Friday, April 16, 2021

फ्लोर क्रॉस र केन्द्र सरकार

कर्णालीले उब्जाएको प्रश्न : केन्द्रमा ओलीसँग कति सांसद छन् ? राजनीति विश्लेषक भन्छन्, ओलीलाई अब महँगो पर्न सक्छ
महन्थ ठाकुर : राजनीतिका एक सन्यासी ! पारिवारिक ‘ट्रयाजेडी’देखि प्रधानमन्त्रीको आश्वासनसम्म। ....... महन्थ ठाकुरलाई नजिकबाट चिन्नेहरुले उनलाई त्यागी नेता मान्छन् । राजनीतिमा लागेपछि निजी सम्पत्ति त्याग गरेका छन् । उनलाई सकुम्बासी नेताभन्दा पनि हुन्छ । न उनको आफ्नो जमिन छ, न घर । .........  काठमाडौँमा महन्थ छोरी–ज्वाइँका घरमा बस्छन् । काठमाडौँबाट मधेस जाँदा कहाँ बस्ने ठेगान हुँदैन । कहिले होटलमा बस्छन्, कहिले कार्यकर्ताको घरमा ।
केपी ओलीबाट ‘नगद’ त ल्याउनुपर्‍यो नि ! जसपा उपेन्द्र र महन्थको एकलौटी होइन : मोहम्मद इस्तियाक राई

माधव नेपाल ले आफ्नो तुरुप कार्ड खेलेको देखियो। यदि केन्द्रमा एमाले र जसपा को बल्ल बल्ल बहुमत पुग्छ भने माधवले त्यो फेल गर्न सक्ने देखियो। ३८ का ३८ ले फ्लोर क्रॉस गर्नु जरूरी हुने छैन। ओली लाई ठ्याक्क बहुमत नपुग्ने किसिमले ५-१० जना माधव पक्षीय संसदीय शहीद हरु ले फ्लोर क्रॉस गरे पुग्ने देखियो। सर्वोच्चले एमाले र माओवादी ब्युंताए पछि को यो ठुलो घटना हो। रातोरात राजनीति बदलिएको छ। 

माधवको रणनीति के देखियो भने ओली का आसेपासे सत्ताका पुजारी हुन। तिनमा वैचारिक निष्ठा छैन। भएको भए पार्टी विधान मिचिएको कुराको विरोध गर्ने थिए। त्यसैले पार्टी भित्र ओली लाई परास्त गर्ने तरिका हो ओली को बालुवाटार बहिर्गमन। बालुवाटार बाट बालकोट पुग्नासाथ ओली सकियो पार्टी भित्र। बामदेव साथमा हुँदा त बल्ल बल्ल बहुमत ल्याएको ओली ले। माधवको त्यस किसिमको कैलकुलेशन देखियो। १०-२० सांसद गुमाएर भए पनि पार्टी कब्ज़ा गर्ने। केही उप चुनाव हरु हुने भए। देशले अर्ली इलेक्शन त होइन तर अर्ली इलेक्शन अब सीके राउत ले पाए। लड़नैपर्ने भो। केही सीट जित्नैपर्ने भो। प्रभु साह को बारा रौतहट को सीट जितेर देखाइदिनुपर्ने भो। आदर्शका कुरा गर्नुपर्छ। तर चुनाव नजितने पार्टी त थिंक टैंक मात्र हो। रविंद्र मिश्रको छ एउटा। 

माधवको यो कदमले जसपा लाई थप शक्तिशाली बनाएको छ केन्द्रमा। माओवादीले समर्थन फिर्ता लिएको खण्डमा, माधव ले तुरुप कार्ड खेलेको अवस्थामा ओली सरकार ढलेर फेरि ओली सरकार नै बन्ने हो। ठुलो पार्टी भएकोले। ३० दिन समय त पायो। त्यो चौथो ओली सरकार (अहिलेको तेस्रो हो) लाई विस्थापित गर्न तीन दलको सरकार बन्दैन भने ओली ले नै चुनाव गराउन पाउने भए, त्यो पनि अर्ली इलेक्शन। त्यो माधवको चाहना हुन सक्दैन। अब महंथको नेतृत्वको तीन दलको सरकार माधवको पनि चाहना हुनै पर्छ। अर्को उपाय के? अब ओली ले रेशम रिहा र झुठा मुद्दा फिर्तामा खुट्टा घिसार्ने संभावना बढ्यो। जसपा को महत्व एकै साथ माधवले घटाई पनि दियो बढ़ाई पनि दियो। 

मुद्दामा अडिग रहने जसपा को रणनीति थप सही भएको छ। पहिला त तीन दलको सरकारको आईडिया मा माधव थिएनन। अब थपिएका छन। 

माधव चार पाँच कदम अगाडि सोचने चेस को खिलाड़ी मैले त्यसै भनेको होइन। माधवको अर्जुन दृष्टि पार्टी महाधिवेशनमा छ। पार्टी पुर्ण रूपेण कब्ज़ा गर्ने। त्यसका लागि माधव का लागि सबैभन्दा महत्वपुर्ण कदम ओली लाई बालुवाटार बाट बालकोट पुर्याउनु हो। माधवले पार्टी कब्ज़ा गरे पछि आखिर पार्टी एकीकरण नै गर्छन भन्ने प्रचण्डको सोंच हो। त्यस अनुसार माधवको रणनीति स्वतः प्रचण्डको पनि हुन जान्छ। 

यद्यपि सुर्य चिन्ह गुमांउन तैयार हुने हो भने ओली ले बालकोट पुगेर पनि विश्राम लिनु जरूरी छैन। नया पार्टी दर्ता गरे भो। देशव्यापी संगठन त छँदै छ। 

यसमा सबैभन्दा फेल खाने भनेको देउबा को किंकर्तव्यविमुढ योगासन। अब कम्युनिस्ट पार्टी एकीकरण हुन्छ भने नेपालको कांग्रेस भनेको भारतको कांग्रेस हो। महंथ लाई हतार हतार मा प्रधान मंत्री नबनाउँदा कांग्रेस दिन प्रतिदिन रसातल मा पुगिरहेको छ। कांग्रेसी होइन, अरे यार भुतपुर्व त हो। जसपा सँग चुनावी गठबंधन सम्म को सोंच कांग्रेस भित्र विकास हुँदैन भने कांग्रेस सकियो। प्रत्यक्षमा २२ सीट कम लागेको? त्यो कम होइन। १२ कम हो। मधेसमा २२ जिल्लामा दुई तिहाई जसपा, पहाडमा दुई तिहाई कांग्रेस को फोर्मुला मा जानुपर्छ। माधव प्रचण्डको एकीकरण को सामना गर्ने अर्को कुन उपाय? त्यस सम्भावनाको पहिलो कदम हो महंथ लाई हतारमा प्रधान मंत्री बनाउनु। 




No comments: