Friday, January 07, 2022

January 7: Kisan Andolan, January 6, Omicron





राज्यले जस्तो भाषा बुझ्छ, उस्तै बुझाउन खोजेका हौं : जनमत नेता मल्लिक ललित मल्लिक, जनमत पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशन विभागका प्रमुख ......... कृषि प्रधान देश भएर पनि सबभन्दा बढी विभेद खेपेकै किसानहरुले हो । ......... हाम्रो आन्दोलन राष्ट्रव्यापीरुपमा चलिरहेको छ । मधेशमा मात्रै नभइ, हाम्रो आन्दोलन समग्र नेपालको विकास र समृद्धिका लागि हो । नेपालको समृद्धि कृषिबाट मात्रै सम्भव भएकोले हामीले अहिले आफ्नो आन्दोलनलाई यसैमा केन्द्रित गरेका छौं । तथापि, जनमत पार्टी हिंसा र अशान्तिको पक्षपोषक कहिल्यै छैन । ...........

राज्यको चरित्र यस्तो भइसकेको छ कि कानको अगाडि विस्फोट नभएसम्म सुन्दैन । त्यसकारण बाध्यात्मक परिस्थितिमा हामीले बन्द हड्ताल र चक्काजाम गर्नुपरेको छ ।

........ बाँझो जग्गालाई यदि किसानले जोतेर उब्जाउ बनाउन सक्छन् भने आफ्नो अधिकारका लागि पनि संघर्ष गर्न सक्छन् । ............ मधेशको एक मात्र विकल्प जनमत पार्टी नै हो । मधेश र मधेशी जनतालाई उन्मुक्ती दिन सक्ने ल्याकत डा. सीके राउत बाहेक मधेशी कुनै नेतृत्वमा नरहेको कुरा समयमै बुझौं । आज आफूलाई जनमत पार्टीको एउटा सिपाहीको रूपमा उभ्याउँदा गर्व महसूस गर्दैछु । ........... शासनसत्तामा बसेकाहरु यस्तै भाषा बुझ्छन् । विगतमा तिनीहरु पनि विभिन्न आन्दोलन, तोडफोड र हत्या हिंसा गरेर आएका छन् । तिनीहरु शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्दै आएका छन् । .......... देशले चाहेको अहिलेको आवश्यकता जनमत पार्टीबाहेक कसैले पहिचान गर्न सकेको छैन । .......... सिरहाबाट सुरु भएको आन्दोलन मधेशव्यापीरुपमा फैलिएको छ । ......... किसानलाई अहिले पनि स्टेकहोल्डर मानिएको छैन । जबकि यो देश किसानमाथि आश्रित छ । किसानको समस्यालाई मूल समस्या मानिएको छैन । .......... नेपाललाई समृद्ध बनाउन र विकासको बाटोमा डो¥याउनका लागि कृषि मात्र एक प्रमुख आधार हो । ............

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाई बिजुली निःशुल्क गर्नुपर्ने, हावाहुरी र वर्षाले भएको बालीनाली क्षति वापत् राहत दिनुपर्ने, फसलको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने हो । यस्तै, उखु किसानको भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था, किसान कार्ड देखाए सीमानाकाका बजारबाट सामान ल्याउन पाइने व्यवस्था, किसानलाई पनि पेन्सनको व्यवस्था, स्वतः बालीनाली बीमा हुने सुनिश्चितता आदि किसानको आधारभूत आवश्यकता हो ।



मधेशी किसानको रोदन कसले सुन्ने ? भनिन्छ नेपाल कृषिप्रधान देश हो तर यहाँ कृषि पेशामा आधारित जनजीविका चलाइरहेकाहरुको समस्या कसैले सुन्दैन । तर जब–जब किसानलाई बालीमा लगाउने मल चाहिन्छ सधैं अभाव नै हुन्छ । यो नेपालका किसानले भोग्दै आएको पुरानै समस्या हो । कृषि प्रधान मुलुकमा मलकै अभावले किसान रोइरहेका छन् । ......... अहिले गहुँ छर्ने समय हो तर किसानलाई डीएपी मल छैन । जुनै सुकै पार्टीको नेतृत्वमा सरकार बने पनि किसानका यी समाधान गर्न गर्न सकेको छैन । बाली हुर्काउन र उत्पादन वृद्धि गर्न अति आवश्यक पर्ने डीएपी र युरिया मल कतै नपाइएको देशभरका किसानको गुनासो छ । ...... सरकारले किसानलाई आवश्यक मल उपलब्ध गराउन नसक्नु उसको निकम्मापन हो । कृषिमन्त्री महेन्द्रराय यादव मधेशी जनताकै मतबाट निर्वाचित छन् । ......

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्तमात्रामा मल खरिद गर्न नसकिएको भनेर कृषिमन्त्री यादव पन्छिदै गएका छन् तर उनीसँग किसानको मार्का समाधान गर्ने भन्ने कुनै ठोस योजना भने छैन ।



किसान आन्दोलनलाई काठमांडूको सरकारले विगत “मधेश आन्दोलन” लाई दमन गरिएकै मनोभावबाट हेर्नु जरूरी छ र ? जयप्रकाश गुप्ता, संयोजक, तराई मधेश राष्ट्रिय अभियान ........... पद सम्हाल्ना साथ पहिला दिनदेखि नै यिनीहरूले किसानलाई रसायनिक मल उपलब्ध गराउने भनेका थिए । यो कुरा अभिलेखमा छ । तर, आज पर्यन्त भएन । एक जना कृषिमन्त्रीले त गत धान बाली सकिए पछि भनेका थिए–“ एक महिनाभित्र बंगलादेशबाट मल आएर किसानका खेत बारीको कान्लोहरूमा मल थुप्रिने छन् ।” ........... मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्या बढ्यै छ । सरकार र निजी क्षेत्रका ठेकेदारहरू मलको सहज आपूर्ति गराउन असक्षम देखिएका छन् । भर्खरै अख्तियारले १ अर्ब ५३ लाख रूपियाको बिगो कायम गरेर मल आपूर्तिमा भ्रष्टाचार भएको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस मुद्दाको सार नै “कमसल मललाई उपयुक्त ठहर्याई आपूर्ति गरेको” काम हो । यो अपराध हो, तर यस्तो अपराध गरिरहने छूट पाउनु पर्ने व्यवसायीहरूको माग छ । .......... यस्तो छुट नपाएकोले व्यवसायीहरू मलको आपूर्ति गर्न अनिच्छुक देखिएको भनिन्छ । खै, कसरी हो–अख्तियारले कारवाही बढायो । यो कुरा व्यवसायीहरूलाई मन परेको छैन । उनीहरूले मलको आपूर्तिमा सहयोग गरिरहेका छैनन् । यो परिस्थिति देख्दा देख्दै पनि सरकारले वैकल्पिक बाटो अपनाएको छैन । यसअघि सरकारले भारत, जापान र बंगलादेश सरकारहरूसंग सोझै खरीद गरी मल ल्याएको कयौं उदाहरणहरू छन् । अहिले त्यतापट्टी कुनै कदम चालिएको छैन । ............. यौटा जिज्ञासा, सालबसाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै छ । कहिल्यै आपूर्तिमा समस्या देखिएको छ ? के सरकारी अनुदान बढ्याबढेको छैन ? किन सरकारले सहेको छ त यत्रो घाटा ? यदि जनहितमा सरकारले यो घाटा सहेको हो भने, के किसानको सवालमा, त्यो पनि वर्षको मुख्य दुई बाली धान र गहुँमा यस्तो घाटा सरकारले बेहोर्नु हुदैन ? पेट्रोलियम पदार्थमा सरकारले अनवरत घाटा सहन सक्ने तर मलमा त्यो पनि केही समयका लागि किन सहन नसक्ने ? ..........

अहिले पुरै मुलुकका किसानहरूले मल पाइरहेका छैनन् ।

प्रदेश २ मा किसानहरूबाट यो समस्यामा अगाडी सारिएको छ । संघीय कृषि मन्त्रालय र प्रादेशिक कृषि मन्त्रालय दुबै मधेशी पार्टीको जिम्मामा छ । प्रदेश २ को सरकार रसातल तक भ्रष्टाचारमा डुबेको छ । यिनैको सहयोगमा वर्तमान संघीय सरकार टिकेको हो । ............

मधेशको यौटा स्थानीय निकाय अर्थात गाउँपालिकाले किसानलाई वितरण गर्ने गहुँको बीउ लुकाएर राख्दछ । किसानहरूले माग गर्दछ तर पाउँदैनन् । किसानहरूले पालिकाको गोदामबाट बलजफ्ती गहुँको बीऊ लिएर जान्छ । पालिकाको जाहेरीमा संघीय प्रशासनको जिल्ला निकायले किसानहरूका बिरूद्ध आपराधिक मुद्दा दर्ता गर्छ । किसानहरू पक्राउ पर्छन् र विद्रोह शुरू हुन्छ । यस विद्रोहलाई सि.के. राउतको जनमत पार्टीले सडकसम्म पुर्याएको छ ।

............. मधेशका लगभग सबैजसो स्थानीय निकायहरू भ्रष्टाचारमा डुबेको छ । ........ प्रदेश २ मा त विकास बजेटको ७% सम्म रकम खर्च हुन सकेको छैन । सामाजिक क्षेत्रमा विनियोजित बजेटको अधिकांश भाग चुनावमुखी लोकप्रियताका लागि खर्च गरिदैंछ । मधेशको यस प्रदेशमा देखिएका यस्ता बेथितीका बारेमा संघीय सरकार बेपर्वाह छ । अझ भन्नु पर्दा, प्रदेश २ का सरकारका गलत काम कारवाहीको प्रतिरक्षा गरिरहेको छ । ........

अहिले भर्खरै प्रहरीले प्रदर्शनकारी उपर गोली प्रहार गरेको छ । के यस प्रदर्शनलाई पनि काठमांडूको सरकारले विगत “मधेश आन्दोलन” लाई दमन गरिएकै मनोभावबाट हेर्नु जरूरी छ र ?





‘हामी रहरले नयाँ पार्टी खोलेका होइनौं, देशको आवश्यकता हो’ इश्वर दयाल मिश्र, नेता, जनता प्रगतिशील पार्टी, नेपाल ......... अहिलेको अवस्थामा वैचारिक बहस प्रायः शून्य भएको तथा राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रवावहीन तथा गतिहीन रहेको अवस्थामा हाम्रा नेता हृदयेश त्रिपाठीको नेतृत्व जनताले महसुस गरेपछि यसको गठन भएको हो । देश र जनता अहिले वैकल्पिक शक्तिको खोजी गरिरहेको अवस्थामा छ । ........ चुनाव चिन्ह वा झण्डा प्रमुख कुरा होइन, एजेण्डा प्रमुख हो । ...... देश र जनताको आवश्यकता एउटा निडर, साहसी र मुलुकको नेतृत्व गर्न सक्ने राजनेताको छ । त्यो भनेको दूरदर्शी नेता हृदयेश त्रिपाठीजी हुनुहुन्छ । हामीले चुनावमा मात्रै भाग लिनका लागि झण्डा वा चुनाव चिन्ह सार्वजनिक गर्दैनौं । देशको निकासका लागि अहम भूमिका निर्वाह गर्न यो दल खोलिएको हो । हामी आफ्नो योजनाअनुसार अगाडि बढिरहेका छौं ।

No comments: