Wednesday, January 12, 2022

नेपाल को एकीकरण हुन बाँकी छ, राष्ट्र निर्माण हुन बाँकी छ

नेपाल एक गरेको श्रेय कसै लाई दिने हो भने, त्यो पनि सयौं वर्ष अगाडि, नेपाल आज एक रहेको त हुनुपर्यो। छैन त। नेपाल एक हुन बाँकी नै छ। कसैले राष्ट्रनिर्माता भन्ने हो भने राष्ट्र निर्माण भएको हुनुपर्यो। राष्ट्र निर्माण हुन बाँकी छ। गरीबी समाप्त हुनु राष्ट्र निर्माण हुनु हो। त्यो त अत्तोपत्तो छैन। 

नेपाल को "एकीकरण" मा पृथ्वी को हात छ। बहादुर शाह को हात छ। ब्रिटिश को हात छ। भन्ने ले जंगे भन्दिन्छन। कुमाउ गढ़वाल मा गोरख्याणी हरु ले गरेको ज्यादती को मिशाल आधुनिक भारत मा अर्को छैन। क्रुरता को प्रत्येक हद पार गरिएको हो। बहादुर शाह का संतति ले माफ़ी माग्नुपर्छ। कुमाउ गढ़वाल मा जे गरियो किरात, मगरात, थरुहट, मधेस मा त्योभन्दा धेरै फरक गरिएन। आज तक गलत व्यवहार कायम छ। 

नेपाल को एकीकरण हुन बाँकी छ। गणतंत्र नेपाल का जनता नागरिक हुन। त्यो प्रत्येक नागरिक मा अपनत्व को भावना जगाउन बाँकी छ। प्रत्येक को परिचय को अधिकार स्थापित गर्न बाँकी छ। सार्वभौमसत्ता जनता मा गएको ले देश आफ्नो तर हात मा लालपुर्जा छैन। नागरिकता को प्रमाणपत्र छैन। 

सच्चा संघीयता ले देश को एकीकरण गर्ने हो। देश को एकीकरण पृथ्वी नारायण ले होइन देश लाई संघीयता दिने मधेसी क्रान्ति ले गर्ने हो। तेस्रो विश्व को देश लाई प्रथम विश्व को देश बनाउने सीके राउत ले हो राष्ट्र निर्माण गर्ने। कहाँ को पृथ्वी नारायण शाह!





No comments: