Showing posts with label bp sah. Show all posts
Showing posts with label bp sah. Show all posts

Friday, April 08, 2022

सबैला नगरपालिकाको मेयरका उम्मेदवार बीपी साह

सबैला नगरपालिकाको मेयरका उम्मेदवार बीपी साह को हुन्? जनमत पार्टी सबैला नगर समितिले साहलाई सर्वसम्मत रुपमा मेयरमा उठाउने निर्णय गरेपछि डा.राउतले स्वयम् आफ्नो फेसबुक पेजबाट साहको उम्मेदवारी घोषणा गरेका हुन् । ..... ३१ वर्षीय बीपी साह त्रिभुवन विश्विद्यालय केन्द्रीय विभागबाट एमए र नेपाल ल क्याम्पस काठमाडौंबाट एलएलबी गरेका हुन् । सँगै उनले राजनीतिशास्त्रमा बीए पनि गरेका छन् । ..... .

सबैला नगरपालिकामा जनमत पार्टीले जित्ने : सर्वेक्षण





BITCOIN TO $10 MILLION BY 2030 It might seem hyper-bullish, but there is real reason to believe such an ascension in price could occur. ...... Bitcoin will experience three halvings this decade, the first in 2020, the second in 2024 and the third in 2028. Counting the 2020 halving that already occurred last year, Bitcoin has experienced a total of 3 halvings since its launch in 2009. Historically, in the year following each halving, the bitcoin price shoots up exponentially due to an increase in demand and decrease in supply in the market........ On Nov. 28, 2012, the first ever halving occurred, dropping the mining reward from the base start of 50 to 25 BTC. 365 days before the halving, the price of bitcoin was $2.54. Over the following year, as the supply shock took place, bitcoin rose all the way to $1,007 before cooling off a little, for an increase of over 8,000%. ...... On July 16, 2016, the second halving occurred, dropping the mining reward from 25 to 12.5 BTC. 365 days before the halving, the price of bitcoin was $269.68. Over the following year, as the supply shock took place, bitcoin rose all the way to $2,506 before cooling off a little, for an increase of 284%. .

Mortgage rates rise above 5%

Wednesday, January 05, 2022

यो सीके राउत बीपी कोइराला भन्दा दामी मान्छे हो

यस्ता भन्ने कांग्रेसी पनि पाइन्छ, नेपाल ले कि त गौतम बुद्ध पैदा गर्यो कि त बीपी कोइराला। भावना मा बगेर।

बीपी कोइराला को आफ्नो स्थान छ र राम्रो स्थान छ, तर त्यो गौतम बुद्ध को स्तर को होइन। 

बीपी कोइराला लेखक। बीपी नेता। 

प्रत्येक मायने मा बीपी भन्दा सीके अब्बल हुन। म दुनिया को कुनै पनि कुना मा रहेको नेपाली सँग यस विषयमा बहस गर्न तैयार छु। 

लेखन बाट शुरू गरौं। सरकार र संविधान ढ़ालेर अंतरिम प्रधान मंत्री बने पछि सीके लाई आफ्नो अहिले सम्म को आत्म जीवनी लेख्न ऑफर आउँछ कुनै नाम चलेको विश्व स्तर को प्रकाशक बाट। ऑफर लिनु पनि पर्छ। छ दिन प्रधान मंत्री काम गर्ने। एक दिन त्यो किताब लेख्ने? त्यो किताब इंटरनेशनल बेस्टसेलर हुनेवाला छ। बीपी को कुन चाहिँ किताब इंटरनेशनल बेस्टसेलर भएको छ? त्यो मापदण्ड सीके ले अहिलेसम्म लेखिसकेका कृति हरु को हकमा पनि लागु हुन्छ। राजनीतिक विश्लेषण भो। एक नम्बर मा त छ मधेस अलग देश वाला विश्लेषण। मधेस आन्दोलन को इतिहास मा मात्र होइन नेपाल को राजनीतिक इतिहास मा नै त्यस्तो राम्रो विश्लेषण कसैले लेखेको छैन। दुनिया को कुनै पनि विश्वविद्यालय मा त्यो पठनपाठन गराउन सकिन्छ। दुनिया २०० देश बाट ४०० अथवा ६०० देश सम्म पो पुग्नुपर्ने हो कि? त्यो जायज प्रश्न उठेको हो। 

बीपी समाजवाद का विद्यार्थी हुन विचारक होइन। हुन त यति धेरै किसिम किसिम का समाजवाद छन, म बुझ्दिन। पुष्पकमल पनि र प्रदीप गिरी पनि, दुबै समाजवादी कुन मायने मा? मलाई बुझाइदिनुपर्यो। विश्व को समाजवादी चिन्तन मा बीपी को कुनै योगदान छैन। बीपी ले छ भनेर क्लेम पनि गरेका छैनन। तर चेलाचपाटी ले गुणगान गाउन थाले पछि कुरा कहाँ बाट कहाँ पुग्छ।

योगदान त सीके को पनि छैन। तर सीके को त्यो प्रयास नै होइन। सीके को मौलिक योगदान त्यो हो जो अहिले बन्ने प्रक्रिया मा छ। सारा दुनिया बाट गरीबी कसरी ख़तम गर्ने भन्ने फोर्मुला निर्माणाधीन छ। ये तो ट्रेलर है मेरे दोस्त। चीन ले चीन मा मात्र गरीबी समाप्त गर्यो। नेपाल ले सीके को नेतृत्व मा सारा दुनिया मा गरीबी समाप्त गर्छ। उदाहरण पेश गरेर। 

बौद्धिकता को कुरा। सीके कैंब्रिज पढेको। बीपी बनारस। त्यो जमाना मा मानिस कैंब्रिज जाँदैनथे भन्ने होइन। नेहरू गए त। रामानुजन अत्यंत गरीब परिवार को मानिस। कैंब्रिज पुगे। बीपी हिन्दी बोल्थे किनभने ती भारतीय नागरिक नै थिए। सीके हिन्दी पनि, जापानी पनि बोल्छन। बेइजिंग मा पानी पर्दा चितवन मा छाता ओढ्ने नेपाल का कति जना नेता ले चिनिया भाषा बोल्छन? 

बीपी मेनिफेस्टो आदि राम्रो लेख्ने हो तर प्रशासन मा कमजोर थिए। कु भएको होइन। महिनौं अगाडि देखि बीपी गणेशमान प्रत्येक लाई थाहा थियो हुन लागेको छ भनेर। कु त्यसरी थाहा दिएर हुँदैन। बीपी ले आफ्नो सुरक्षा का लागि ४०० हथियारधारी मात्र खटाएको भये १७ साल नहुने। 

सीके को व्यवस्थापन उच्च स्तर को छ। पार्टी सञ्चालन मा देख्न सकिन्छ। पार्टी महाधिवेशन मा देखियो। 

मेरा पहाड़ी मित्र हरु लाई मेरो आग्रह छ। आँखा को पट्टी खोल्नुस। देश बाट गरीबी समाप्त होस भन्ने तनिक पनि इच्छा छ भने मौका मा चौका हान्ने बेला यही हो। अबकी बार जनमत सरकार। सरकार और संविधान गिरा के जनमत सरकार। पार्टी भन्दा देश ठुलो। 

देश नया संविधान सभा मा जान्छ। प्रथम संविधान सभा। व्हिप लगाएको संविधान सभा त्यो मिसक्यारेज (miscarriage) भयो। अंतरिम संविधान ब्युतन्छ। आन्दोलन चर्किए पछि राष्ट्रपति ले चाल्नुपर्ने कदम हो त्यो।  

जनमत पार्टी के पास भी है एक बीपी। देख लो। 
 





किसान आन्दोलन ले राष्ट्रिय रूप लिनेछ




यस मध्ये कुन माँग मधेस को किसान लाई चाहिने तर पहाड़ को किसान लाई नभए पनि हुने भन्ने छ? एउटा पनि? 

यस किसान आन्दोलन ले राष्ट्रिय रूप अवश्य लिन्छ। हामी लाई पहाड़े मधेसे भनेर जुधाउने मात्र रहेछन। आखिर यी चोर हरु सब एक रहेछन भन्ने हुन्छ जनता लाई देश भरि। कसै लाई एक पटक झुक्याउन सकिन्छ। दुई पटक। हुन त देउबा ले पाँच पाँच पटक झुक्याए। 

सार्बभौमसत्ता जनता मा छ भन्दै संविधान जारी गर्ने, अनि एक दुई पीढ़ि ब्रम्ह्लुट हुने, अनि ए भ्रष्टाचार पो हुँदो रहेछ, बेरुजु पो भएछ भन्दै नया कानुन ल्याउने, त्यो होइन। सार्बभौमसत्ता जनता मा छ भने नेपाल सरकार को एक एक पैसा जनता को हो। त्यो त चोरी नहुने कुरा संविधान मा इन-बिल्ट (in-built) हुनुपर्यो। होइन भने सार्बभौमसत्ता जनता मा भयो कसरी?

तर ल्याएका छन प्वाल नै प्वाल भएको संविधान। त्यो नजानेर अथवा झुक्किएर होइन। बड़ो सोंच समझ का साथ। 

जनता को छोरा छोरी खाड़ी देश जाने, कर तिर्ने, नेता हरु ले त्यो पैसा ले आफ्नो लाइफस्टाइल बनाउने। भएको त्यो हो। जानी जानी गरिएको हो। 

जनता ले लोकतंत्र माथि प्रश्न उठाएको होइन। लोकतंत्र भन्यौ लुटतंत्र किन दियौ भनेर प्रश्न गरेका हुन। 

अझ बढ़ी लोकतंत्र। नेता राज होइन जनता राज।