Tuesday, April 13, 2021

बाबुराम अर्थात विगठन, पार्टीको विगठन

आफ्नै नेतृत्वमा सरकार बनाउने जसपामा सहमति !  जनता समाजवादी पार्टी (जसपा) को दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन ।

बाबुराम अर्थात विगठन, पार्टीको विगठन 

महंथ होइन भने उपेन्द्र, उपेंद्र होइन भने राजेंद्र। कहाँ बाट आयो बाबुरामको नाम? बाबुरामले जसपा प्रवेश नगरे राजनीतिक करियर समाप्त हुने अवस्था हो। एक सीट को आधारमा पनि प्रधान मंत्री बन्छ कोही? 

शक्ति संतुलन को आधारमा बाध्यात्मक अवस्थामा गर्नु परेको भन्ने बाबुरामको भनाइ हो। संविधान मा कलम धस्ने प्रमुख व्यक्ति, दुई नंबर मा कृष्ण सिटौला। तेस्रो खलनायक नेमबांग। एउटा राम वरण पनि। भिटो पावर लगाएर रोक्नु पर्ने। रोकेनन। त्यो व्यक्ति ले आज मधेसी भोट को आधारमा प्रधान मंत्री बन्ने सपना कसरी देख्ने? देखाउने को? उपेन्द्र? 

पहिलो संविधान सभा तुह्याउने जिम्मेवारी लिनुपर्छ प्रचंड र माओवादीले। त्यहाँ त सही थियो शक्ति संतुलन। खुरु खुरु मतदान गर्दै गएको भए प्रगतिशील संविधान आउने। प्रचंड लाई तर कोठा कोठा मा गएर सर्वसम्मति खोज्नुपर्ने। पहिलो संविधान सभामा कांग्रेस एमाले लाई स्वेछाले भिटो पावर दिने प्रचंड, दोस्रो संविधान सभामा शक्ति पुगेन भन्न पाउँदैनन बाबुरामले। 

अहिले बाबुरामको नाम उच्चारण पनि नगरौं। गर्ने भए लगत्तै जसपा विगठन गरौं। 



No comments: