Friday, April 02, 2021

देउबा को हावा फुसकिन्छ अब थरुहटमा

रेशम चौधरीको नाम नसुन्न चाहने मान्छेले अहिलेको अवस्थामा सरकार बनाउँछु भन्ने दाबी गर्नु त्यो केंद्रीय समितिको दबाब थेग्न नसकेको मात्र हो। जसपाले सत्ताको कुरा नै गर्नु हुन्न। रेशम रिहा, झुठा मुद्दा फिर्ता। त्यस बारे देउबा सँग पनि कुरा हुन सक्छ। ओली सँग त भएकै छ। जति जति कुरा हुन्छ, कांग्रेस चट हुँदै जाने हो मधेसमा। मधेसी थारू भाई भाई। यो देउबा को नया संस्करण होइन। देउबा सधैँको मधेस थारू विरोधी नै हो। अब चाहिं लुकेर बस्ने ठाउँ छैन। रेशम फिरिरि। 

दुई तिहाई भोट कांग्रेस ले मधेसमा बटुल्छ। तर त्यसै मधेसी लाई ठगेको मेरो गिनतीमा तीन दशक भयो। तीन दशकमा त पंचायत ढलेको। कांग्रेस ढल्दैन? बिहार युपी मा पनि छ कांग्रेस। 

रेशम घटनास्थलमै छैन। उसले कसैको ज्यान मारेको छैन। कसैको ज्यान मार्न आदेश दिएको छैन। उ महेश माफिया हो र सुपारी दिँदै हिड्ने? तै पनि एउटा अदालतले ज्यानमारा भन्यो, अर्कोले हो न हो भन्यो। नेपालको न्यायपालिका ले आफ्नो लागेको धब्बा धुन हो रेशम लाई रिहा गर्ने। रेशम अथवा थारू समुदाय का लागि होइन। 

टीकापुर घटना सुनियोजित थिएन। स्वतःस्फुर्त किसिमले अंतिम समयमा अनायास भएको। जे भयो गलत भयो। ट्रेजेडी हो। भन्दैमा निर्दोष हरु लाई जेल हाल्दै हिड्ने होइन। 

राज्य ले निर्णय लिनुपर्छ। यस्तैमा हो राष्ट्रपतिको शक्ति प्रयोग हुने। आम माफ़ी। शांति प्रक्रिया माओवादी का लागि मात्र त हुँदैन। विप्लव भन्दा रेशम के अर्थमा फरक भन्दा रेशम ले कहिले पनि हिंसात्मक राजनीति को वकालत गरेको छैन। विप्लव ले अहिले पनि छोडेको छैन। अहिले टाइमिंग मिलेन मात्र भन्दैछ। 

२०४६ पछिको तीन दशक का दौरान पटक पटक नेका ले आफुले सरकार चलाउन नसक्ने देखायो। विकास नारामा सीमित, भ्रष्टाचार भने घर घरको धारा धारामा पाइप बाट आयो। विगत तीन वर्षमा भने विपक्षी पार्टीको रुपमा पनि असफल भएको छ। चुइँक्क बोल्या होइन। 



No comments: