Saturday, April 17, 2021

सर्वदलीय सरकार, सर्वदलीय संविधान संसोधन र चाडो चुनाव

समस्या नै संविधान हो भन्ने मानेर, सर्वदलीय बैठक डाकेर, सर्वदलीय सरकार गठन गरेर, एउटा आयोग बनाएर छ महिना भित्र फ़ास्ट ट्रैकमा संविधान संसोधन गरेर अर्ली इलेक्शन मैं पो जानुपर्छ कि? गाडी को पालैपिलो एउटा एउटा पांग्रा फुसकिने क्रम जारी छ। 

त्यो सर्वदलीय सरकार का लागि पनि फेरि महंथ कै नाम अगाडि आउँछ। ज्येष्ठ सदस्य हो। 

नेपालका राजनीतिक जीनियस हरुले सुधारिएको संसदीय व्यवस्था भन्दै संविधान भित्र साहित्य लेख्ने काम गरे। दुई वर्ष सम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने, पुरानो लाई अविश्वास र नया लाई विश्वास फ्यूज़न हुनुपर्ने, एक वर्ष फेरि अविश्वास गर्न नपाइने --- ती दुनियामा अरु कतै नहुनु को कारन रैछ त। यस्तै हिलोमा पांग्रा नफसोस भनेर होला। 

सरकार परिवर्तन गर्न त नसक्ने हरुले संविधान संसोधन फेरि मजा सँग गर्लान भन्ने भरोसा भरोसा नै होइन। 

संविधान कलापस (collapse) हुने भनेको घर ढल्नु जस्तै हुँदो रहेछ। नीट एंड क्लीन किसिमले ढालने तरिका शायद छैन पो कि! 

यदि देश भाग्यशाली छ भने सर्वदलीय सरकार, सर्वदलीय संविधान संसोधन र चाडो चुनाव को बाटो जानेछ। त्यो होइन भने दुर्घटना को बाटो के हो मलाई थाहा छैन। राजा आउनै पर्दैन। सेनाले लिनै पर्दैन। पार्टी र नेता हरु काफी छन। 

यो कोरोना वायरस फेरि संविधान र राजनीति सँग छु मतलब भएको वायरस। 





No comments: