले काममा चित्त बुझेन, म अर्को ठाउँमा जान्छु भन्नु असम्भवप्रायः हुन्छ। कम्पनी छोडेर हिँडेकै बहानामा कति श्रमिकहरू जेल हालिन्छन्। ........ साझा मोलमोलाइ गर्ने अन्तर्राष्ट्रिय श्रमिकको मौलिक अधिकारको उच्चारण समेत गर्न पाइँदैन। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तोकेको आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नियम त सम्भवतः त्यहाँ कतै पालना हुँदैन। कुनै कानुन र नियमले यसमा ध्यान दिएको छैन। ........ युरोप र अमेरिका पुर्‍याएका दासहरू त्यहाँ ‘डन्जन’ भनिने अँध्यारो सुरङजस्तो ठाउँमा भेडाबाख्रा जसरी कोचिन्थे। यता खाडीका सहरहरूमा अहिले पनि १० गुणा १२ (फिट) को कोठामा दस जनाजति कोचेर राखिएका हुँदा रहेछन्। ती सबैको ड्युटी एकै समयमा नहुँदा सुत्न पालो मिले पनि सबै जना भेला हुँदा सकस हुँदो रहेछ। बिदाका दिनमा राम्ररी सुत्न नपाउने समस्या हुँदो रहेछ। ...... उखरमाउलो गर्मीबाट कोठामा आएर एअर कन्डिस्नर (एसी) खोलेर सुत्दा हृदयघातले ज्यान जाने गरेको छ।

No comments: