Friday, January 28, 2022

JaSaPa

तेस्रो शक्तिशाली पार्टी बन्ने आपको सपना कति नजिक? भारतमा भएको आजादी आन्दोलनको प्रभावले नेपालमा नेपाली कांग्रेसको गठन र सशक्तीकरणमा काम गर्‍यो। ....... संसारभरि साम्यवादी आन्दोलनको प्रभाव रहँदा नेपालमा समेत कम्युनिष्ट पार्टीहरूको प्रभाव र वर्चस्व रह्यो जुन अहिले पनि छ। नेपालमा वैकल्पिक राजनीति बलियो बन्नलाई भारतमा आम आदमी पार्टी थप बलियो बन्नुपर्छ र त्यसको बहुआयामिक प्रभाव यता पनि पर्छ।’ ........

नेपालमा वैकल्पिक राजनीतिले लामो विश्रामको बाटो लिएको छ।

........ २०२४ को लोकसभा चुनाव हुनुअगावै नै खासगरी हिन्दी भाषी प्रदेशमा आम आदमी पार्टीको मतदाता बीच जुन ‘अफेन्सिभ पेनिट्रेसन’ देखिएको छ। त्यसले आम आदमी पार्टीले छिट्टै राष्ट्रियस्तरमा नै दुई ठूला पार्टीको विकल्पको रूपमा देखिने संकेत देखाएको हो। ........... जनजीविकाका मुद्दालाई राजनीति मार्फत उठाएर शिक्षा, स्वास्थ्य लगायतका डेलिभरी सहितको सरकारको अभ्यास आपले गरिरहेको छ। ..... आम आदमी पार्टी दिल्लीमा पहिलो पटक सत्तामा पुगेको करीब ९ वर्ष हुन लाग्यो। यो बीचमा दिल्ली सरकारले जुन हिसाबले काम गरेको छ त्यसले भारतीय विकासको भाष्य नै परिवर्तन गरेको छ। ...... ‘दिल्ली शिक्षा मोडेल’, ‘मोहल्ला क्लिनिक सहितको निशुल्क स्वास्थ्य मोडेल’, ‘हाउस होल्डलाई निःशुल्क बिजुली’, ‘प्रभावकारी सार्वजनिक सवारी’, ‘महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता’, भ्रष्टाचारको अन्त्य तथा रोजगारीका लागि औद्योगीकरणको लागि अर्थतन्त्रको उद्वेलन लगायतका मुख्य क्षेत्रमा प्रभावकारी काम गरेर कार्यान्वयन गरेको छ र तिनै कामहरूलाई राष्ट्रिय पार्टी बन्ने आफ्नो यात्रामा तिनै एजेण्डाको रूपमा प्रचार गर्न र जनताको विश्वास लिन सफल भएको छ। ........ आम आदमी पार्टी कानूनी हैसियतमा अहिले भारतको स्टेट पार्टी नै हो तर यो पार्टीले जुन तहमा अन्य प्रदेशका मतदाताबीच आफ्नो प्रभावलाई बढाएको छ यसले उक्त पार्टी २०२२ को विधानसभा चुनावसम्ममा कानूनी हिसाबले राष्ट्रिय पार्टी र अन्य दुई ठूला दलको विकल्पको पार्टी बन्ने संकेत स्पष्ट देखिएको छ। ......... भारतमा पार्टीले कानूनी हिसाबले राष्ट्रिय पार्टीको मान्यता पाउन र राष्ट्रिय पार्टी बन्नको निम्ति पहिलो शर्त लोकसभा चुनावमा करीब २ प्रतिशत सिट (११ लोकसभा संसद) विभिन्न तीन फरकफरक राज्यबाट जित्नुपर्ने हुन्छ। या, कुनै पनि पार्टीले विधान या लोकसभा निर्वाचनमा ६ प्रतिशत भोट कटायो भने त्यो पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउनेछ वा विभिन्न चार राज्यमा राज्य पार्टीको मान्यता पायो भने त्यो पार्टीले राष्ट्रिय पार्टीको रूपमा मान्यता प्राप्त गर्दछ। ...... पञ्जाबमा आप सरकार बनाउने मत ल्याउन सक्षम रहनेछ भने गोवा र उत्तराखण्डमा आम आदमी पार्टी बलियो पार्टीको रूपमा उदाउने संकेत देखिएको छ। ....... आपले भगवन्तमान सिंहलाई मुख्यमन्त्रीको चेहराको रूपमा अगाडि बढाएको छ। मेसेजिंग एप व्हाट्सएपबाट गरिएको आकलनमा करीब २२ लाख जनताले मुख्यमन्त्रीको रूपमा भगवन्तमान सिंहलाई हेर्न चाहेको भन्ने नतिजालाई आधार मान्दै आपले मुख्यमन्त्रीको उम्मेदवार चयन गरेको हो। ओपिनियन पोललाई आधार मान्ने हो भने आम आदमी पार्टीले करीब ४१ प्रतिशत भोट शेयर सहित ६० सिट ल्याउने प्रक्षेपण गरिएको छ। ........ २०१७ को चुनावमा उसले करीब ६ प्रतिशत मत ल्याएको थियो भने पाँच वर्षपछि अहिले जुन रफ्तारले आम आदमी पार्टीले गोवामा काम गरेको छ, उसले यसपटक प्रदेश पार्टीको रूपमा मात्र नभई त्यहाँको प्रमुख प्रतिपक्षी पार्टीको रूपमा उदाउने संकेत गरेको छ। ........ उत्तराखण्डमा आप ..... करीब १८ प्रतिशत भोट सहित आम आदमी पार्टीले ७ सिट जित्ने प्रक्षेपण गरिएको छ र त्यहाँ आम आदमी पार्टी तेस्रो पार्टीको रूपमा उदाउने प्रक्षेपण गरिएको छ। ........ गुजरातमा आप ...... म्युनिसिपल कर्पोरेसनको त्यहाँको चुनावमा आपले करीब १४ प्रतिशत भोट ल्याएर बलियो तेस्रो पार्टी बनेको छ भने खिइँदै गएको कांग्रेसको विकल्पको रूपमा प्रस्तुत हुनसक्ने दह्रो सम्भावना बोकेको छ। ....... सुरतमा करीब २८ प्रतिशत भोटसहित दोस्रो पार्टी बनेको छ भने राजकोटमा १७ प्रतिशत, भावनगरमा ८.४ प्रतिशत अहमदावादमा ७ प्रतिशत तथा जमानगरमा ६.१७ प्रतिशत भोट ल्याएको छ। ....... चण्डीगढमा आप ...... बीजेपीको दवदवा रहेको उक्त शहरमा यो पटक आम आदमी पार्टीले ३५ सिटमा करीब १४ सिट जित्दै पहिलो पार्टी बनेको छ। योभन्दा अगाडि हुने गरेको कांग्रेस भर्सेस बीजेपी चुनावी प्रतिस्पर्धालाई आपको पहिलो पटकको इन्ट्रीमा नै धक्का दिएको हो। ......... र्को वर्ष निर्वाचन हुने हिमाञ्चल प्रदेशको ६८ वटै सिटमा आपले निर्वाचन लड्ने संकेत गरेको छ। योसँगै दिल्ली, पञ्जाब, गोवा, उत्तराखण्ड र उत्तरप्रदेशपछि निर्वाचन लड्ने यो छैटौं प्रदेश हुनेछ। ........ पछिल्लो डाटा अनुसार करीब पछिल्लो लोकसभामा निर्वाचित लोकसभा सदस्यमध्ये ५० प्रतिशत सदस्य आपराधिक रेकर्डसँग जोडिएका छन्। करीब ४०० भन्दा धेरै एमएलए सिरियस अपराधसँग जोडिएका छन्। ........ दिल्ली बाहिरको खासगरी हिन्दी भाषी बाहुल्य भएको प्रदेशमा आम आदमी पार्टीले प्रभाव बढाउँदै लगेको छ। यसले भारतीय राजनीतिमा आपलाई छिट्टै राष्ट्रिय पार्टी मात्र नभएर त्यहाँ भएका दुई ठूला दलको विकल्पको पार्टीको रूपमा खडा गर्ने सम्भावना देखिएको छ।


के हो जसपाभित्रको बहस?



माओवादी नेता पुन चीनबाट चार्टर्ड विमानमा स्वदेश फर्किंदै

No comments: