Sunday, January 30, 2022

दुनिया को नंबर एक लोकतंत्र बनाउन कस्तो संविधान लेख्ने?



लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। लोकतंत्र भनेको एक व्यक्ति एक मत हो भने ६०% मतदान भन्दा ९०% मतदान अझ राम्रो भो। त्यसैले मतदान गर्न सकेसम्म सजिलो बनाउने। 

नेपाल मा लोकतंत्र को स्थापना का लागि नेता राज समाप्त गरिनु पर्दछ। टिकट पार्टी अध्यक्ष ले होइन पार्टी सदस्य ले वितरण गर्ने व्यवस्था हुनुपर्छ। पार्टी को आतंरिक निर्वाचन पनि निर्वाचन आयोग ले नै गर्ने व्यवस्था हुनुपर्छ। अझ गोप्य मतदान। संसदीय दलको नेता मा गोप्य मतदान हुने भए मानिस निर्धक्क उम्मेदवारी दिने थिए, निर्धक्क मतदान गर्ने थिए। 

एक व्यक्ति एक मत लोकतंत्र लाई गड़बड़ गर्ने भनेको पैसा ले हो। नेपाल मा त टिकट बाँड्न पैसा लिने चलन छ। पार्टी अध्यक्ष बन्न त्यसैले तछाडमछाड। पार्टी सत्ता मा जाओस नजाओस, पार्टी अध्यक्ष को पुछारथ कायम रहन्छ, पार्टी अध्यक्ष को कमाइ भइरहन्छ। 

चुनाव खर्च सकेसम्म कम गर्ने उपाय अबलंवन नगरेसम्म तगड़ा लोकतंत्र निर्माण गर्न सकिँदैन। १% मत बटुले राष्ट्रिय पार्टी बन्ने र प्रत्येक राष्ट्रिय पार्टी ले प्रत्येक तह को चुनाव मा जति मत पायो त्यसको समानुपातिक पैसा राज्य बाट नै पाउने। जुन तह मा पैसा उठेको हो त्यसै तहमा त्यो खर्च हुनुपर्ने। कुनै पनि राजनीतिक पार्टी को आम्दानी को अर्को स्रोत हुन नहुने। यो एक थोक गर्न सकियो भने नेपाल दुनिया को नंबर एक लोकतंत्र बन्यो। 

अथवा राष्ट्रिय पार्टी बन्न १%, प्रादेशिक पार्टी बन्न ३% र स्थानीय पार्टी बन्न ५% भोट बटुल्ने पर्ने गर्न सकिन्छ। सानो सानो पार्टी को आफ्नै महत्व हुन्छ। आकार सानो हुन्छ तर महत्वपुर्ण विचार प्रवाह गरिरहेको हुन्छ। 

चुनाव बाट पैसा लाई निकाल्नु पर्छ र देश बाट भ्रष्टाचार समाप्त गर्नुपर्छ। ९०% बढ़ी मतदान हुने वातावरण सृजना गर्नुपर्छ। 

नेपाल को भुभाग मा रहेको प्रत्येक मनुष्य ले बायोमेट्रिक आधार को डिजिटल परिचयपत्र अनिवार्य र सुलभ तरिका ले दिने व्यवस्था हुनुपर्छ। नागरिकता को बहस गर्दै गरौंला। तर औंठा छाप त राज्य होइन ईश्वर ले दिएको हो। त्यो परिचय को आधारमा बैंक खाता खोल्न पाउने। 

राजनीतिक प्रक्रिया को बहस र बजेट पुर्ण पारदर्शी। प्रत्येक तहमा। 

नेपाल दुनिया को नंबर एक लोकतंत्र बन्यो कि बनेन कसरी थाहा पाउने? आर्थिक वृद्धि दर लगातार २० वर्ष २० प्रतिशत दियो भने बन्यो होइन भने बनेन। 




No comments: