Wednesday, January 05, 2022

सीके राउत लाई सोधिंदै आएको अहिंसा को प्रश्न

सीके राउत को नेतृत्वको जनमत पार्टी नेपाल मा चुनावी राजनीति मा होम्मियेको पार्टी हो। सफलता भनेको सत्ता मा पुग्नु नै हो। सीके राउत प्रधान मंत्री बन भनेर सीके राउत को जनमत पार्टी को महाधिवेशन ले आदेश दिएको छ। लोकतंत्र मा पार्टी अध्यक्ष र केन्द्रीय समिति भन्दा माथि पार्टी महाधिवेशन हुन्छ। जुन कुरा नेपाल का नेता हरु लाई अचम्म लाग्ला जसलाई ३० वर्ष देखि लाग्दै आएको छ महाधिवेशन भनेको तिनलाई टीका लगाइदिने कर्मकांड हो भनेर। 

सीके राउत प्रधान मंत्री भनेको के? नेपाल सेना र नेपाल प्रहरी को कमाण्ड सम्हालने भनेको होइन भने के भनेको? नेपाल सेना को प्रत्येक सैनिक, नेपाल प्रहरी को प्रत्येक सिपाही ले हात मा हथियार बोकेको हुन्छ। न्याय को पक्ष मा, कानुन को पक्ष मा हिंसा को प्रयोग गर्नु परे गर्ने न भनिएको हो? 

महात्मा गांधी ले भारत माथि भारतीय को शासन भने। भारत सेना, भारत प्रहरी विसर्जन गर कहिले भनेनन। 

यति कुरा बुझ्न नसक्ने ले, बुझ पचाउने हरु ले महाभारत सीरियल एक पटक फेरि हेर्नु। युट्युब मा मुफ्त मा उपलब्ध छ। 

शांतिपुर्ण आन्दोलन चलेको छ। जनता को नोकर सरकार ले जनता ले गरेको आन्दोलन को सकेसम्म चाडो सम्बोधन गर्नुपर्छ। राणा, शाह शैली मा दमन को बाटो जाने नसोँचे हुन्छ। 

सीके राउत ले हिंसा को विरोध गरेको होइन। हिंसा को बलप्रयोग सकेसम्म नगर्ने, गर्नुपरे न्याय को पक्ष मा राज्य लाई उभ्याउने कसरत न हो यो आन्दोलन? अन्याय, अत्याचार, दमन, भ्रष्टाचार को पक्ष मा उभिन पुगेको राज्य लाई न्याय, सुशासन, सदाचार, समृद्धि को पक्ष मा उभ्यायने प्रयास हो। यो एउटा ठुलो पानीजहाज लाई १८० डिग्री टर्न गराउन खोजेको आन्दोलन हो। 

सीके राउत को धर्म राजधर्म हो। राजकाज चलाउने धर्म। 


 







No comments: