Tuesday, November 29, 2022

29: Nepal

कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न ओलीलाई बालेनको चेतावनी
मधेस प्रदेशमा नयाँ सरकार बनाउन अन्योल, केन्द्रको समीकरण कुर्दै दलहरू दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । ...... जनमत पार्टीका प्रवक्ता बिपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए । ...... एक सय सात सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनमा अहिले २८ र एमाले–जसपा गठबन्धनमा २४ मत छ ।

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु: महामन्त्री शर्मा गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि बताए । उनले भने, ‘मेरो प्रयत्न के रहन्छ भने प्रस्तावकको रूपमा शेरबहादुर देउवाको नाम लेख् नसक्ने परिस्थिति बनाउनु चाहिँ मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ ।

एमाले अध्यक्ष ओलीको प्रश्न : घण्टी पार्टीलाई कसले हावा भर्‍यो ? उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँपनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’

थारु समुदायका लागि ६.६ प्रतिशत आरक्षण नछुट्याउन आदेश



विश्वप्रकाशसँगको भेटपछि गगनले भने, ‘अब देश हामीले चलाउँछौँ’
बस्ती हटाउने कदमविरुद्ध सुकुम्वासीद्वारा प्रदर्शन, तस्बिरहरू हेर्नुहोस्



No comments: