Tuesday, January 04, 2022

तामासालिंग का किसान काठमाण्डु झर्ने बेला यो

किसान आन्दोलन को मेला यो 
यो काठमाण्डु झर्ने बेला हो 

लोकतन्त्र भने लुटतंत्र ल्याए 
आ-आफ्ना लागि महल बनाए 
किसान का छोरा छोरी तर जिल्ल 
तामासालिंग का किसान काठमाण्डु झर्ने बेला यो 

किसान आन्दोलन को मेला यो 
यो काठमाण्डु झर्ने बेला हो

न मल छ न खाद छ, बीउ बिजन केही छैन 
पेट रित्तो, भकारी रित्तो, ढुकुटी त छँदै छैन 
काठमाण्डु का सड़क मा तर गाड़ी छताछुल्ल 
तामासालिंग का किसान काठमाण्डु झर्ने बेला यो

किसान आन्दोलन को मेला यो 
यो काठमाण्डु झर्ने बेला हो

भुमिपुत्र मधेसी, भुमिपुत्री तामांग 
शेतामगुरालि थारू दलित चेपुवा मा परे 
कुमाउ बाट ओली, गढ़वाल बाट देउबा आए शासन गरे 
तामासालिंग का किसान काठमाण्डु झर्ने बेला यो

किसान आन्दोलन को मेला यो 
यो काठमाण्डु झर्ने बेला हो












No comments: