Pages

Thursday, April 15, 2021

मुख्य कुरा अहिले महामारी हो

वैक्सीन पत्ता लाग्नु प्रयाप्त छैन। वैक्सीन पत्ता लाग्नु अगाडि पनि ९०% बढ़ी मानिस बिना मास्क घर बाहिर ननिस्के जनजीवन मोटामोटी सामान्य नै हुने। तर हामी त्यति पनि गर्न नसक्ने रहेछौं। देखियो। 

अहिले सबैभन्दा भयावह अवस्थामा भारत देखियो। यो होली ले गर्दा हो। होली मनाए मच्चिएर। अहिले दैनिक दुई लाख पुगेको छ संक्रमित को संख्या। त्यो पनि टेस्ट गरेका मध्ये बाट हो। वास्तविक संख्या कैयौं गुणा बढ़ी हुनुपर्छ। 

वैक्सीन पत्ता लागे पछि धनी देशले गलती गरे। सोचे अब आफ्नो जनसंख्या लाई खोप लगाऊँ। तर खोप नलगाएको जनसमुदाय, चाहे त्यो जहाँ सुकै होस, त्यहाँ संक्रमण फैलिरहने हो भने वायरस म्युटेट भएर नया नया स्ट्रेन को वायरस हरु आउने भयो। ती नया नया स्ट्रेन का वायरस फेरि फैलिँदै फैलिँदै धनी देश पुग्ने भो। अनि फेरि बैक टु मंगलमान। 

अर्थात सकेसम्म चाडो सम्पुर्ण विश्व समुदाय सम्म खोप पुर्याउनु एक मात्र उपाय हो। सबै मिल्नु पर्यो। कर लाग्छ। 

अहिले नेपालमा पनि चुनाव का लागि सर्वदलीय सरकार होइन कि महामारी को सामना गर्न सर्वदलीय सरकार बनाउने समय हो। तर उल्टो भएको राजनीतिक स्थिरता पनि समाप्त पारे। 

भारतको यो देसरो वेभ नेपालका लागि खतरनाक हो। 

प्रत्येक मनुष्य सम्म सबैले मिलेर वैक्सीन पुर्याउनु विश्व अर्थतन्त्रको नया प्रस्थान विन्दु हो। धनी देश मात्र उम्किने बाटो यस वायरस ले छोडेको देखिँदैन। 



No comments: