Saturday, January 08, 2022

क्रान्ति, अझ बढ़ी क्रान्ति, लोकतंत्र, अझ बढ़ी लोकतंत्र

सन २००६ देखि आजसम्म नेपाल लगातार आन्दोलनमय छ। २००६ अप्रिल को १९ दिन को क्रान्ति ले अंतरिम संविधान दियो। नेपाल को इतिहास को मलाई मन परेको एक मात्र संविधान। क्रान्ति ले संविधान पैदा गर्यो। त्यस अंतरिम संविधान ले संविधान सभा पैदा गर्यो। तर प्रतिक्रान्ति भयो। संसद मा व्हिप जारी हुन्छ। संविधान सभा मा हुँदैन। संविधान सभा लाई संसद बनाउने काम गरे ४६ साल वाला हरु ले। अर्थात २००६ अप्रिल क्रान्ति आजसम्म अपुर्ण छ।  

प्रतिक्रान्ति का विरुद्ध अब पुनःक्रान्ति हुँदैछ। यो स्वाभाविक कुरा हो। यो lead, follow, or get out of the way क्रान्ति हो। अहिले पहिलो कदम हो, भनिंदैछ सत्ता मा छौ, नेतृत्व गर, माँग पुरा गर। तर सधैँ त्यो भनिने छैन। हटो रास्ते से भन्ने बेला आउँछ। अनि क्रान्ति को हुरी बतास ले कसिङ्गर जस्तै यो सरकार र यो प्रतिगामी संविधान बढारेर लानेछ। 

सीके राउत ले नेपाल सेना को कमाण्ड लिने क्रान्ति हो यो। यो जाफना होइन मधेस हो। हिमाल देखि गंगा सम्म फैलिएको मिथिला को विरासत बोकेको मधेस। नेपाल सेना सँग भीडंत हुँदैन। यस क्रान्ति ले नेपाल सेना को कमाण्ड आफ्नो हातमा लिन्छ। नेपाल प्रहरी आफ्नो कमाण्ड मा लिने क्रान्ति हो यो। अहिले लीड गर भनिंदैछ। पछि गेट आउट ऑफ़ द वे भनिनेछ। 

संसोधन हुने क्षमता नभएको संविधान अवसान हुन्छ। १०० ठाउँ मा संसोधन गर्नुपर्ने संविधान एक ठाउँ मा पनि संसोधन हुन नमाने पछि त्यो पिटिक्क भाँचिन्छ। देश को राजनीति को सेण्टर ऑफ़ ग्रेविटी मधेस पुग्ने सुरसार हो यो। राणा शासन फाल्ने जनकपुर ले, शासन गर्ने काठमाण्डु ले, त्यो समय गयो। बागमती मा पानी बगिसक्यो। 

नेपाल मा भारत जस्तो संघीयता चाहिएको हो। प्रदेश सरकार को आफ्नो प्रहरी हुन्छ, आफ्नो लोक सेवा आयोग हुन्छ। 

व्यक्ति बलियो भएर परिवार बलियो हुन्छ। परिवार बलियो भएर गाउँ बलियो हुन्छ। त्यस्तै प्रदेश बलियो भएर देश बलियो हुने हो। नेपाल जस्तो विविध देश लाई एक राख्ने एक मात्र सुत्र संघीयता हो, सच्चा संघीयता। 

आरक्षण त राखे तर सबैभन्दा पहिला आरक्षण दिए शासक वर्ग लाई। संघीयता को सीमांकन पनि त्यही शासक वर्ग लाई पाइक पर्ने गरी कोरे। शक्ति बाँडफाँड पनि त्यसरी नै। सिंह दरबार का बाबु साहेब हरु प्रदेश जानु परे सुगम ठाउँ मा मात्र जाने, त्यस अनुसार नक्शा बनाए। 

४६ साल वाला पुस्ता ले ३० वर्ष शासन गरे। डेलीवरी दिन सकेनन। अब स्टेज खाली गर्ने। गेट आउट। 




No comments: