Monday, April 12, 2021

जसपा र जपा बीच फरक

सीके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन भर्खर सकिएको छ। त्यति ठुलो आम सभा त्यो बारह बिघा मैदानमा अहिले सम्म भएको छैन। रेकॉर्ड ब्रेक भयो। नेपालको त्यो गाँधी मैदान नै हो। जनकपुरको बारह बिघा मैदान काठमाण्डु हो भने काठमाण्डु को टुँडिखेल रत्नपार्क जनकपुर हो। त्यति ठुलो छ बारह बिघा मैदान। देशका चार पार्टीले एकै साथ त्यहाँ आम सभा गर्न सक्छन। त्यति ठुलो। 

जुन महाधिवेशन गर्न कांग्रेस र कम्युनिस्ट लाई हम्मे हम्मे पर्छ त्यो जनमत पार्टीले अत्यंत राम्रो सँग गरेर देखाईदियो। कार्यक्रमको उद्घाटन समारोहमा प्रस्तुत गरिएको नृत्य जस्तै व्यवस्थित, अनुशासित, सुन्दर। कतै कुनै हिच्कि देखिएन। अमेरिकी राजनीतिमा भन्ने गरिन्छ कुन पार्टीले राष्ट्रपतिको चुनाव जित्छ भन्ने कुरा दुबैको महाधिवेशन हेरेर नै थाहा हुन्छ। त्यस मानेमा जनमत पार्टी देशको नंबर एक पार्टी बन्ने पथमा अग्रसर देखिन्छ। 

कांग्रेस को पिछला महाधिवेशन पछि मनोनीत गरिनुपर्ने पद हरु आजसम थुप्रै खाली छन। पद का लागि मरिहत्ते गर्ने पार्टी भित्र। के भएको त्यो? जनमत पार्टी को आतंरिक लोकतंत्र पनि, र आतंरिक अनुशासन पनि यति गजबको देखियो कि सबै जना निर्विरोध निर्वाचित भएका छन। पहिला कहिले कुनै पार्टी मा नभएको देखियो गजबको दृश्य। मानौं पार्टी भित्र गुट त छ तर एउटा मात्र, प्यानल त छ तर एउटा मात्र। सीके राउत प्यानल, सीके राउत गुट। 

महिला सहभागिता स्टेजमा देखियो। अरु प्रत्येक पार्टीको महाधिवेशनमा महिला माथि पर्दा प्रथा लगाएर स्टेज पर नै राखिएको हुन्छ। 

सीके राउतको भाषाणमा पनि अनुशासन देखियो। छोटो १५ मिनट को स्पीच। नेपालका नेता गण बीच अघोषित नियम छ। जसले जति लामो भाषण गर्यो उ त्यति ठुलो ब्रेन भएको नेता। त्यस नियम अनुसार नेपालको राजनीतिको सबैभन्दा सानो ब्रेन भएको नेता सीके राउत। १५ मिनट मात्र बोल्यो। 

पहाड़ी पुर्वाग्रही मीडिया ले बहिष्कार गर्छ भन्ने कुरा पहिले देखि थाहा भएर हो कि के हो त्यो १५ मिनट का दौरान आफ्ना कार्यकर्ता लाई मात्र लक्षित गरेर बोलेको देखियो। संगठन, संगठन, संगठन। संगठित हो जाओ नहीं तो मिट जाओ। 

पहाड़ी पुर्वाग्रही मीडिया ले भने पुर्ण रूपेण ब्लैकआउट गरेको महाधिवेशन। रातोपाटी मा झुक्किएर एउटा समाचार आएछ। सीके राउतको महाधिवेशनमा स्वतंत्र मधेसको बैनर देखियो भनेर। सीके राउत ले स्वतंत्र मधेसको एजेंडा छोड़े छोडेनन त्यो सीके राउतलाई सोध्नुस। मैले त छोडेको छैन। 

जबसम्म एउटा पनि मधेसीलाई नागरिकता प्रमाणपत्र बाट वंचित राखिन्छ त्यति बेला सम्म पुरा मधेस गुलाम छ। जबसम्म देशमा सच्चा संघीयता स्थापित हुँदैन त्यति बेलासम्म नेपालको प्रत्येक मधेसी, प्रत्येक जनजाति गुलाम छ। तीन मध्ये एक मधेसी राति सुत्न जाँदा भोकै सुत्छ। मधेस गुलाम छ। 

नेपालमा लिच्छवि नफरकेसम्म सारा नेपाल गुलाम छ। नेपालको इतिहासमा लिच्छवि काल लाई आजसम्म स्वर्ण युग मानिन्छ। पंचायत कालको महेन्द्र माला ले पनि त्यो सत्य इनकार गर्दैनथ्यो। लिच्छवि को ओज यस्तो थियो कि  लिच्छवि शासन सकियो तर मल्ल कालमा पनि राजकाजको भाषा मैथिलि रह्यो। मल्ल कालसम्म सभ्य मानिस हरुको शासन। नेवारी कला र संस्कृति विश्व मैं उच्च मानिन्छ। मैथिलि र नेवारी संस्कृति नेपाल का दुई उच्चतम संस्कृति नै हुन। मल्ल पछि त असभ्य हरुको शासन नै हो। पृथिवी भनेको कीर्तिपुरमा नाक कान काटेको। जंगे ले कोतपर्व मच्चाएको। त्यो पृथ्वीको पुजा गर्छ आजको नेपाल सेना। जंगे कायर थियो। मानसिक दासता मा ब्रिटिश साम्राज्य भित्र मा नंबर एक। राणा कालमा नेपाल स्वतंत्र थिएन। ब्रिटिशले अरहाएको गर्थ्यो। 

लिच्छवी नेपाल भन्दा बढ़ी धनी देश हरु त्यति बेला युरोप र अमेरिकामा थिएनन। चीन लाई लिच्छवी नेपाल ले आफुभन्दा बढ़ी शक्तिशाली मान्दैनथ्यो। भारतवर्ष का अरु देशहरु सँग समानताको व्यवहार हुन्थ्यो। लिच्छवी कालमा गणतंत्र थियो। जनताले नेता छानथे। सुशासन, शान्ति र समृद्धि थियो। न्याय थियो। पराजित लाई हेप्ने भन्ने थिएन। 

पंचे, कांग्रेस, कम्युनिस्ट भनेका त एउटा मक्किएको राज दरबार वरिपरि घुम्दै समय बितायेका हरु। गणतंत्र बालुवाटार मा छैन। 

जसपा ले मलाई  लिच्छवि को याद दिलाउँदैन। जनमत पार्टीले मलाई  लिच्छवि को याद दिलाउँछ। 


















No comments: