Monday, April 12, 2021

देश ज्ञानेंद्र लाई सुम्पिने देउबा

देउबा भनेको हरिलट्ठक नै हो। कोरोना को निहुँ मा ओली ले देशमा संकट काल लगाउने समय पर्खेर बसेका छन। देश ज्ञानेंद्र लाई सुम्पिने श्रेय देउबा लाई नै जान्छ। अब देश ओली लाई सुम्पिने श्रेय पनि देउबा लाई नै जानेछ। नेपाली कांग्रेस देशमा लोकतंत्र ल्याउने पार्टी होइन, देशबाट लोकतंत्र मास्ने पार्टी हो। एक पटक होइन, दुई पटक होइन, अब तेस्रो पटक। 

वैक्सीन पता लाग्नु अगाडि पनि देशको ९०% बढ़ी व्यक्ति ले बिना मास्क घर बाहिर ननिस्कने गरेको भए देश लगभग सामान्य अवस्थामा चल्ने। गरीब देश, वैक्सीन पायेन भन्न पाइएन। कोरोना को निहुँमा संकट काल लगाउने सोंच तानाशाह सोंच हो। देश फेरि अंतरिम संविधान र संविधान सभाको बाटो जान लागेको हो। तर त्योभन्दा पहिले संकट काल लाग्छ। अनि आंदोलन हुन्छ। जनताका छोरा शहीद हुन्छन्। कार्यकर्ता प्रोमोट भएर नेता बन्छन। 

२०१७ मा बीपी कोइराला पनि यसरी नै हन्स बनेर बसेको (sitting duck), १७ सालमा कु भएको भन्छन। कु होइन। बीपी लाई महिनौं देखि थाहा थियो। राजाले बदमाशी गर्छ भन्ने कुरा। त्रिभुवन जस्तै हानिन्नु दिल्ली। नेहरू ले बड़ा मानने बीपी लाई। सात साल को क्रांति को झंडा बीपी, सारथी त त्यही नेहरू। छैन। बसेको छ, बसेको छ, कुरेको छ, कुरेको छ। अनि एक दिन आम सभा लाई पुलिस ले घेरे। गणेशमान ले बीपी लाई मंचमा भने, "लु आइपुग्यो!" कुरेर बसेको। संविधानले राजा लाई संकट काल घोषणा गर्ने अधिकार दिएको थियो। तर संविधान नै खारेज गर्ने अधिकार दिएको थिएन। 

अहिले देउबा त्यसै गरी हन्स बनेर बसेको (sitting duck) अवस्था छ। तुरुन्त तीन दलको अविश्वास प्रस्ताव लगेर ओली लाई पदच्युत गर्नु। छैन। कुरेर बसेको। संकट काल लागेछ भने महामारी झन भयावह हुन्छ। बंद कोठामा अझ बढ़ी सर्ने वायरस हो यो। 

ओली को त ठेगान छैन। लगाइदिन्छ। सबै लाई जेल हाल्न पायो। अहिले जेल हाल्नु भनेको मृत्यु दंड सरह हो। वायरस को कारणले। 

खुरुक्कन महंथको नेतृत्वमा तीन दलको सरकार बनाउनु। छैन। 



No comments: