Pages

Tuesday, November 22, 2022

मैंडेट गगन, वर्षमान, रवि, सीके को हो

गठबन्धन को बहुमत आउने छाँटकाँट देखिएन। एमाले सशक्त विपक्ष बन्ने देखियो। चुनावी परिणाम नै जनता को मैंडेट हो। त्यस अर्थमा रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी ले पनि मैंडेट पाएको नै भन्नुपर्छ। अंतिम नतिजा आएको छैन तर जति आएको छ त्यसले संकेत दिन्छ। 

शेर बहादुर देउबा टीवी मा रयाल काढ़दै बस्ने कि कात लाग्ने? देउबा संसदीय दलको नेता भएको कांग्रेस नजिक रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी आउन मिल्दैन। अंकगणित मात्र को कुरा होइन। हावा कता बगेको छ? त्यो पनि हेर्नु पर्छ। देश ले नयापन खोजेको छ। 

पहिला गगन गणतंत्रवादी भएको पछि कांग्रेस। कांग्रेस को प्रत्येक सदस्य बराबर, नया पुरानो सबै बराबर भन्दै टिकट बाँड्ने काम प्राइमरी इलेक्शन द्वारा गर्ने उद्देश्य बोकेको मान्छे। 

मैंडेट गगन, वर्षमान, रवि, सीके को हो। चार जनाले मिलेर सरकार बनाउनुपर्छ। बुढ़ा हरु कात लाग्ने अब। 






No comments: