Monday, April 05, 2021

कदम कदम मा जसपा


अहिले जसपा का लागि समय उपयुक्त छ। तर सही कदम हरु चाल्दै गए मात्र। 

जसपा फुट्ने संभावना त छैन। तर पहाड़ी मीडिया को पुर्वाग्रह जसपा फुट बिनाको समाचार नै छापिदैन अचेल। जसपा एक जुट हुनुपर्छ। अझ प्रत्येक निर्णय सर्वसम्मत गर्दै जानुपर्छ। आतंरिक लोकतंत्र को नाममा अल्पमत बहुमत गर्ने बेला होइन यो। मुद्दा को सवाल छ। मधेसको अस्मिता को सवाल छ। अहिले विशेष परिस्थिति हो। सरकार मा जाउ, नजाउ, ओली सँग जाउ, प्रचंड सँग जाउ त्यो सब मंजुर। तर फुट्ने काम मंजुर छैन। एकताको यथार्थ ले मात्र हुँदैन। कदम कदम मा एकताको सन्देश पनि दिँदै जानुपर्छ। जस्तो सँगै बसेर फोटो खिचाउने। फुट्ने दुबै पक्ष समाप्त हुन्छ। शिकारी आएगा जाल बिछाएगा तुम चुँगना मत। फुट्ने भन्दा मुर्ख काम अर्को हुन सक्दैन। अहिले जे पुछारथ छ त्यो फुइँया हुन्छ। अनि एउटा को पुच्छर बन्यो, हिँड्यो।   
पहाड़ी पुर्वाग्रही मीडिया को खेल म बुझ्छु। पढेको सबै म पत्याउँदिन पनि। तर त्यति बेला को सपा फुटन लागेर नै हो सपा र राजपा को रातोरात एकीकरण भएको। पहाड़ी पुर्वाग्रह सँग लड्नुभन्दा अगाडि मधेसी मानसिक दासता सँग लड्नुपर्ने हुन्छ। जाबो पार्टी एक राख्न नसक्ने हरु बाट मधेसको कल्याण संभव छैन। अहिले नेकी और पुछ पुछ को अवस्था छ। जसपा को यो हाल होला भन्ने सोचेका थिएनन। दुई तिहाई वाला सँग नभएको ताकत जसपा सँग छ।      

सही रणनीति हो मुद्दामा अडिग रहने। रेशमा रिहा, झुठा मुद्दा फिर्ता। हेर्दा सिद्धांत को राजनीति गरे जस्तो देखिने। तर बहुत राजनीतिक फाइदा को कदम। अरु सत्ताको जोड़ घटाउमा लागे जस्तो देखिने। एउटा जसपा मात्र मुद्दा मा अडिग। यस्तो बिरलै हुन्छ जब मुद्दा समातेर बस्दा नै सबैभन्दा बढ़ी राजनीतिक फाइदा पनि होस। होइन भने पहिला पहिला सिद्धांतमा अडिग रहने हरु जेल जानथे, त्योभन्दा अगाडि त टाउको नै काटिन्थ्यो। अरुले पनि समातदा हुन। तर अरुसँग मुद्दा नै छैन। देउबा को मुद्दा भनेको ज्योतिषले भनेको। अहिले जसपा ले हामी सरकारमा जाने कुरा नै गर्दैनौं भन्दा न हो पुछारथ बढेको। हामी ओली सँग जान्छौं अथवा देउबा सँग जान्छौं भनेपछि पुछन छोड्छ। हामी ओली सँग मिलेर सरकार बनाउने भन्यो भने ओली ले त्यस पछि प्रधान मंत्री ऑफर गर्छ? गर्दैन। 

तेस्रो कुरा हो, अछुत त कोही पनि होइन। देउबा ले संसद भंग गर्दा होइन ज्ञानेंद्र आएको? ओली ले भ्रष्टाचार को रेकॉर्ड तोड़्यो, तर कसको तोड़्यो भन्दा देउबा को। ओली अछुत हो भन्ने हो भने देउबा सँग जानु पर्यो। देउबा ले अनि मुद्दा समाउँछ त? जसपा त विवश भएर आयो भन्ने हुन्छ। ओली अछुत हो भने पनि मनमा राख्ने कुरा हो त्यो। मनमा अथवा ब्लॉगमा। 

ओली ले राजीनामा दिँदैन। त्यो उसको स्टाइल नै होइन। अंततः माओवादी ले समर्थन फिर्ता लिनै पर्छ। दैनिक प्रेशर बढेको छ। नेपाली कांग्रेस ले पनि आफ्नो थुक चाट्ने बेला हो यो। तीन दलको सरकार आफ्नो नेतृत्वमा बनाउने भन्ने निर्णय नेका केंद्रीय समिति ले फिर्ता लिनु नै पर्छ। नलिए सम्म जसपा ले सत्ता समीकरण को कुरा गर्नु नै हुन्न। 

माओवादी ले समर्थन फिर्ता लिए पछि ३० दिन हुन्छ ओली सँग। विश्वास त पाउँदैन। जसपा बाट पनि पाउँदैन। रेशम रिहा र सबै झुठा मुद्दा फिर्ता त्यति बेला सम्म भइसक्ने छाँटकाँट देखिँदैन। सरकार ढल्छ अनि लगत्तै ओली कै सरकार बन्छ। संसदको ठुलो दल उसकै छ। फेरि ३० दिनमा बहुमत सिद्ध गर्नु पर्ने। सक्दैन। ओली बाई बाई। 

त्यति बेला देउबा, प्रचंड, ओली तीन जना ले नै महंथ को नाम मा समर्थन बोल्नुपर्छ। समय मा चुनाव गराउन का लागि। त्यसमा तीन वटै ले बाहिर बाट समर्थन दिए पनि हुन्छ। चुनावी सरकार हो। लौ गर आफै रेशम रिहा र सबै झुठा मुद्दा फिर्ता, कति किचकिच गरेको भन्दै। 

त्योभन्दा अगाडि त जसपा यो ध्रुव अथवा त्यो ध्रुव त समात्नु नै हुँदैन। ओली लाई समर्थन गरे पनि अथवा देउबा लाई समर्थन गरे पनि महंथ ले त पाउँदैन। 

तर अर्को संभावना पनि छ। एमाले को समर्थनमा तपाईं नै प्रधान मंत्री बन्नुस भन्ने ऑफर आउन सक्छ। एउटा पार्टी एमाले को समर्थन लिने कि तीन वटै को लिने? त्यो एउटा हाई क्लास समस्या हुनेछ। 

एक जुट भएर बस्ने, मुद्दामा अडिग रहने, रेशमा रिहा र झुठा मुद्दा फिर्ता अगाडि कसैको समीकरण मा पनि नजाने। 

तर अहिले चुनावमा भने जानु हुँदैन। संविधानको गरिमा राख्नुपर्छ। डेढ़ वर्ष मात्र त बाँकी छ। 

ओली को नेतृत्वमा चुनाव हुन दिनुभन्दा महंथ बेस भनेर नेका र माओवादी ले समर्थन दिन्छन उस्तै पर्यो भने। 

एउटा मधेसी प्रधान मंत्री बन्नु ले एउटा ठुलो मानसिक बैरियर ब्रेक हुन्छ। त्यसले संविधान संसोधनमा सघाउँछ। 

आफ्नो प्रधान मंत्री ले आफै रेशम रिहा गर्न पायो। झुठा मुद्दा फिर्ता गर्न पायो। संविधान सुधार आयोग गठन गर्न पायो। राम्रो सँग कदम चाले व्यापक संविधान संसोधन पनि हुन सक्छ। 






No comments: