Saturday, April 17, 2021

अर्ली इलेक्शन ट्रैप हो

झुठा मुद्दा सय दुई सय फिर्ता गर्दैमा ओली को अर्ली इलेक्शन को गेमप्लान मा जसपा सहभागी हुन्छ भने संविधान संसोधन हुँदैन। आयोग त बन्छ तर संविधान संसोधन हुँदैन। जसपा लाई कमजोर बनाउने बिभिन्न हुन सक्छ। एक त भयो कर्णालीमा माधवको फ्लोर क्रॉस। अर्को ठुलो हो देउबाले गएर ओली सँग मिलिदिनु। प्रतिगामी लाई समर्थन गरेको होइन, चुनावी सरकार मात्र हो भन्दै गएर मिलदिन सक्छन। तेस्रो त छँदै छ: प्रचण्डले बिभिन्न बहानामा समर्थन कायम राख्ने। 

माधवको अर्जुन दृष्टि ओली को बहिर्गमन र पार्टी महाधिवेशनमा छ, ओली को अर्जुन दृष्टि सत्तामा रहेर अर्ली इलेक्शन मा जानुमा छ। माधव लाई पार्टी भित्र, प्रचंड लाई पार्टी बाहिर साइज मा ल्याउने गेमप्लान। साथै सत्ताको दुरुपयोग गरेर देउबा लाई पनि परास्त गर्ने। जसपा लाई भने हल्का लॉलीपॉप चटाइदिने तर संविधान संसोधन नगर्ने। गरे जस्तो गर्ने, आयोग बनाउने तर नगर्ने। 

कमी छ राजनीतिक संस्कार को, समाधान खोजिंदैछ चुनावमा। खिलाड़ी त यिनै हुन। 

जसपा सतर्क रहनुपर्छ। कदम कदम मा ठगिने संभावना रहन्छ। पहिलो त छ नगदमा नपाउने। रेशम रिहा को मुद्दा अहिले गायब भइसक्यो। त्यस पछि को ठुलो ट्रैप हो आयोग बनाएर विश्वासको मत लिने, अनि संविधान संसोधन को मुद्दामा निदाउने। एक पटक विश्वासको मत पाए एक वर्ष ढुक्क जो हुन पाइन्छ। त्यति बेलासम्म धरातल बदलिसकेको हुने सोच रहन्छ। 

अर्ली इलेक्शन ट्रैप हो। अर्ली इलेक्शन हुनु भनेको संविधान संसोधन नहुनु हो। 

तर ओली र देउबा ले न कसैलाई विश्वास दिने न सरकार बनाउने गरेमा जसपा फैक्टर नै हुँदैन। चुनाव हुन्छ। कांग्रेस का लागि घातक हुन्छ त्यो ओली नेतृत्वको चुनाव। 

झुठा मुद्दा फिर्ता भइसकेपछि पनि जसपाले हतारमा विश्वासको मत दिनुहुँदैन। सत्ता समीकरण को विस्तृत र स्पष्ट समझदारी हुनुपर्छ पहिला। 

प्रचण्डले समर्थन फिर्ता लिने र माधवका २० सिपाही ले फ्लोर क्रॉस गर्ने अवस्थामा जसपा ले आफुलाई नया धरातलमा उभिएको पाउने छ। गारहो अवस्था छ। यो सब अष्टबक्र संविधानले सृजना गरेको हो। देश चलाउन मिल्दैन यस संविधानले। मधेसी लाई ठग्ने प्रयासमा आफै ठगिए सबै। 

बिउँताऔ फेरि अंतरिम संविधान, जाऊँ फेरि संविधान सभामा। 




प्रधानमन्त्री चुनावमै जानुहुन्छ, हाम्रा माग पूरा हुने चरणमा छन् महन्थ ठाकुर, अध्यक्ष–जनता समाजवादी पार्टी ...... संविधान संशोधनका विषयमा पनि पर्याप्त कुरा भएको छ । त्यसका लागि एउटा कमिसन (आयोग) गठन गरेर त्यो आयोगले जे सुझाव दिन्छ त्यसअनुसार अघि बढ्ने कुरा भएको छ । सँगसँगै नागरिकता सम्बन्धी समस्या छ । धेरै जन्मसिद्ध र अंगीकृत नागरिकका सन्तान नागरिकताविहीन छन् ।.................  बहुमतमा भए पनि त प्रधानमन्त्रीले विश्वासको मत लिन पाइयो । ......... एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरसन) ... हामी बाधक बन्दैनौँ –किनभने आर्थिक सहयोग लिएर विकास गर्ने कुरा छ । ........... प्रधानमन्त्रीको क्लियर लाइन चुनावमै जाने भन्ने हो । यो विश्वासको मत संसदले दिएन वा कहिँ अविश्वासको मत आयो भने निर्वाचनमा जानु हुन्छ । अथवा एक अवस्था त्यो पनि आउछ कि –नीति तथा कार्यक्रम असफलल भयो भने त्यस अवस्थामा पनि उहाँ चुनावकै तयारीमा हुनुुहुन्छ । ........... अर्को वर्ष स्थानीय सरकारको अवधि पूरा हुँदैछ । स्थानीय सरकारको अवधिभन्दा कम्तिमा दुईमहिना अघि अर्थात् फागुन मसान्तभित्र संसदीय चुनाव गराउने तयारी हुनुहुन्छ । ......... मेरो प्राथमिकता सरकार बनाउने वा सरकार गिराउने होइन । हाम्रो प्राथमिकता हाम्रा माग मुद्दा सम्बोधन गराउने हो । त्यो क्लियर भएपछि मात्र हामी अरु विषयमा सोच्ने वा निर्णय गर्ने चरणमा प्रवेश गर्नेछौं । .........  संविधान बनाउने पार्टीहरुले महसुस गरिरहेको छ कि –यो संविधानमा त्रुटि छ । .........  अहिले महामारीले गर्दा नै देशको आर्थिक अवस्था धरासायी छ । ........ जसपामा हामीले अहिलेसुम्म कुनै पनि निर्णय डिभिजनमा (विभाजित भएर) गरेका छैनौँ । हामीहरुबीचमा एउटा के समझदारी भएको छ भने आफ्ना आफ्ना विचार राख्ने, बोल्ने । त्यसकै कारण बाहिर संघर्ष भइरहेको सन्देश गएको हो ।  ........ यो पार्टीलाई अरु प्रमुख भनिएका पार्टीहरुको विकल्पमा अघि बढाउने विषयमा हाम्रो बहस चलिरहेको छ । ...... जनताले विश्वास गरिदिएमात्र हामी एक नम्बर पार्टी हुने हो ।  प्रमुख भनिएका पार्टी काम लाग्ने भएनन् । 

महाधिवेशनसम्म शेरबहादुर देउवा प्रतिस्पर्धामै रहनुहुन्न डा. शेखर कोइराला, केन्द्रीय सदस्य– नेपाली कांग्रेस  ....... १३ औँ महाधिवेशनपछि सबैभन्दा धेरै जिल्ला पुगेर कार्यकर्तासँग भेटवार्ता गर्ने नेता हुन् कोइराला । सभापति शेरबहादुर देउवाकै कारण पार्टी बिग्रिएको उनको निष्कर्ष छ । ............. संविधानको कुनै पनि धारा नै नटेकी प्रधानमन्त्रीले संसद् विघटन गरिदिनुभयो र संविधान नै कोल्याप्स गराउने उहाँको चाल थियो । .............  राजनीतिमा नैतिकताको खडेरी छ भन्ने छर्लंग भइसक्यो । .............  प्रधानमन्त्री कहिले बजेट ल्याउने र संसद् विघटन गर्ने भनेर बाटो हेरिरहेको जस्तो देखिँदैछ, त्योभन्दा पहिले हामीले निर्णय गर्नुप¥यो। ................ हामी त तयार छौँ, म जहिले पनि तयार थिएँ । हामीले कांग्रेसकै नेतृत्वमा संविधान संशोधन प्रस्ताव लगेका हौँ, एमालेले मात्र साथ नदिएको हो । त्यही कारण दुईतिहाइ पुगेन । ........... म पनि टीकापुर दुई–चारपटक गएको छु । त्यहाँको स्थानीयका आधारमा भन्नुपर्दा केही मानिसहरु अनाहकमै थुनिनुभएको छ । मुद्दा खेपिरहनुभएको छ, उहाँहरुलाई तत्कालै रिहाइ गरिदिए भइहाल्यो । रेशम चौधरीको कानुनी प्रक्रिया कसरी अघि जान सक्छ, त्यसलाई हेरेर अघि बढाउन सकिन्छ । ...........  उहाँहरुले बरु हाम्रो नेतृत्व किन नहुने भन्न सक्नुपर्‍यो । ............ नेपाली कांग्रेसको जन्मदेखि नै हामी ‘प्रोएक्टिभ’ भएका छौँ । कहिल्यैपनि ‘रियाक्टिभ’ भएका छैनौँ । अहिलेको नेपाली कांग्रेसको नेतृत्व मात्र त्यस्तो छ, जो ‘प्रोएक्टिभ’को कुरा छाडिदिनुस् ‘रियाक्टिभ’ पनि भइराखेको छैन ।‘द्याट इज द डेन्जरस थिङ फर नेपाली कांग्रेस’ । प्रोएक्टिभ पार्टी हो नि नेपाली कांग्रेस त । ..............  अहिले त जनताले खोजी रहेका छन्, प्रतिपक्ष कहाँ छ भनेर । यो कांग्रेसका लागि ‘गुड साइन’ हुनसक्छ ? ............ कुरा प्रतिपक्ष भइसकेपछि सरकारमा जाने/नजाने लामो बहस गर्नु जरुरी छैन, दिए हुन्छ अर्को पार्टीलाई । ............  मलाई भन्नुहुन्छ भने यो सरकार जति दिन बस्छ, त्यति दिन सर्वसत्तावाद, लगामविहीन अघि बढिरहन्छ । ........... सरकार अराजक हुने बाटो खोजिरहेको छ । ......... संसद् अनिर्णयको बन्दी बन्ने अनि सरकार बेलगाम हिँड्यो भने त अराजकता निम्तिने भयो । ......... हामीले कोसिस आफ्नै नेतृत्वमा बनाउन गर्ने हो । तर, हामीले कोसिस गर्दा बन्दैन र अरु कसैले नेतृत्व गर्छ भने हामीले ‘रिजिड’ हुन जरुरी छैन भन्ने हो । .......... हामी सहयोग गर्छौँ भन्नुपर्‍यो या तपार्इंहरुलाई सहयोग गर्छौँ। तर, हामी बाहिरै बस्छौँ भन्न सक्नुपर्‍यो । तर, मूल कुरा अहिलेको बेलगाम सरकारलाई हटाउनुपर्‍यो । यो सरकारलाई राखिराख्यो भने देशमा अराजकता आउँछ । ............... सभापतिजी जनताको नजरमा शंकाको घेरामा हुनुहुन्छ,यो संवैधानिक परिषद्को अध्यादेश आएपछि भएको निर्णय र नियुक्तिको सन्दर्भमा । ............... देशको संविधानलाई कुल्चिएर प्रधानमन्त्री नियुक्ति गर्ने अनि कांग्रेसको नेतृत्वले सपोर्ट गरेर मान्छे दिने अनि कांग्रेस स्वभाभिमानी पार्टी रहन्छ ? .............  त्यो कांग्रेसले भाग लिएको होइन । यो त नितान्त सभापतिको व्यक्तिगत हो । पार्टी व्यक्तिगत हिसाबले गइरहेको छ । ................  कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य छ । त्यो हुन्छ । ............  वर्तमान सभापतिजी नै महाधिवेशनसम्म प्रतिस्पर्धामा नरहने सम्भावना छ नि । ............... उहाँले उठ्दिनँ भन्न सक्ने सम्भावना किन नहुने ? ........... तपाई मसँग २४ घण्टा हिँड्नुस् अनि राम्रोसँग बुझ्नुहुन्छ । आज उहाँकै (शेरबहादुर देउवा) जिल्लाका, उहाँकै क्षेत्रकार धेरै प्रदेशका मानिसहरु पनि मकहाँ आएका थिए । मेरा मान्छे हैन, उहाँलाई भोट दिएका मान्छेहरु । ............ राजनीतिमा पुस्तान्तरण भन्ने हुँदैन । ................ अन्तिमसम्म अहिले देखिएका धेरै प्रतिस्पर्धी बाँकी रहँदैनन् । समझदारीले नै धेरै कुराको टुंगो लगाइसक्छ । ......................   ३००/४०० केन्द्रीय सदस्य बनाइदियो भने के हुन्छ, धेरै मान्छेहरु त त्यसमा अटाउन सक्छन् तर, केन्द्रीय सदस्य भएबापत आउने इज्जत समाप्त हुन्छ । त्यसले माने नै राख्दैन नि ! ............  म सभापतिबाहेक अर्को पदमा उमेदवार बन्दिनँ र एकपटकका लागि मात्र सभापति बन्छु । ............ माओवादीलाई सपोर्ट गर्‍यौँ, किन गर्‍यौँ, ‘नोबडी नोज’ । ................... नेकपा फुटेरै चुनाव भयो भने पनि हामी यस्तै हालतमा रह्यौँ भने फेरि पनि चुनाव जित्दैनौँ । किनभने, नेकपाको भोट क्याडर बेस्ड हुन्छ । माओवादी केन्द्रको भोट कांग्रेसलाई आउँदैन, एमालेको भोट कांग्रेसलाई आउँदैन । उनीहरुको एक दोस्रोमा इन्टर चेन्ज हुन्छ । 

महाधिवेशनपछि कांग्रेसका कम्तिमा ४० नेता ‘रिङ आउट’ हुन सक्छन् ! कांग्रेसमा जतिधेरै पदाधिकारीका उमेदवार, त्यतिधेरै ‘रिङ आउट’ !  ............. “वरिष्ठ भनिएकाहरु बिदा हुन्छन्, नयाँ पुस्ताले ठाउँ पाउँछन् । यो कांग्रेसका लागि मात्र होइन नेपालकै राजनीतिका लागि सकारात्मक कुरा बन्न सक्छ ।” ...........  अहिले नै सभापतिमा १२ आकांक्षी देखिएका छन् । 

महन्थ ठाकुरले गरे चार खुलासा फेरि संसद् विघटन, संविधान संशोधनका लागि प्रधानमन्त्रीले बनाउँदै आयोग ............. ठाकुरले वर्तमान संसद् पाँच वर्ष नटिक्ने, प्रधानमन्त्री ओलीले २०७८ भित्रै चुनाव (अर्ली इलेक्सन) गराउने, संविधान संशोधन आयोग गठन हुनेसहितका विशेष खुलासा गरेका छन् । ............ संविधान संशोधन र संघीयताको सिमाङ्कनसहित हेरफेरका लागि आयोग गठन हुन लागेको बताए । ............  ठाकुरले प्रधानमन्त्री ओली फागुनभित्र संघीय संसद्को निर्वाचन गराउने तयारीमा रहेको पनि खुलासा गरे । “प्रधानमन्त्री जसरी पनि स्थानीय तह निर्वाचनअघि संघीय चुनाव गराउने पक्षमा हुनुहुन्छ,” ठाकुरले भने, “त्यसकारण यो संसद्ले पूरा कार्यकाल काम गर्न पाउँछ भन्ने मलाई लाग्दैन ।” उनले वर्तमान संसद्को शक्ति सन्तुलनले स्थिरता दिन नसक्ने अवस्था देखिएकाले निर्वाचन एक मात्र विकल्प भएको पनि बताए । 


No comments: