Sunday, January 23, 2022

First They Ignore You



‘वैकल्पिक राजनीति’को हरिबिजोग कि कठोर सम्परीक्षण? विवेकशील दल, नयाँ शक्ति र साझा पार्टीका अभ्यास, कमजोरी र असफलताको जगमा ‘हरिबिजोगको भाष्य’ बनेको हो भने त्यो ठीक छ । यही सीमा र सीमितताबाट मात्र हेर्ने हो भने ‘हरिबिजोग’ मात्र हैन, ‘कन्तबिजोग’ नै भएको हो भनेर स्वीकार गर्न सकिन्छ । ......... कम्युनिष्टहरू विश्व साम्यवादी आन्दोलनका नेपाली रूप मात्र हुन् । यी कुनै मौलिक विचार र सोच भएका पार्टी संगठन हैनन् । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ, किम इल सुङ होचिमिन्ह, फिडेल क्यास्त्रो आदिलाई यिनीहरूले आदर्श मान्दछन् । यी चिन्तकहरूले निर्माण गरेको विचार र स्थापना गरेका राज्यहरू संसारभरि असफल र पतन भएका छन् । ४५ देशमा सत्तामा पुगेको साम्यवाद खुम्चेर पाँच देशमा झरेको छ । त्यसमा पनि चीन, लाओस र भियतनाम निजी सम्पत्ति र बजार अर्थतन्त्रमा फर्किसकेका छन् । उत्तरकोरियाले नयाँ प्रकारको पारिवारिक वंशवाद स्थापना गरेको छ । त्यो विश्व प्रक्रियादेखि अगलावमा छ । संसारमा जसोतसो साम्यवादी सत्ता एउटा देशमा मात्रै बाँकी छ- क्युबा । ............. विश्व अनुभवका दृष्टिकोणले मात्रै हैन, स्वयं नेपालकै अनुभवबाट पनि कम्युनिष्टहरू असफल भएका छन् । २०४६ साल यता उनीहरू बारम्बार सत्तामा भएर पनि कुनै उल्लेखनीय काम गर्न सकेका छैनन् । अर्थतन्त्रको ढाँचा र जनताको जीवनस्तरका कुनै सार्थक परिणाम दिन सकेका छैनन् । झण्डै दुईतिहाइको बहुमत उनीहरूले निरर्थक तुहाएका छन् । ................

जनताले जतिसुकै लामो मेनु पढे पनि अन्ततः चाउमिन र मःम नै माग गर्ने हुन् ।

........ नेपाली कांग्रेसले सबैभन्दा धेरै २०५६ को आम चुनावमा ३७.२९ प्रतिशत मत पाएको थियो । २०१५ सालमा दुईतिहाइ सीट जित्दा पनि कांग्रेेसको भोट ३७.२० प्रतिशत मात्र थियो । कम्युनिष्टहरूका सबै घटकलाई एकै ठाउँमा जोड्दा सबैभन्दा बढी २०७४ मा ४८.२९ प्रतिशतसम्म भोट पाएका छन् । राप्रपाले सबैभन्दा बढी भोट २०५१ सालको आम निर्वाचनमा पाएको हो- १७.९३ प्रतिशत । गत निर्वाचनमा त यसले थ्रेसहोल्ड नै काटेन । ............. औसत विश्लेषण गर्दा नेपाली कांग्रेससँग ३० प्रतिशत, कम्युनिष्टका सबै घटक वा समूह गरेर ४० प्रतिशत र राजावादीसँग ५ प्रतिशत मात्र सैद्धान्तीकृत मतदाता (इनडक्टि्रनेटेड भोटर) छन् । यी तीन वटैका समर्थक र मतदाताले ‘वैकल्पिक पार्टी’ लाई भोट दिंदैनन् भनेर मान्ने हो भने ७५ प्रतिशत मात्र हुन्छ । बाँकी २५ प्रतिशत भोट वैकल्पिक राजनीतिको प्रष्ट स्पेस हो । यो भोट एकीकृत हुनसक्ने हो भने धेरै ठूलो राजनीतिक शक्तिको जन्म हुन्छ । तसर्थ ‘वैकल्पिक पार्टी’ का लागि राजनीतिक स्पेस नै छैन भन्ने विश्लेषण विल्कुल गलत हो । समस्या कहाँ हो भने त्यो भोट एकीकृत हुन सकिरहेको छैन । आफ्नो स्पेसलाई राम्ररी अकुपाई गर्न सक्ने शक्ति संगठित नहुनु समस्या हो । छिरलिनु समस्या हो । .......... कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी ‘फेजआउट’ हुने र त्यो ठाउँ राजेन्द्र लिङ्देन, धवलशमशेर जबरा र रवीन्द्र मिश्रले लिने सम्भावना प्रखर भएको छ । .......... दक्षिणपन्थी शक्ति ..... यस धारको नेताका रूपमा एकछत्र केपी शर्मा ओली छन् । ......... चार-यथास्थितिवादी शक्ति । यो धारमा नेपाली कांग्रेस छ । साथै माओवादी केन्द्र र नेकपा (एस) को भूमिका पनि आजको मितिसम्म यही विन्दुमा छ । .......... संविधानको संशोधन वा पुनर्लेखन, प्रदेशको पुनः सिमाङ्कन, वित्तीय संघीयताको माग अग्रगमन हो । प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप र समानुपातिक निर्वाचन प्रणालीको माग अग्रगमन हो । पहिचान र अधिकारको सुनिश्चितता र बहुभाषिक नीतिको अभ्यास अग्रगमन हो । तीव्र आर्थिक वृद्धि, पर्याप्त भौतिक पूर्वाधार, दिगो विकास, समन्यायिक वितरण र समतामूलक समृद्धिको आकांक्षा अग्रगमन हो । संक्षेपमा सहभागितामूलक लोकतन्त्र, समावेशिता, सुशासन र समृद्धिको समुच्चय नै यतिखेरको अग्रगमन हो । ........... यी सवाल मूलतः अहिले जसपाले बोकिरहेको छ । त्यसैगरी विवेकशील साझाको विवेकशील पक्ष पनि यी सवालको नजिक देखिन्छ । लोसपा एजेण्डाले यही धारको दल हो तर राजनीतिक व्यवहारले त्यसले ठूलो गल्ती गर्‍यो । ओली प्रतिगमनलाई साथ दिएर आफ्नो राजनीतिक भविष्य नै दाउमा हाल्यो । माओवादी केन्द्र र नेकपा (एस) ले चाहेमा यथास्थितिवादी कित्ता छोड्ने र अग्रगामी कित्तामा आउन सक्ने सम्भावना छ । ........... सात वटै प्रदेशमा यसका प्रदेश कमिटी छन् । सात मध्ये ६ वटा प्रदेशका प्रदेश सभामा यसका निर्वाचित प्रदेश सांसद छन् । एउटा प्रदेशमा सरकारको नेतृत्व गर्दैछ । बाँकी तीन वटा प्रदेशमा सरकारको साझेदार दल हो । ७७ मध्ये ७५ जिल्लामा यसका कमिटी र पार्टी सदस्य छन् । ७५३ मध्ये करीब ७०० गाउँपालिका/नगरपालिकामा यसका पालिका कमिटी छन् ................

भारतमा भाजपाले उत्तराखण्ड, झारखण्ड, तेलङ्गाना आदि प्रदेश गठन गर्न राजी भयो । यसको अर्थ भाजपा अब उत्तराखण्डवादी, झारखण्डवादी, तेलङ्गानावादी पार्टी भयो भन्न मिल्दैन ।

......... कुनै अमूक समुदायको व्यक्ति मूल नेता हुनुले त्यो पार्टी त्यही समुदायको मात्र हुँदैन । खसआर्य बाहेक अरू समुदायका मानिस मूल पार्टीको मूल नेता र राज्यको मूल कार्यकारी हुन सक्दैनन् भन्ने मनोवैज्ञानिक समस्याबाट अब सबै मुक्त हुनुपर्दछ । ...........

अमेरिकाले समेत बाराक ओबामा जस्ता राष्ट्रपति र कमला हृयारिस जस्ता उपराष्ट्रपति दिइसक्यो । नेपालले यो काममा अब ढिलो गर्नुहुँदैन ।



‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’ सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसीरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ । ......... निर्वाचन आयोगले सिफारिश गरे झैं वैशाख १४ र २२ मा चुनाव हुने सम्भावना कम छ ....... स्थानीय तहको चुनाव पछि सारेर तीनै तहको चुनाव एउटै मितिमा गर्नुपर्छ भन्ने प्रस्तावमा सबै दलहरुबीच मोटामोटी सहमति भयो । तर ठोस निर्णय गर्न कानूनी परामर्श गर्ने कुरा भयो ।

पर्सामा जसपाको समानान्तर समिति, जिल्लाको विवादले प्रदेशमा पनि ध्रुवीकरण
इन्स्टाग्राममा हुनेछ मोटो कमाई, लञ्च भयो नयाँ फिचर
अयोध्या–जनकपुरधाम जोड्न भारतले चार लेनको सडक बनाउने भिठ्ठामोडसम्म भारत सरकारले फोरलेनको सडक बनाउने भएको हो । उक्त सडकलाई ‘रामजनकी मार्ग’ नामकरण गरिएको छ ।

No comments: