Pages

Sunday, January 02, 2022

"कृषि विश्वविद्यालय बन्दै गर्छ अहिले एक बोडा मल दिनोस श्रीमान् …"



किसान आन्दोलन बारे वरिष्ठ पत्रकार श्यामसुन्दर शशीको टिप्पणीः

.......दशकौं देखि किसान यी समस्याहरु जुझ्दै छन र यिनै किसानको भोट पाएर राजनीतिक दलका नेताहरु शासन गर्दै छन् । कल्पना गर्नोस् मुलुकका आधा भन्दा अधिक जनसंख्या भएको किसानको भोंटविनाको तपाईको पार्टी ?

मुलुकका सबभन्दा पुराना भनिएका नेपाली कांग्रेस होसकि आफूलाई कम्युनिष्ट भन्न रुचाउने नेकपा एमाले र संघीय समाजवादी पार्टी वा यिनै किसानको बुई चढेर जनयुद्ध लडेका एकिकृत माओवादी अथवा अन्नको भण्डार भनिने तराई मधेसका मतदाताहरुको मतमा रजाई गर्ने जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी । तमाम पार्टीका किसान संगठन छन् । किसानले समयमा बिउ र मलखाद नपाउदा यी पार्टीका नेताहरु के हेरेर बसेका थिए ?

पछिल्लो समय जनमत पार्टीले किसानको आक्रोशलाई स्वर दिने प्रयास गरेको छ । ...जनमतको यस आन्दोलनबाट केही राजनीतिक दल भने दवावमा परेका छन् । किसान आन्दोलनको नाममा हुने जुनसुकै अराजक गतिविधिको विरोध गर्नु पर्दछ तर नेपालको राजनीतिक इतिहासमा धेरै पछाडि सुरु भएको किसान आन्दोलनलाई पञ्चायती शैलीमा प्रतिकार गर्नु किम्मार्थ उचित होईन । जसपाका नेता कार्यकर्ताहरुले सप्तरीमा निकालेको प्रतिकार जुलुस यसको उदाहरण हो ।

स्मरण रहोस् , फूसको आगो भनिएपनि आन्दोलनको स्वरुप र जनभावना देख्दा यो गुंइठाको आगो जस्तै विस्तारै विस्तारित हुदैछ । अन्तमा सप्तरीका किसानले मुख्यमन्त्री लालबाबू राउतसंग गरेको अनुनय विनयबाट विषयको समापन गर्न चाहन्छु – कृषि विश्वविद्यालय बन्दै गर्छ अहिले एक बोडा मल दिनोस श्रीमान् …


No comments: