Pages

Friday, April 23, 2021

संभव घटनाक्रम

ओली सरकार को नीति कार्यक्रम पास हुने संभावना छैन। प्रचंड ले समर्थन फिर्ता लिने ढिलाई गर्दै आए। तर ओली को पक्षमा भोट नै दिन गारहो होला। त्यो अगाडि ओली ले जसपा को माग पुरा गर्ने संभावना कम छ। भने पछि जसपा को मत पनि कसरी पाउने? तेस्रो पक्ष फ्लोर क्रॉस को स्पष्ट संभावना। 

नीति कार्यक्रम पास भएन भने सरकार ढल्यो। तर फ्लोर क्रॉस गर्ने हरु को सांसद पद गुमेर जाने भएकोले र जसपाले नगदमा लिने स्टैंड लिएकोले या त देउबा प्रचण्डले महंथ लाई प्रम मान्नुपर्यो, होइन भने फेरि ३० दिन का लागि ओली नै आउने भए। 

त्यस पछि बल्ल देउबा प्रचण्ड को घैंटोमा घाम लागेर महंथको नाममा एक ठाउँ आउने होलान। देउबा लाई चुनाव त चाहिएको हो तर ओली को नेतृत्वमा चाहिएको होइन होला। 

तर यी तीन स्टेप मा पनि ठाउँ ठाउँमा चिप्लिने ठाउँ छन। नचिताएको हुने। 

जसपा तर नफुट्नु जरूरी छ। न ओली ले माग पुरा गर्ने, न देउबा प्रचंड ले माग पुरा गर्ने तर जसपा गएर फ़ुटदिने? त्यो त अचम्मको परिस्थिति हो। जसपा फुटे दुबै गुट बिलाउँछ। राजनीति समाप्त हुन्छ। फुटसम्म कुरा नपुग्ला। 

अर्को छ ओली ले भटाभट जसपा का माग पुरा गरिदिने। त्यस्तो संभावना उपेन्द्र यादवले नदेखेको। तर माग पुरा गरे पनि समर्थन दिन सकिँदैन भन्ने त होइन होला। दुई तिहाई बहुमत सम्हालेर राख्न नसक्ने मान्छे ले जसपा का पाँच माग पुरा गर्ने क्षमता राख्छन भन्ने त म पनि पत्याउँदिन। 



No comments: