Monday, April 26, 2021

फ्लोर क्रॉस को संभावना छ र?

देउबा र प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउने र माधवका ३० सांसदले अंतिम समयमा आएर फ्लोर क्रॉस गरेर ओली लाई हटाएर देउबा लाई स्थापित गरिदिने गर्न सक्छ। त्यो टेक्निकली संभव छ। तर के त्यो राजनीतिक रूपले संभव छ? फ्लोर क्रॉस गर्नेको पद पनि जान्छ र पार्टी सदस्यता पनि। माधव नेपाल यदि एमाले को सदस्य होइन भने पार्टी महाधिवेशन जान पायेन। त्यस अवस्थामा माओवादी पार्टी सँग एकीकरण को संभावना पनि रहँदैन। प्रचंड को मा शरणार्थी बस्न गए भो। माधव भन्ने समुह छिन्नभिन्न भइसकेको हुन्छ। 

फ्लोर क्रॉस गर्नु भनेको माधवका लागि सुसाइड बॉम्बर चाल हुनेछ। सुर्य चिन्ह छोड्ने कुनै इच्छा छैन माधवको। पार्टी ओली बाट खोस्ने प्रयास हो जुन आफैमा गारहो काम हो। 

अविश्वास प्रस्तावमा फेरि माधव पक्षले सही गर्ने कुरा आउँदैन। जसपा ले गर्दैन। नेपालको संविधान अनुसार पुरानो सरकार प्रति अविश्वास र नया प्रति विश्वास सँगै हुन्छ। अर्थात तीन दल सँगै आउनुपर्यो र नया प्रधान मंत्री प्रस्ताव गर्नुपर्यो। 

फ्लोर क्रॉस को संभावना खासै छैन। देउबा प्रचंड ले ओली आउट गर्न चाहेको भए महंथ को नाम वरिपरि गोलबंद हुनुपर्यो। अहिले जसपा ले ओली सँग गफ गर्नुपरेको ओली प्रधान मंत्री भएकोले हो। तर महंथ प्रधान मंत्री हो भने ओली सँग माग्नुपरेन, आफैले गर्न पाइयो। 

फ्लोर क्रॉस को संभावना छैन। तर महंथ प्रधान मंत्री हुने संभावना छ। ओली लाई हटाउन सक्ने भनेको महंथ मात्र हो। त्यो माधव लाई पनि चाहिएको कुरा। ओली बालकोट पुगे माधव ले पार्टी भित्रको संघर्ष जित्ने हो। कम्युनिस्ट फुटेको अवस्थामा देउबा लाई चाहिएको निष्पक्ष चुनाव त्यो महंथ ले मात्र दिन सक्छ। प्रचण्डलाई चाहिएको ओली को बहिर्गमन। महंथ ले संभव बनाउँछ। 




माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने आदेश
The Anguish of the World’s Doctor Dr. Tedros of the W.H.O. publicly focuses on managing the pandemic. Privately, he weeps as his Tigrayan people are raped, starved and slaughtered. 
पार्टी र सरकार : दोस्ती कि दुस्मनी ? मुखमा मदन भण्डारी र बगलीमा स्टालिनवाद बोक्ने प्रधानमन्त्रीलाई स्थिरताका नाममा मुलुकले पाँच वर्ष बोक्नैपर्छ भन्ने छैन । किनभने, हामी जान्दछौं, सरकारको स्थिरताभन्दा लोकतान्त्रिक संविधानको स्थिरता र रक्षाको प्रश्न प्रधान हुन्छ ।




No comments: