Tuesday, April 20, 2021

सानोतिनो मध्यावधि

एमाले विभाजन : घोषणा मात्रै बाँकी !  ओलीले माधव नेपाल समूहका नेताहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने कल्पना पनि गर्न सकिन्न । यस्तो अवस्था आए केन्द्रदेखि स्थानीय तहसम्म संरचना बनाउँदै गरेको यो समूहले अलग पार्टी बनाएर निर्वाचनमा भाग लिन सक्छ ।
‘ओलीसँग टाँसिएर जसपाको माग पूरा हुँदैन’ मधेसी शक्ति गेमचेञ्जरको भूमिकामा छैन : जेपी गुप्ता




माओवादीले एक दर्जन सांसद लाई पदमुक्त गर्यो। त्यस्तो प्रत्येक ठाउँ चुनाव हुन्छ। एमाले ले पनि दुई तीन दर्जन सांसद लाई त्यसै गरी लाठी हान्ने तयारी गरेको देखिन्छ। मैले नेपाली जनता लाई भनेको हो यीनलाई दुई तिहाइ नदेउ भनेर। पचिराख्या छैन। 

चुनाव हुँदा खेरि थाहा हुन्छ को कति पानीमा छ। सानोतिनो मध्यावधि नै हुन लागेको हो। 

जम्मा सांसद २०० हो भने बहुमत १०१ हो, तर बिभिन्न कारणले सीट हरु खाली भएर जम्मा सांसद १६० हो भने त बहुमत ८१ मात्र हो। कि कसो? माधव समुह लाई संसद बाट गलहत्याएर ओली ले यसरी आफ्नो पक्षमा बहुमत सिर्जना नगरलान भन्न सकिन्न्न। 

फ्लोर क्रॉस गर्न दिने। फ्लोर क्रॉस भएर सरकार ढले पनि ३० दिन त ओली कै सरकार हो। फ्लोर क्रॉस गरेका लाई संसद बाट हटाए पछि नया बहुमत सम्म पुग्न गारहो नपर्ला। जसपा का पाँच माग पुरा गरे समर्थन आइहाल्छ। 

संविधान संसोधन को रोडमैप त्यही हो जुन कि उपेन्द्र यादवले मंत्री पद तिलांजली दिनु अगाडि प्रस्तुत गरेका थिए। एउटा संविधान संसोधन आयोग बनाउने। त्यति बेला अंकगणित उपेंद्र को पक्षमा थिएन। अहिले छ। 

कुरा बढेर माओवादीको सभामुख हटन सक्छ। एमसीसी मा एमाले र कांग्रेस एक ठाउँ आएर देशलाई नया सभामुख दिन सक्छन। महंथ ठाकुर भन्दा उपयुक्त नाम अर्को हुन सक्दैन। 

यो हुन लागेको सानोतिनो मध्यावधि मुख्य रूपले सीके राउत र रविन्द्र मिश्र का लागि चुनौती हो। लड़दिन भन्न पाइएन। लड़े पछि केही सीट त जितनै पर्यो। नजिते विशेष गरी रविन्द्र को हालत ख़राब छ। 

यो सानोतिनो मध्यावधि मा प्रचंड लाई गारहो छ। आफुले पहिला जितेका सीट आधा पनि वापस ल्याउन सक्दैन होला। माधव वाल्ल पर्ने हो। माधवको त एउटा पनि उम्मेदवार मैदानमा हुँदैन। कम्युनिस्ट फुटेको बेला कांग्रेस ले स्वीप दिने संभावना छैन। कम्युनिस्ट फुट्यो होला तर कांग्रेस त जुटेको छैन। कम्युनिस्ट व्यक्तित्व हरुको टकरावले फुट्यो। तर कांग्रेस भित्र त्यस्तो नाटक पनि छैन। कांग्रेस भित्र सबैलाई एक ठाउँ राख्न सक्ने कुनै एजेंडा नै छैन। सत्ता का लागि सत्ता मात्र छ। कम्युनिस्ट चाइना प्लेट फुटे जस्तो गरी फुट्यो। दुई टुकड़ा, तीन टुकड़ा। कांग्रेस भने चाइना प्लेट बन्नु अगाडि को गिली मिट्टी हो। त्यो गिली मिट्टी कसरी फुट्ने? विचारशुन्य पार्टी आजको कांग्रेस। 

रविंद्र ले स्थानीय चुनावमा पार्टीले चुनाव चिन्ह पाउनुपर्ने जिकिर गर्दैछन। चुनाव चिन्ह नपाउने त्यस्तो के छ? छ भने अचम्म हो। मतपत्रमा राष्ट्रिय पार्टी हरुको चुनाव चिन्ह माथि हुने कुरा बुझ्न सकिन्छ। अथवा राष्ट्रिय पार्टी हरु र अन्य पार्टी बीच एउटा धर्को पनि कोर्न सकिन्छ। तर दर्ता भएका पार्टीका उम्मेदवार लाई चुनाव चिन्ह नदिने भए पार्टी दर्ता गर्दा चुनाव चिन्ह दिएको किन? होइन भने रविन्द्रको पार्टीले काठमांडु मा कुखुरा चुनाव चिन्ह मा, भक्तपुरमा चल्ला चिन्ह मा, पाटन मा अंडा चुनाव चिन्ह मा लड्नुपरे के मजा भो र? 

सीके राउत को पार्टी ले यो सानोतिनो मध्यावधि मा एउटा पनि सीट नजिते पार्टी माथि ठुलो प्रश्न चिन्ह खड़ा हुन्छ। लड्नुपर्छ। केही सीट जितेर देखाइदिनुपर्छ। 


महात्मा डा. सि. के. राउत(बापु) के पथ पे सिर्फ चलते रहने से मधेश मुक्ति सम्भव है।अभि अपनि याेजना अाैर रणनीति से अधिक...

Posted by Abdul Khan on Monday, April 19, 2021

No comments: