Saturday, April 24, 2021

जसपाको यथार्थ



झुठा मुद्दा फिर्ता अहिलेसम्म भइसक्नुपर्ने हो। बालुवाटार मा गफ हुन थालेको निकै भयो। अहिलेसम्म आश्वासन मात्र छ। त्यो एउटा चाहिं पुरा हुन्छ कि जस्तो लागेको मलाई। तर त्यसका आधारमा ओली सरकार लाई समर्थन गर्ने कुरा आउँदैन, गरिएको पनि छैन। 

कर्णालीको फ्लोर क्रॉस जसपा लाई हलुको पार्ने प्रमुख ध्येय का साथ गरिएको हो। लुम्बिनी मा न यो पक्ष न त्यो पक्ष, तिम्रा सांसद को समर्थन लिन तिम्रो सहयोग चाहिँदैन भन्ने ओली को सन्देश हो। कर्णाली र लुम्बिनी जसपा लाई स्पष्ट सन्देश हो, माधव र ओली मधेसको मुद्दामा एक छन, एकै किसिमले विरोधी। 

मधेसको विरोध गर्नु लाई नै राष्ट्रियता ठान्ने हरु समय आउँदा पार्टी फोड़न पनि बिर्सिने हुन। अहिले पार्टी फोड़न उद्दत छन। फ्लोर क्रॉस ले गर्दा पनि र ओली को एकोहोरो आफ्नो नेतृत्वको चुनावको एजेंडा ले गर्दा पनि यस संसद बाट संविधान संसोधन को संभावना शायद कम छ। प्रयास गर्नुपर्छ। तर यथार्थ फेस गर्नुपर्छ। पाँच माग प्रयास हो। तर अहिलेसम्म एउटा पनि पुरा नभएको यथार्थ हो। 

ओली सँग संविधान संसोधन का लागि न इच्छा छ, न क्षमता छ, न अब अंकगणित नै। ओली ले एउटा पनि माग पुरा नगर्ने तर जसपा ले ओली नेतृत्वको चाडो चुनाव सम्भब बनाइदिनु पर्ने भन्ने हुँदैन। अथवा झुठा मुद्दा फिर्ता मात्रका आधारमा पनि त्यो हुँदैन। ओली नेतृत्वमा चुनाव हुनु हुँदैन। बामदेवले एक पटक स्थानीय मा जुन ताण्डव मच्चायो, ओली ले त्यो तांडव प्रत्येक तहमा मच्चाउने इरादा राखेको छ। स्टेट कैप्चर को रोडमैप नै हो। राज्य का अंग हरुलाई आफ्नो पार्दै जाने अथवा निस्तेज पार्ने।

३० जनाको सांसद पद एक त खाने कसरी? फ्लोर क्रॉस पछि मिल्छ, त्योभन्दा अगाडि त मिल्दैन। खाए पनि उपचुनाव हुन्छ ती ठाउँमा। ओली नेतृत्वको अर्ली इलेक्शन निस्तेज पार्न जसपा देउबा प्रचंड लाई नेतृत्व दिन तैयार बस्नुपर्छ। 

ओली ले पाँच माग पुरा गर्नु जसपा का लागि सबैभन्दा राम्रो हो। तर त्यो मनको लड्डु घिउ सित खाने अवस्था हो शायद। दोस्रो राम्रो अवस्था हो महंथ ले तीन दलको सरकार बनाउनु। ओली लाई अर्ली इलेक्शन नदिन त्यति गर्नुपर्छ जसपा ले। 

तर एक पटक फ्लोर क्रॉस गरेर माधवका ३० ले ओली फाल्ने र देउबा स्थापित गर्ने काम गरे त्यो निर्णय त लागु हुने हो, नेपालका पोलिटिकल जीनियस हरुले लेखेको संविधान अनुसार। ती ३० को त्यस पछि सांसद पद गए पनि देउबा एक वर्ष का लागि ढुक्क। दोस्रो संविधान सभाको १६ बुँदे मधेस विरोधी स्पिरिट फर्किसक्यो। त्यस अवस्थामा जसपा भनेको नेमकिपा। 

माधवले त्यसो गर्न सक्छन। त्यसको टडकारो संभावना छ। पार्टी भित्रको संघर्ष का लागि माधवको स्ट्रेटेजी मा ओली लाई बालुवाटार बाट बालकोट पुर्याउनु प्रथम महत्वपुर्ण कदम हो। 

सके झुठा मुद्दा सम्म फिर्ता गराउने, तर त्यस पछि प्रमुख रूपले पार्टी एक ढिक्का राख्न पुरा ताकत लगाउने, ताकि अर्को चुनावमा राम्रो गर्न सकियोस। जसपा का लागि उत्तम बाटो शायद त्यो हो। यो संसद त बन्दर को हाथमा नरिवल। 

नेकपा तीन फ्याक हुनुले अब जसपा को पहाड़ प्रवेश संभव बनाएको छ। पश्चिम तराई प्रवेश संभव बनाएको छ। त्यसमा फोकस गर्नुपर्यो। फोकस त चुनाव नै हो तर त्यो भनेको ओली नेतृत्वको अर्ली इलेक्शन होइन, महंथ नेतृत्वको समयको निष्पक्ष चुनाव हो। 



नयाँ सरकार गठनबारे काँग्रेसले बोलायो संसदीय दलको बैठक २ बैशाखमा गण्डकीमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यद्वारा हस्ताक्षर गरिएको अविश्वासको प्रस्तावमा नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि प्रस्तावको पक्षमै मतदान गर्ने बताइसकेको छ ।

No comments: