Pages

Wednesday, January 05, 2022

किसान आन्दोलन ले राष्ट्रिय रूप लिनेछ




यस मध्ये कुन माँग मधेस को किसान लाई चाहिने तर पहाड़ को किसान लाई नभए पनि हुने भन्ने छ? एउटा पनि? 

यस किसान आन्दोलन ले राष्ट्रिय रूप अवश्य लिन्छ। हामी लाई पहाड़े मधेसे भनेर जुधाउने मात्र रहेछन। आखिर यी चोर हरु सब एक रहेछन भन्ने हुन्छ जनता लाई देश भरि। कसै लाई एक पटक झुक्याउन सकिन्छ। दुई पटक। हुन त देउबा ले पाँच पाँच पटक झुक्याए। 

सार्बभौमसत्ता जनता मा छ भन्दै संविधान जारी गर्ने, अनि एक दुई पीढ़ि ब्रम्ह्लुट हुने, अनि ए भ्रष्टाचार पो हुँदो रहेछ, बेरुजु पो भएछ भन्दै नया कानुन ल्याउने, त्यो होइन। सार्बभौमसत्ता जनता मा छ भने नेपाल सरकार को एक एक पैसा जनता को हो। त्यो त चोरी नहुने कुरा संविधान मा इन-बिल्ट (in-built) हुनुपर्यो। होइन भने सार्बभौमसत्ता जनता मा भयो कसरी?

तर ल्याएका छन प्वाल नै प्वाल भएको संविधान। त्यो नजानेर अथवा झुक्किएर होइन। बड़ो सोंच समझ का साथ। 

जनता को छोरा छोरी खाड़ी देश जाने, कर तिर्ने, नेता हरु ले त्यो पैसा ले आफ्नो लाइफस्टाइल बनाउने। भएको त्यो हो। जानी जानी गरिएको हो। 

जनता ले लोकतंत्र माथि प्रश्न उठाएको होइन। लोकतंत्र भन्यौ लुटतंत्र किन दियौ भनेर प्रश्न गरेका हुन। 

अझ बढ़ी लोकतंत्र। नेता राज होइन जनता राज। 



No comments: