Thursday, January 27, 2022

January 27: Basant Kushwaha

मन्त्री रेणु यादवको नियत फेरि गौर नरसंहार गराउने नै थियो : जनमत उपाध्यक्ष कुशवाहा . हाम्रो दिन आउँदैछ, सिंहदरबार पनि घेर्ने नै हो । ....... जुनसुकै पार्टीको भएपनि संघीय मन्त्री मधेशमा आएपछि हाम्रो विरोध प्रदर्शन हुन्छ नै । ....... गौरमा मन्त्री रेणु यादवजीले भन्नुभयो कि अब मलखाद्यको फैक्ट्री सीके राउतले लगाउँछ । उहाँहरु मन्त्री पदमा बस्ने, सत्ताभत्तामा रमाउने, सुरक्षा घेराभित्र बस्ने, कमिशन र पैसा खाने तर काम अरुले गरिदिने हो । उहाँहरु किसानको समस्या समाधान होस् भन्ने चाहेकै होइन । त्यसैले, किसानका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ । ........ किसानका समस्याहरु समाधानका लागि एउटा उच्चस्तरीय कार्यदल बनाओस् भनेर पनि भनेका छौं ।

सरकारले कार्यदल बनाएर समस्या समाधान गर्न चाह्यो भने यो आन्दोलन रोकिन सक्छ ।

.......... किसानका सबै मागहरु पूरा हुन अलिकति समय लाग्न सक्छ तर कमसेकम एउटा उच्चस्तरीय कार्यदल बनाउन समय लाग्दैन । सरकारले एउटा उच्चस्तरीय कार्यदल बनाएर यसरी किसानको समस्या समाधान हुन्छ भन्ने रोडम्याप बनाउनुपर्छ । त्यो गरेपछि किसानलाई पनि लाग्छ कि अब यो प्रक्रिया सुरु भयो, समस्या समाधान हुन्छ भन्ने आशा पलाउँछ । तर किसानको समस्या नै सुन्न चाहिरहेका छैनन् । ....... यिनीहरु चुनावबाट पनि डराइरहेका छन् । चुनावमा भोट माग्न गयो भने जनताले लखेट्छन् भन्ने डर पनि ती भ्रष्टाचारीहरुलाई भइरहेको छ । ....... मधेश भनेको आठ जिल्ला मात्रै होइन, झापादेखि कञ्चनपुरसम्मको २२ जिल्ला हो । २२ जिल्लाको मधेश प्रदेश हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले आठ जिल्लालाई मात्रै मधेश बनाउनु भनेको षड्यन्त्र हो । मधेशी शहीदहरुप्रति ठूलो अन्याय हो । त्यसैले हामीलाई यो नामांकन मान्य छैन । अहिले प्रदेशको सीमांकन नै गलत हो, यसलाई सच्याएर मात्रै नामांकन होस् भन्ने हाम्रो चाहना थियो । ....... जनताको अहिले आशा र भरोसाको केन्द्र जनमत पार्टी नै हो । अहिलेको आन्दोलनबाट पनि त्यो कुरा देखाइरहेको छ । त्यसैले हामी आशावादी छौं, जनताले हामीलाई साथ दिनेछ र

मधेश प्रदेशमा क्लिनस्वीप गर्नेछौं ।

.



प्रदेश १ मा गठबन्धनबाट जसपालाई धोका


मधेशप्रति केको द्वेष? . मधेश शब्द र मधेशी पहिचानको कुरा उठ्नासाथ कुनै एलियन, कुनै अपरिचित, कुनै परदेशी, कुनै विदेशी, कुनै पराया वा अन्यजस्तो लाग्ने गरी दीक्षित गरिएको नेपाली दिलदिमाग मधेश नामकरणमा पनि विषवमन गर्न सार्वजनिक वृत्तमा प्रभावशाली रूपमा उपस्थित देखिएको छ । ........ ‘नेपालमा मधेशी छन्, तर मधेश छैन ।’ यो शाही राष्ट्रवादले तीसौं वर्ष लगाएर बनाएको परायाकरणको भाष्य हो । यही भाष्य शाही राजतन्त्रका विरोधी ठान्ने जुनसुकै नयाँ–पुराना वादीलाई पनि अपाच्य भएन । मधेशलाई भारतीय विस्तारवादसँग जोड्ने कथित वामपन्थीका लागि यो भाष्य सहर्ष स्वीकार्य छ । कतिसम्म भने, आफूलाई पहिचानवादी भन्ने हिमाल, पहाड र तराईका आदिवासी जनजातिदेखि समताका पक्षधर भन्ने दलित र महिलाका अगुवालाई सम्म यही भाष्य प्रिय लाग्छ । ........ एक भागका रूपमा तराई भूभागका आठ जिल्लामा मधेश प्रदेश स्थापित भएको छ भने अन्य जिल्लाका मधेशीको पहिचानले स्वायत्तता र संरक्षित क्षेत्रका रूपमा अधिकार पाउने सम्भावना अझै देखिएको छैन । ........ नेपालमा अझै पनि मधेश र मधेशी शब्द आफूलाई मात्रै नेपाली ठान्ने आम पहाडी राष्ट्रवादीहरूका लागि गालीका रूपमा रहेका छन् । ‘मदेसे, मदिसे, मधिसे, मधेशी, मधेस्या, मर्स्या’ आदि शब्द इतिहासको लामो कालखण्डसम्म भारत र नेपालको तराई भूभागमा बस्नेहरूलाई नेपाल/गोर्खा शासकहरूले दिएका पहिचान थिए । मल्लकालमा ‘मधेस्या/मधिस्या’ र शाहकाल–राणाकालमा ‘मदेसे/मधेस्या/मधिस्या/मधेशिया’ र अन्य अपमानजनक शब्दबाट गरिने सम्बोधन र दिइने पहिचानमा भाषिक अज्ञानताभन्दा बेसी शासकीय अहंकार र राजनीतिक स्वार्थ प्रकट हुन्छ । ......... मध्यदेशको उत्तरपट्टि रहेका गढवाल र कुमाउँजस्ता पहाडी प्रदेशका निवासी दक्षिणपट्टिको समतल मैदानलाई ‘मध्यदेश’ भन्थे । त्यहाँबाट पूर्वतिर बसाइँ सर्दै आएका खस जातिका ब्राह्मण र क्षत्रियहरूले पनि आफ्नो देशभन्दा दक्षिणतर्फ रहेको अवध र बिहारको समतल मैदानलाई मात्रै होइन, आफ्नै देशको तराई–क्षेत्रलाई पनि ‘मधेश’ भन्न थालेको प्रस्ट देखिन्छ । ......... आजभन्दा दुई–तीन हजार वर्षभन्दा अघिको मध्यदेश आज भारतमा इतिहास र धार्मिक साहित्यमा बाहेक राजनीतिक–सामाजिक जीवनमा कहीँकतै छैन, न त भौगोलिक रूपमै उपस्थित छ । तर, मध्यदेशबाटै बनेको मधेश भने नेपालको तराई–क्षेत्रको समतल मैदानका रूपमा स्थापित छ; मधेशी शब्द त्यहाँका बासिन्दाको बृहत् पहिचानका रूपमा जीवित छ । ......... चुरे पर्वतभन्दा दक्षिणपट्टिको देश मानिने मधेशलाई देश वा विदेश वा परदेश मान्ने शाह शासकहरूले पनि अन्ततः ‘मकवानपुरको जम्मै राज्य गोरखाको भयो र हाम्रो राज्य मदेसमा पनि पुग्यो, अब गंगाजीसम्मको मदेस पनि हाम्रो राज्यमा मिल्नेछ’ भनी गरेको दाबीलाई कसरी बेवास्ता गर्न सकिन्छ र ? .......... पृथ्वीनारायण शाहले सिद्ध भगन्तनाथलाई १८३१ भदौमा लेखेको पत्रमा स्पष्ट शब्दमा भनिएको छ, ‘किरातको अम्बल मदेस पहाड भोट जति थियो आफ्ना आशीर्वादले सवै फत्य भयो. मध्येश माहाँ कनकाइ नदी पहाड माहाँ साभा खोलो तमोर नदी को साध लाग्यो ।’ त्यही वर्षको असोजमा अभिमानसिंह, पारथ भंडारी, कीर्तिसिंह षवास र वलि वानिञालाई ‘घटिया देश आफूले खाएर आमदानी हुने बढिया देश छोड्ने प्रयोजन छैन’ भनी चेताउँदै शाहले अर्को पत्रमा लेखेका थिए, ‘सुखीम (सिक्किम) ले हामीसँग घा(सन्धि) नै गर्न आँट्यो भने विचार गरेरै कनका तर्नू, चम्केर भड्कियो, सन्धि तोड्यो भने मदेस छाड्नु हुँदैन, हिन्दुपति सेन राजाको सिमाना टिस्टासम्म चाँडै गरिहाल्नुपर्छ ।’ ........ राजा सुरेन्द्र शाहका पालामा राणाले १९१० सालमा बनाउन लगाएको ‘आइन’ (मुलुकी ऐन) पल्टाइयो भने करिब डेढ दर्जन ठाउँमा ‘मध्येश’ को भूभाग, खासमा जग्गाजमिन, वन, बासिन्दामाथि चलाउने बन्दोबस्त र नीति–नियम उल्लेख गरिएको पाइन्छ । उनले आफ्नै भाइ जनरल जगतशमशेरलाई पूर्व मधेश क्षेत्रको प्रमुख नियुक्त गर्दै ‘मधेशको सवाल’ मा अधिकार र कर्तव्य सुम्पेका थिए । ........... बीपी कोइरालाले २००७ सालतिरै ‘हामीले पहाडी र मधिशे भन्ने भावना ल्यायौं भने हाम्रो मुलुकको उन्नति हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । राजा महेन्द्रले २०२० पुस २७ गते भनेका थिए, ‘हामी सबैमा मधिशे र पहाडिया भन्ने जो चलन भइरहेछ, अब त्यसलाई पनि बिस्तारै छोड्नुपरेको छ । किनकि आजको नेपालमा देशको जुनसुकै भागमा रहे पनि ती सबै नेपाली हुन् र यस कुरालाई ध्यानमा राखी यस्ता भेदभावका कुरा हामी नेपाली सबैले बिर्सनुपर्दछ ।’ ......... आज पनि शाही राष्ट्रवादद्वारा पोषित देश विभाजनको काल्पनिक त्रास बोक्दै हिँड्नुको सट्टा हामी न्याय, समता र स्वतन्त्रतामा आधारित नेपाली नागरिकका रूपमा क्रियाशील भइरहेका हुने थियौं । यो महँगो चुकाइबाट फाठ सिक्न हामी तयार छौं ?

उदारवादी जमातको विभ्रम हिमालमा सर्प एवं नृजातीय सत्तामा उदारवादी राजनीतिको खोज समान रूपले निराशाजनक अभ्यास हुन जाने निश्चित छ । ....... पुरानो जमानाको अवशेषजस्तो देखिए पनि समाजलाई बुझ्न अखबारजत्तिको उपयुक्त माध्यम अरू छैन भने फरक पर्दैन ।



A Super-Reader Who Gets Through Hundreds of Books a Year Explains How to Read Way More Economist, blogger, and super-reader Tyler Cowen's advice on how to get smarter by reading way more. . Not captivated by a particular book at a particular time? Then on to the next. "Just stop reading, put them down" ......... At least in the case of nonfiction, if you already know the material, feel free to skip ahead. ......... the more you read, the more you'll know, and the more you can skip ......... "You want to start with a problem or question when you're reading" ....... don't neglect fiction ....... Read books about topics you know nothing about. ....... So if tennis is something you don't know anything about, well, read Andre Agassi's memoir. .........

your practice as a knowledge worker to get ahead

.

No comments: