Friday, January 07, 2022

January 7: Kisan Andolan



अहिले मधेस शान्त हुँदैन : सीके राउत जनमत पार्टीका नेता डा. सीके राउत नेतृत्वमा तराई–मधेसमा भइरहेको प्रदर्शनले आक्रामक रूप लिँदै गएको छ । प्रदेश–२ सहित तराई मधेसका जिल्लाहरूमा किसान प्रदर्शनले जनमत पार्टी किसान वर्गका लागि मसिहा बन्दै गएको छ भने सत्ता सञ्चालकका लागि टाउको दुखाइ बन्न गएको छ । ........... हामीले गएको तीन वर्षमा विधिवत् राजनीतिक रूपमा जनमत पार्टी संगठन गठन गरी गाउँ–गाउँसम्म पुगेका छौं । केन्द्रीय महाधिवेशन गरी अबका निर्वाचन लक्षित गरी पार्टी संगठन विस्तार गरिरहेका छौं । आफ्ना राजनीतिक एजेन्डा जनतासम्म पुर्याइरहेका छौं । ..........

किसानहरूले जनमत पार्टीको नेतृत्वमा जुन गर्दैछ, घोषणा अनुरूप शान्तिपूर्ण भइरहेको छ ।

.......... आन्दोलन नेतृत्वकर्ता हाम्रो जिल्ला पदाधिकारीहरूलाई प्रहरीले राजनीतिक दबावमा घरबाट समात्ने, आन्दोलनकारी कुटपिट गर्ने, गोली हान्ने लगायतका प्रहरीको व्यापक दमन र दादागिरी घटनाले आन्दोलनको स्वरूप अलि नियन्त्रण बाहिर गई जनता प्रतिकारमा उत्रेको मात्रै हो । आन्दोलन किसानहरूको शान्तिपूर्ण नै हो । ...... राज्यसँग आफ्नो अधिकार माग्ने सबैको संवैधानिक अधिकार हो । मल खाद्य नपाइरहेका किसानलाई आफ्नो अधिकार माग्दा त्यसमाथि राज्य पक्षद्वारा दमन कदापि उचित छैन । जे भए पनि हामी जनताका लागि आन्दोलनमा होमिएका छौँ, माग पूरा नभएसम्म आन्दोलन जारी नै रहनेछ । ........

हाम्रो आन्दोलन शान्तिपूर्ण नै हो र शान्तिपूर्ण नै रहनेछ ।

......... अरु राजनीतिक दलका अध्यक्ष काठमाडौँमा बसेर राजनीतिक गरिरहेका छन, तर हामी जनताको बीचमा बसेर उनको एजेन्डा लिएर अघि बढिरहेका छौं । ........ हामी भ्रष्टाचारको विरोधमा किसानहरूको जायज माग लिएर अघि बढेका छौं । तर सत्तामा बसेका केही राजनीतिक दल किसानहरूको जायज मागविरुद्ध उत्रेका छन, किसानहरू त्यसले डराउँदैन भ्रष्टाचारको विरुद्धमा चिरफार गरेर आफ्ना माग सम्बोधन गराएर नै छाड्नेछ । ...........

किसानहरूले मलखाद्यको सहज ढंगबाट समयमा पर्याप्त उपलब्धता, किसान ऐन पारित, किसान कार्ड, किसान पेन्सन र बालीनालीको स्वतः बीमा लगायतका हामीले ११ बुँदा माग राखेका छौं, त्यसको सम्बोधन प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय समितिबाट हुनु पर्यो ।

......... जबसम्म मधेसका हरेक वर्ग अधिकार सम्पन्न हँुदैन, तबसम्म शान्तिको परिकल्पना गर्न सकिँदैन । अधिकारका लागि जनताको संघर्ष कुनै न कुनै रूपमा उठ्ने नै छ । भद्रगोल किसिमको लोकतन्त्र र संविधान रहेसम्म स्थायित्व हुने अवस्था देखिँदैन, मधेसी जनतालाई आफ्ना अधिकारका निम्ति संघर्षका लागि तयार रहनैपर्छ । .........

जनमत पार्टी अहिले आगामी निर्वाचनका लागि पूर्ण रूपमा तयारी अवस्थामा छ ।

निर्वाचनकै हिसाबले हामीले आफ्नो संगठन विस्तार र जनतासम्म आफ्ना कुरा पुरयाइरहेका छौं ।


No comments: