Tuesday, April 13, 2021

दहाल को कुनै ठुवाठेकान छैन

देउवालाई भेटेर भट्टराई र यादवले राखे सहकार्यको प्रस्ताव
संयुक्त मोर्चा निर्माणको कोसिस : दाहाल-नेपालसहितका नेता राजनीतिक ध्रुविकरणको पक्षमा  दाहालले चुनावमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष), एमालेको खनाल–नेपाल समूह, मसाल र क्रान्तिकारी माओवादीबीच संयुक्त मोर्चा बन्ने र त्यसले ओलीलाई चौथौ शक्तिका रुपमा धकेल्ने दाबी गरेका थिए ......... अब अहिले कांग्रेस र जसपाको एउटा पक्षसँग सरकारमा सँगै भयौं र चुनावमा तालमेल वा कार्यगत एकता भयो भने धेरै नै महत्वपूर्ण उपलब्धि हुन्छ,’ दाहालको भनाइ थियो, ‘हामीहरुबीच मोर्चा त बन्छ र बनाउनैपर्छ । मोहनविक्रम र मोहन वैद्यहरूसँग एकता त नहोला तर मोर्चा पक्कै बन्छ नै । आउने चुनावमा मोर्चा बनाएर मिहिनेत गर्‍यौं भनेओली चौथो नम्बरमा पुग्छन् ।’ .........  दाहालकाअनुसार माओवादी केन्द्र, एमालेको झलनाथ खनाल–माधव नेपाल समूह, जनता समाजवादी पार्टीमा भट्टराई र यादव, मोहनविक्रम सिंह नेतृत्वको मसाल र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच संयुक्त मोर्चा निर्माणबारे प्रारम्भिक छलफल भएको छ 




पुष्प कमल दहाल नाम गरेका प्रचंड, के भनेको यो? मोहन विक्रम सिंह त संसदमा नै छैन। मोहन वैद्य न संसद मा छ, न आउन चाहेको छ, न त आउन सक्छ नै। माधव नेपाल एमाले भित्र छ। सांसद पद गुम्ने गरी आउँदैन। आए उसँग अरु कोही आउँदैन। माधव नेपाल छ एमाले भित्र, एमाले छ ओली को कब्जामा। एमाले फ़ोड़न पुगेन अब जसपा फोड़न लागिपरेको? 

नेपालमा राजतन्त्र त्यो बाँदर थियो जसलाई संवैधानिक राजतन्त्र नामको नाच सिकाउन सकिँदैनथ्यो। प्रचंड लाई बहुदल सिकाउन सकिँदैन। अहिलेको डेडलॉक को कारण नै त्यही हो। प्रचंड का लागि कोही आफ्नो काँध थाप्न तैयार देखिँदैन। कस्तुरीको नाइंटो  जस्तो। कोही पनि आफुसँग सहकार्य गर्न तैयार किन नदेखिएको? त्यो कुरा बुझ्न कुदेको कुदै। गंध छ आफ्नो नाइंटो मा। 

हृदय देखि बहुदल नमान्ने, संसदीय व्यवस्था नमान्ने, अनि संसदीय दल हरु सँग किन सहकार्य भएन भनेर अचम्म मानने? 


No comments: