Friday, April 09, 2021

कांग्रेस का लागि महंथ नाम उपयुक्त

प्रधानमन्त्री म नै हुनुपर्छ भन्ने छैन, कसलाई बनाउने हो तयार छु : देउवा कार्यक्रममा पौडेलले आफूले बोलिसकेर मञ्चमा जाँदा देउवामाथि खनिएका थिए ।

आखिर महंथ ठाकुर कोंग्रेसी हुँदा नै उपसभामुख भएको मान्छे। (मधेसी लाई सभामुख बन्न नदिएको।)

(१) सन २००६ मा १९ दिन सड़कमा जनता उर्ले पछि, ज्ञानेंद्र ले हुन्छ नि त म अब जान्छु रानीवन भन्दा सात पार्टीले अहिले दुई महिना परखिनुस हामी पहिला एक थान अंतरिम संविधान लेख्छौं अनि जानुहोला भन्ने अवस्था छ अहिले। हाँडी गाउँमा। ओली को तानाशाही विरुद्ध आन्दोलन गरेका यी तीन दल। फेसबुक को यो जमानामा त आंदोलन का फोटो छताछुल्ल। यूट्यूब मा वीडियो हरु छन। आंदोलन सफल भए पछि ए ओली पर्ख एक छिन हामी कुरा मिलाउँछौं। 

(२) यो पाँच वर्ष का लागि सरकार बन्न लागेको होइन। यो एक किसिमको चुनावी सरकार नै बन्न लागेको हो। अहिले यो खिलराज अवस्था नै हो। बढ़ी सस्पेंस दिनु हुँदैन जनता लाई। 

(३) कांग्रेस लाई छ अहिले कम्युनिस्ट फुटेको बेला मौकामा चौका। त्यो फुटेको कम्युनिस्ट फेरि आत्मालोचना गरेर मिल्दिए सब खेर जान्छ। कम्युनिस्ट हरु को त बेर लाउँदैन। आत्मालोचना गर्दिन्छ। त्यसै भएर त हतार हो। उ रुकुम गएर प्रचण्डले एक पटक आत्मालोचना गरिसके। अहिले दुई फ्याक भएको बेला एउटालाई समातेर सरकार बनाइहाल्नुपर्छ। माओवादी ले समर्थन वापस नलिंदै आत्मालोचना गर्यो भने सकिएन कुरा। अनि कांग्रेस को अर्को चुनावमा प्रत्यक्षमा २२ बाट झरेर १२ पुग्ला। होशियार। 

(४) जसपा लाई चाहिएको छ नगदमा रेशम रिहा र झुठा मुद्दा फिर्ता। पंचायत का बेला अनगिनती झुठा मुद्दा खेपेको कांग्रेस, खोइ त सहानुभुति? बीपी लाई फाँसी र रेशम चौधरी लाई आजन्म कैद धेरै फरक होइन। बीपी लोकतंत्र का हीरो, रेशम संघीयताका। चेतना भया। हात्ती छाप चप्पल। जसपा ले देउबा अथवा प्रचंड लाई प्रम मानन सक्ने कुनै नैतिक आधार नै छैन। अनि चेक लिएर जाने कार्यकर्ता हरु लाई देखाउन? तीन दल ले महंथ लाई प्रधान मंत्री माने ओली को औचित्य सेकंड मा समाप्त हुन्छ। 

(५) त्यस बाहेक संविधान संसोधनको मुद्दा पनि छ। अहिले डेढ़ वर्ष का लागि नागरिकता समस्याको पुर्ण समाधान र प्रदेश सरकार भारत का राज्य सरकार हरु सरह को शक्ति प्रदान। जनगणना को स्टाइल मा घर घर गएर नागरिकता वितरण गर्नुपर्छ एक पटक। मेक्सिको बाट अमेरिका जान्छ मान्छे। अमेरिका बाट मेक्सिको होइन। नेपाल कंगाल देश। नागरिकता कानुन मध्य युगको नबनाऊँ। 

(६) उस्तै गारहो पर्छ भने कांग्रेस ले बाहिर बाट पनि समर्थन दिन सक्छ। हामी रेशम लाई उचालन सक्दैनौं, तपाईं गएर सरकार बनाउनुस भन्न सक्छ। आखिर यो खिलराज सरकार जो हो। खिलराज सरकार मा दलहरु सहभागी भएका थिएनन। माओवादी सरकार मा सहभागी भए पनि भो अथवा कांग्रेस ले जस्तै बाहिर बाट समर्थन दिए पनि भो। 

(७) एक चोटि बाबा वामदेवले स्थानीय चुनावमा बड़ा बबण्डर मच्चाएको। ओली ले पायो भने त्योभन्दा ठुलो बबण्डर मच्चाउँछ। कि त आफै प्रधान मंत्री रहन्छ कि देउबा लाई तपाईं प्रधान मंत्री, हाम्रो पार्टीको गृह मंत्री भनेर ट्रैपमा पार्छ। त्यस्तोमा फस्नुहुँदैन। कांग्रेस राप्रपा बन्छ। 






बूढानीलकण्ठ बैठकको भित्री कथा : काँग्रेस खुल्यो, जसपाले हलो अड्कायो "अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्"  .......  देउवाले पार्टीले काँग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि आफू अरुको नेतृत्वमा सरकार बन्छ भने त्यसमा पनि तयार रहेको धारणा राखेका थिए ।....... करिब ४५ मिनेट चलेको बैठकपछि जसपा नेता महन्थ ठाकुरले सरकार बदल्ने औपचारिक प्रस्ताव बैठकमा आएको र यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । उनले भने, ‘पहिलो पटक सरकार बनाउने औपचारिक प्रस्ताव आएको छ हामीले यस विषयमा कुनै छलफल गरेका छैनौं । हामीले छलफल गर्न बाँकी नै छ ।  हामी छलफल गरेर चाँडै यसबारेमा निर्णय लिन्छौं भन्ने कुरा राख्यौं ।’.......बैठकमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुले जेलमा रहेका नेता कार्यकर्ताहरु रिहाइबारे हाल ओली नेतृत्वको सरकारसँग राखेको माग सम्बोधन गर्न आफूहरु पनि तयार रहेको बताएको ठाकुरको भनाइ छ ।
भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन
देउवाको दाउ : जसपाले नमाने ओली जिन्दावाद ! सत्ता समीकरणमा पुग्ला त भ्यागुताको धार्नी ?
ठाकुरले ओलीसँग गरेको त्यो बाचा... सत्ता समीकरणको खेलमा जसपा नेपाल तटस्थ
बूढानीलकण्ठमा वार्ता हुनुअघि के-के भयो ?  जसपा भने जुन गठबन्धनमा गए पनि निर्णायक हुने देखिएको छ ।
३ दलको बैठक : सत्ता समीकरणका लागि जसपाले माग्यो समय  आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको ...... बैठकमा जानुअघि जसपा नेताहरुले आन्तरिक छलफल समेत गरेका थिए ।
काँग्रेसका पाँच ‘रणनीतिक योजनाकार’ मैदानमा संवैधानिक संकटमाथि नीतिको खोजी 

जनता समाजवादी पार्टी केन्द्रीय पदाधिकारीहरूको बैठक सौहार्द्रपूर्ण वातावरणमा शुरू!

Posted by Dr. Baburam Bhattarai on Friday, April 9, 2021

No comments: