Wednesday, November 23, 2022

23: Threshold

मधेसमा उपेन्द्र र सीके राउतबीच राजनीतिक द्वन्द्व ​उपेन्द्रकै सिको गर्दै सीकेले बनाए राजनीतिक धरातल ....... जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेपछि मधेसको राजनीति तरङ्गित भएको छ । ...... मधेस आन्दोलनबाट जन्मेका उपेन्द्र यादव मधेसका हस्ती मानिन्थे । तर जनमत पार्टीका अध्यक्ष राउतले उनको त्यो छविलाई ध्वस्त बनाउँदै छन् । मधेसका अधिकांश ठाउँमा जसपाकै उम्मेदवारसँग जनमतले प्रतिस्पर्धा गरिरहेका छन् । कतिपय ठाउँमा जसपाका उम्मेदवारलाई जनमत पार्टीका उम्मेदवारले पराजित गरिसकेका छन् भने कतिपय ठाउँमा कडा टक्कर दिइरहेका छन् । ...... दुवैजना एउटै जिल्लाका मात्र होइन, एउटै पालिकाका हुन् । तर यी दुई जनाको बीचमा कहिल्यै राम्रो सम्बन्ध रहेन । ...... सीके राउत आन्दोलनमा हुँदा सबैभन्दा बढी टार्गेट उपेन्द्र यादवको पार्टीलाई नै गर्थे । यहाँसम्म कि सीके राउतले उपेन्द्र यादवलाई सम्बोधन गर्दा ‘काला नाग’ भन्थे । ...... ओलीले सीके राउतलाई यसरी महत्त्व दिएर मूलधारमा ल्याएको कुरा उपेन्द्रलाई मन परेको थिएन । उपेन्द्र यादवले सरकारमा त्यसको विरोध पनि गरेका थिए । ...... २०७५ भदौ ७ गते उपेन्द्र यादव बर्दिया जाँदा सीके राउतका कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएको आरोपमा सीके राउतका कार्यकर्ता राममनोहर यादव पक्राउमात्र परेनन्, उनको निधनसमेत भयो । ..... जसपा मधेस आन्दोलनबाट जन्मेको पार्टी हो, मधेस आन्दोलन गरेर शक्तिशाली पार्टी बनेको हो । मधेसमा जसपालाई कमजोर नगरेसम्म आफूहरुले ठाउँ पाउने सम्भावना हुँदैन भनेर नै जनमत पार्टीले आफ्नो सारा शक्ति जसपाको विरोधमा लगाएको थियो । ...... उनी भ्रष्टाचारविरोधी अभियान, किसान आन्दोलन, नागरिकतालगायतका विषयमा बढी केन्द्रित रहे । संविधान संशोधनको मुद्दा उनको प्राथमिकतामा कहिल्यै परेन । ....... जनमत पार्टी गरेको आन्दोलनको विरुद्धमा जसपाले सप्तरीमा भाठासहितको ¥याली नै निकालेको थियो । मधेसमा जनमत पार्टी बलियो भयो भने जसपा कमजोर हुन्छ भन्ने सो पार्टीका नेताहरुको बुझाइ थियो र छ पनि । .......... उपेन्द्र यादवले पनि आन्दोलन सुरुवात गर्दा नेपाल सद्भावना पार्टीको यसैगरी आलोचना गर्थे । एक राजनीतिक विश्लेषकले भने, ‘जुन बाटो अपनाएर सीके राउतले आन्दोलन गरेका थिए, सोही बाटो उपेन्द्र यादवले पनि विगतमा अपनाएका थिए । उपेन्द्र यादवको सिको सीके राउतले गर्नुभएको हो ।’ ....... उपेन्द्र यादवले सद्भावना पार्टीको रिप्लेस गरेर आफ्नो स्पेश बनाए, अहिले जनमत पार्टीले जसपालाई रिप्लेस गरेर आफ्नो स्पेश बनाउन लागेका छन् । .

प्रदेशसभा समानुपातिक मत : मधेश प्रदेशमा कांग्रेस र प्रदेश १ मा एमाले अगाडि मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ । एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र ९माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ । ....... लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ । ...... कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । .

मधेसका हेभीवेट : कुन नेताको अवस्था कस्तो ? माओवादी केन्द्रका सचिव मातृका यादव, नेता विश्वनाथ साह र कांग्रेसकी चित्रलेखा यादव पनि पछाडि परेका छन् । ....... जनमत पार्टीले एक ठाउँमा अग्रता लिएको छ । सिरहा–२ मा पनि जनमतले कडा टक्कर दिइरहेको छ । ....... चार ठाउँमा त स्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन् । ...... जसपा अध्यक्ष यादव आफ्नो प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका नेता जेपी ठाकुरसँग हुनेमा ढुक्क थिए । तर निर्वाचनमा सीके राउतप्रति जनलहर देखियो ।

प्रतिनिधिसभा समानुपातिकमा कसको कति मत ? राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा (एकीकृत समाजवादी) ले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । ..... समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ । स्थानिय मुद्दा किसानको मांग, शिक्षा र स्वास्थ्यको लागि लडने छु : डा. राउत राउतले सप्तरी जिल्लालाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने, सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने दाबी समेत गरेका छन् । .

उपेन्द्रले पाखा लगाएका प्रदिपको भाग्य, संसदमा जसपाको कमान अव उनकै हातमा

समानुपातिकमा एमाले अघिअघि, कसको मत कति? अहिलेसम्मको मतगणनामा ३ प्रतिशत कटाउने दल भने जनता समाजवादी पार्टी,नेपाल हो। जसपाले अहिलेसम्म ५७ हजार ९१० मत ल्याएको छ। .

गठबन्धन साँघुरो बहुमततर्फ अग्रसर २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत ल्याउन गठबन्धनले १३८ सिट जित्नुपर्छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हाल १६१ को मतगणना भइरहेको छ। अहिलेसम्म गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेसले सबभन्दा धेरै २० सिट जितेको छ भने ३७ स्थानमा कांग्रेस अगाडि छ। ....... यसरी हिसाब गर्दा अहिलेको अग्रता कायम राखेको अवस्थामा सत्ता गठबन्धनले ९१ सिट प्राप्त गर्ने देखिन्छ। ...... यसरी प्रत्यक्ष र समानुपातिक गरेर सत्ता गठबन्धनले १४१ सिट प्राप्त गर्ने अवस्था छ। अहिलेको मतगणना अंकगणितलाई आधार मान्दा नेपाली कांग्रेस ९० सिटका साथ अग्रस्थानमा रहने देखिन्छ भने माओवादी केन्द्र ३४ सिटमा पुग्ने देखिन्छ। एकीकृत समाजवादीको ९ सिट, लोसपाको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट पाउने अवस्था छ। प्रभु शाह लगायतका स्वतन्त्र उम्मेदवारको साथले थप ३ सिट गठबन्धनको पक्षमा छ। ...... जारी मतगणनामा उलटफेर नभएको अवस्थामा अहिलेकै गठबन्धनको सरकार निर्वाचनपछि पनि बन्ने देखिएको छ।

मधेस प्रदेश सभामा जनमत पार्टीको तेस्रो जित

No comments: