Saturday, April 17, 2021

महामारी ले राजनीतिक स्थिरता मागेको छ

सन २०१५ को भुकम्पका समयमा ओली र प्रचण्डले यसै गरी तांडव नृत्य शुरू गरेको भए अक्षम्य मानिन्थ्यो होला। यस्तो राष्ट्रिय विपदाको बेला के गरेको यो भन्ने हुन्थ्यो। बुझ्नु के जरुरी छ भने यो महामारी त्यो भुकम्प भन्दा ठुलो विपदा हो। एक वर्ष देखि चलिआएको यो नाटक सकिन्छ भने पटाक्षेप गर्नुपर्छ। म त चाहन्छु  यो संविधानको अवसान होस र नया संविधान आओस। तर त्यो गर्ने समय यो होइन। अहिले विश्वव्यापी महामारी चलेको छ। वैक्सीन पत्ता लाग्यो भन्ने समाचार पत्र पत्रिकामा आएर महामारी समाप्त हुने होइन। गर्मीमा यो वायरस बिलाउने होइन। त्यति त हामीले पोहोर नै थाहा पाएको। 

महामारी ले राजनीतिक स्थिरता मागेको छ। अहिले जसपा र एमाले बीच जुन कुराकानी भएको छ त्यसले यदि देशलाई स्थिरता दिन्छ भने त्यो धेरै राम्रो हुनेछ। राजनीतिक नाटक थामियो अब सबै जनाले महमारीको मिलेर सामना गरौं भन्ने किसिमको वातावरण बनोस। महाभारत युद्ध मा सुर्यास्त पछि योद्धा हरु विश्राम लिन्थे। अहिले देशका नेता हरुले महामारी को नाममा चटक केही समय का लागि भए पनि बंद गर्न सक्नुपर्छ। 

त्यो भनेको ओली ले झुठा मुद्दा फिर्ता गरेर जसपा सँग सत्ता समीकरण को वार्ताको मार्ग प्रशस्त गर्ने। सत्ता समीकरण संभव बनाउने भनेको संविधान संसोधन का लागि स्पष्ट बुंदागत सहमति। जसपा वाला हरुले संविधान संसोधन चाहेको आफ्नो मानव अधिकार को रक्षा का लागि हो। राज्य सभा लाई मधेस माथि भिटो पावर दिने काम भएको छ संविधान मा। तर ओली ले संविधान संसोधन किन चाहनु परयो भन्दा त्यस बिना देश एक मुष्ट भएर आर्थिक क्रांति को मुद्दामा कुदनै सक्दैन। संविधान संसोधन नभएर आर्थिक क्रांतिको हलो अड्किएको अवस्था छ। त्यो बाधा अड़चन फुकाएर आर्थिक विकास को मुल फुटाउनु पर्छ। 

संविधान संसोधन को मुद्दामा चार वटै पार्टी  आउनेछन। सबैले मिलेर मत दिनेछन। त्यसले यस महामारी को समयमा राष्ट्रिय एकताको सन्देश दिनेछ। त्यसको अहिले ठुलो आवश्यकता छ। 





कांग्रेस कहाँ छ ? प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा एउटै सिक्काका दुइटा पाटा जस्तै हुन् । सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक र आर्थिक लाभको भागबन्डाका आधारमा ओली र देउवा एकाकार छन् । .......... २०३५/३६ सालदेखि २०४६ सालसम्मका कुनै आन्दोलनमा सरिक नभएको एउटा जमात कोइरालाको किचेन क्याबिनेटमा जबर्जस्त हावी भयो । ......... धेरै भाषामा कमान्ड भएका, विद्वान्मा गणना हुने मातृका नेपाली कांग्रेसले आन्दोलनमार्फत खोजेको साँचो परिवर्तनको पक्षधर थिएनन् । बीपीले आफ्ना दाइलाई यसरी चिनाइरहँदा आफैंभित्र हुर्किरहेका अन्य विषवृक्षमाथि छाम्न सक्नुभएनछ । २०१७ सालमा राजाले तिनै विषवृक्षहरूको सहयोग र षड्यन्त्रमा ‘कू–देता’ गरेका थिए । ......... गिरिजाप्रसाद कोइराला २०४६ सालको संयुक्त जनआन्दोलनका वैचारिक नेता हुनुहुन्थेन । उहाँ आन्दोलनमा एक प्रकारले घिसारिनुभएको थियो । ‘हाउस एरेस्ट’ गरिनुभएका गिरिजाप्रसादका तर्फबाट जेलभित्र आन्दोलन सुस्ताएको मौका पारेर कुनै पनि दिन आन्दोलनको विपक्षमा विज्ञप्ति जारी हुन सक्ने सम्भावनाले एक थरी आन्दोलनकारी कांग्रेसीहरू त्रस्त देखिन्थे । .......... २०४८ सालमा गृहमन्त्रीको आसन सम्हालेका शेरबहादुर देउवा आन्दोलनभरि देशमा थिएनन् । २०४६ सालको आन्दोलनको वैचारिक नेतृत्व गर्ने नेताहरू २०४८ सालको चुनावमा कमजोर हुनासाथ कांग्रेसको प्रजातान्त्रिक समाजवादको एजेन्डा सुस्तायो, खुला बजारवादी नवउदारीकरणको दोस्रो अभियानपछि कांग्रेसको टेक्स्टबुकबाटै विलुप्त हुन पुग्यो । ........... पार्टीभित्र उदारीकरण, निजीकरण र भूमण्डलीकरणको माखेसाङ्लो बुन्ने र उधिन्नेहरू रातारात करोडपति हुँदै अर्बपति बन्ने होडमा लागे । पार्टीका सीधासादा कार्यकताहरू बिस्तारै पाखा लाग्दै गए । उद्योगी, बैंकर्स र व्यापारीहरू राजनीतिमा छिराइए अनि राजनीतिलाई हाकाहाकी ‘कमिसनखोर पेसा’ बनाइयो । निर्वाचन खर्च उठाउने नाममा विभिन्न पदका टिकटहरू बोल–कबोलका लागि ‘टेन्डर’ मा हालिए । सिद्धान्त र विचारको खेती मरेपछि गुटहरू मौलाए । जो मन्त्री भयो, ऊ मोटायो । .............. पछिल्ला राजा ज्ञानेन्द्रलाई २०४६ सालको संघर्षबाट प्राप्त प्रजातन्त्रको अन्तिम किस्ता किस्तीमा हालेर महामहिम देउवाले नै भेट चढाएपछि दक्षिणपन्थी मुक्तिवादमा शिरदेखि पाउसम्म लपेटिएका गिरिजाप्रसाद कोइराला झल्यास्स हुनुभयो, छवि सुधार्न २०६२/६३ सालको खेतीमा लाग्नुभयो । तर दक्षिणपन्थी मुक्तिवादमा लपेटिएका देउवा, किस्तीमा हालेर प्रजातन्त्र बुझाउने उनै देउवा पुरस्कृत भएर कांग्रेस सभापति बन्न पुगेका छन् । .............  प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा एउटै सिक्काका दुइटा पाटा जस्तै हुन् । २०४६ सालको न २०६२/६३ सालको, कुनै पनि जनआन्दोलनको कुनै पनि खेतीपातीमा ओली र देउवाको न वैचारिक, न त राजनीतिक भूमिका नै थियो । न संघीयता, न गणतन्त्र, न त समाजवाद–उन्मुखताप्रति उनीहरूले खुलेर हालसम्म प्रतिबद्धता व्यक्त गरेका छन् । 
रित्तो हात फर्किनेहरूको देश नेपाली सत्ताले न कहिल्यै आफ्ना नागरिकलाई बुझ्न सक्यो, न त आफ्नो भूगोलको विशिष्टतालाई नै । ............. यस्ता शासकहरू युद्धको उन्मादी परिवेश निर्माण गरेर आफ्नो सत्ता तन्काउन खोज्छन् । महामारीको त्रासदीलाई समेत राष्ट्रवाद उमार्ने उर्वर अवसर ठान्छन् । ....... फर्किएको कोरोना संक्रमणले राज्य र समाजका एकएक कमजोरी उजागर गर्दै छ । .......... जो जहाँबाट आफ्नो थातथलोमा रित्तो हात फर्किंदै छन्, तिनीहरू फगत समाचारका विषय होइनन् । आगतमा हुन सक्ने भोकमरीको पूर्वसंकेत हो यो । ......... कोरोनाले एउटा अवसर दिएको छ, जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन । ओली सरकार त राजनीतिक स्थिरता भन्ने नाराको बेसार छर्किनमा यति लिप्त छ, भुइँमान्छेहरूका सुसेली ओझेल परिरहेका छन् । आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, प्रतिपक्षको तेजोवध गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने निर्वाचित शासक रहिरहेसम्म रित्तो हात फर्किनेहरूको नियति फेरिनेछैन ।
फरक 'हर्कत' देखाउँदै कोरोना !   नेपालमा झन्डै दुई दशक निरन्तर संक्रामक रोगहरुलाई नजिकबाट नियालिराख्दा हाल कोरोनाले देखाइरहेका गुणहरु भने अन्यभन्दा निकै फरक छन् । .......... केहि दिनयता बालबालिका विशेषत: विद्यार्थीहरुमा कोरोना फैलिँदै गएको जानकारीहरु सार्वजनिक हुँदै आइरहेको छ । अभिभावकहरुमा पनि त्रास छ । ..........  विश्वमा कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिने क्रम जारी छ । जुन प्राकृतिक र स्वाभाविक पनि हो । तर केहि भेरियन्टहरु भने अघिल्लो भाइरस भन्दा तीव्र गतिमा फैलिने वा घातक हुने वा रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सक्ने क्षमता क्रमिक रुपमा विकास गरेका देखिन्छन् । जुन प्रमुख चासो र चिन्ताको विषय हो । यस्तो अवस्थामा भाइरस पत्ता लगाउन कठिन हुने, उपचारमा समस्या देखिने, र अझ महत्वपूर्ण कुरा भनेको हाल उपलब्ध खोपहरुको प्रभावकारितालाई समेत चुनौती दिनसक्ने देखिन्छ । हाल वैज्ञानिकहरुको लागि पनि कोरोनाको स्वरुपमा निरन्तर परिवर्तन देखिनु नै टाउको दुखाइको कारण भइरहेको छ । ............... "नेपाली भेरियन्ट" को कोरोना भाइरस विकास नभएको होला भनेर भन्न सकिने अवस्था देखिँदैन वा अहिले नभएको रहेछ भने पनि आगामी दिनहरुमा नदेखिएला भन्न सकिँदैन। ....  बालबालिका मात्र होइन युवाहरु पनि संक्रमित भई अस्पताल भर्ना हुने गरेको दैनिक तथ्यांकको बढ्दो संख्याले पनि देखाउँदछ । ........  कोरोना भाइरस मानिसभन्दा एक कदम अगाडि देखिन्छ । भाइरसले नौलो 'हर्कतहरु' देखाउने क्रम जारी राखेको छ ।


जो हम लोगों का मांग पूरा करेगा, उसके साथ मिलकर सरकार में सहभागी हो रहे हैंः महतो राजेन्द्र महतो ने कहा है कि देश में नयां सत्ता समीकरण बनने जा रहा है, जहां जसपा की भी सहभागिता रहनेवाली है । नेता महतो ने कहा है कि जसपा द्वारा उठाया गया मांग सम्बोधन करनेवाला राजनीति पार्टी के साथ मिलकर जसपा भी सत्ता में सहभागी होने जा रही है । 
गण्डकी प्रदेश के मुख्यमन्त्री विरुद्ध अविश्वास का प्रस्ताव पंजीकृत, नयां मुख्यमन्त्री में पोखरेल प्रस्तावित अविश्वास प्रस्ताव में नेपाली कांग्रेस के १५, माओवादी केन्द्र के ११ और जसपा के २ प्रदेश सांसदों ने हस्ताक्षर किया है । 
महन्थ ठाकुर के साथ मिलकर सत्ता बचाने का प्रयास गलत हैः भुसाल नेता भुसाल ने यह भी कहा है कि आगामी चुनाव तक नेकपा एमाले अन्तरसंघर्ष करते हुए आगे बढेगी । उन्होंने कहा है कि पार्टी अध्यक्ष ओली के कारण ही पार्टी में एक ही कमिटी में रहकर अन्तरसंघर्ष करने की वातावरण नहीं है, जिसके चलते समानान्तर कमिटी निर्माण करना पड़ा है । 

अन्तिमसम्म प्रधानमन्त्री ओलीलाई साथ दिने कसम खाएका महन्थ ठाकुर एकाएक युटर्न, बालुवाटारमा मच्चियो हलचल, अब के गर्लान ओली ?  अन्ततः आफ्नै नेतृत्वमा सरकार बनाउने गरी दुवै पक्ष सहमतिको विन्दुमा आएका छन् । जसपाको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।

संघ र प्रदेशका १२ स्थानमा उपनिर्वाचनको तयारी कांग्रेस पनि उपचुनावमा जान सहमत भएको सरकारको दाबी ....... अब हुने उपनिर्वाचनले सत्तापक्ष र विपक्षी दलहरु जनतामा कति लोकप्रिय÷अलोकप्रिय छन् भन्ने परीक्षा गर्नेछ । यसअघि माओवादीले जितेका १२ स्थानमा हुने उपचुनावले खासगरी माओवादीको परीक्षा गर्नेछ । .......... हालसम्म संघ र प्रदेशसभाका १२ स्थान रिक्त भइसकेका छन् । अझ अरु पनि सांसदका पद खोसिने क्रम जारी रहेकाले कति स्थानमा उपचुनाव हुन्छ भन्ने यकिन छैन ।...........  अहिलेसम्म प्रतिनिधि सभाका ४ र प्रदेश सभाका ८ जना सांसदले माओवादी पार्टी छाडेकाले ती स्थानमा उपनिर्वाचन हुने पक्का भइसकेको छ । ......... रिक्त रहेका प्रतिनिधि सभाका चार स्थानमा कैलाली क्षेत्र नम्बर ३ र ४, रौतहट क्षेत्र नम्बर ३ र अर्घाखाँची क्षेत्र नम्बर १ छन् । ........ प्रदेश २ मा नेकपा माओवादी केन्द्रले चारजना प्रदेशसभा सदस्यलाई एकैसाथ बर्खास्त गरेको छ ........ मण्डल धनुषा क्षेत्र नम्बर १ को(ख), कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को (ख), ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित सांसद हुन् ......... केन्द्रमा माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अनुशासनको कारवाही गरेको छ ......... आम चुनाव गर्ने हो भने आयोगलाई ९० दिन समय चाहिन्छ, उपचुनावचाहिँ ६० दिनमै गर्न सकिन्छ 
खगेन्द्र संग्रौलाको विश्लेषण : प्रसंशाले ओली भस्मासुर बने, प्रचण्ड पाउमा पुगे  अग्रगामी जनयुद्धका नायक प्रचण्डले पनि कालान्तरमा जनयुद्धका अभिष्टहरु र एजेन्डाहरुको सबैभन्दा विरोधीको पाउमा लगेर राखिदिएको ........ श्रीमान् खड्गप्रसाद शर्मा ओलीलाई अहिलेको अवस्थामा अहंकारी, अराजक, असहिष्णु, सारा विधि व्यवस्थामाथि तोडफोड गर्ने पात्रका रुपमा स्थापित गर्नमा हाम्रो पनि धेरथोर योगदान होला । तर, सबैभन्दा ठूलो भूमिका मौसमी राष्ट्रवादले खेलेको छ ।’  ........ पहिलो संविधानसभा विघटन भएयता नै देशमा राजनीतिक प्रतिगमन सुरु भएको ....... ‘यो समाजको सीमान्त कुनाका, सम्पत्ति नभएका, जात नभएका , प्रतिष्ठा र पहुँच नभएका धेरै मानिसहरु विराट जनयुद्धबाट पहिलो संविधानसभामा आएका थिए’ संग्रौलाले भने, ‘ती गुमनाम थिए, उनीहरुलाई  शक्ति र सत्ता र साधन–स्रोतले कहिल्यै चिनेको थिएन । ती सबै मानिसहरु पहिचानका मुद्दा लिएर आएका थिए । पहिलो संविधानसभा जब विघटित भयो, तब प्रतिगमनको यात्रा सुरु भयो ।’ ........ पहिचानको मुद्दा स्थापित नभएसम्म समतामूलक समाज निर्माण हुन नसक्ने उनले बताए । ‘जब प्रतिगमन सुरु भयो, तब सुन्दर संज्ञाहरुलाई पनि विकृत र कलंकित बनाइयो’ उनले भने, ‘अहिले पहिचानको कुरा गर्दा  विखण्डन गर्ने, सामाजिक सद्भाव फैलाउने, राम्रोसँग मिलिरहेको समाजमा कलह सिर्जना गर्नेलगायतका आरोप लगाइन्छ । समाजका शिक्षित, धनाढ्य र शक्तिमा रहेकाहरुमा यस्तो धारणा बनेको पाइन्छ ।’ ..........  पहिचानको विरोध गर्नेहरु नै जातिवादी रहेको संग्रौलाले बताए । ‘सत्य के हो भने समाजका धेरै जातिहरु राज्यको केन्द्रबाट सीमान्तमा छन् । राज्यबाट बाहिर फालिएका छन् । पहिचान लुटिएकाहरुको पहिचान जबसम्म स्थापित हुँदैन, तबसम्म नेपाली समाज न्यायको जग, समानताको जगमा पुग्दैन । असमानता, अन्याय र विभेद व्याप्त भइरहन्छ,’ उनले भने, ‘त्यसैले पहिचानको मुद्दा जातिवाद होइन, यसलाई जसले जातिवादी भन्छ भने त्यो आफैं जातिवादी हो ।’  
कर्णाली प्रदेशको जस्तै देशैभरि हुन सक्छ : भीम रावल  कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन् । .........  पार्टीको विधान नमान्ने, कानुन नमान्ने र मनपरी गर्नेका विरुद्ध कर्णाली प्रदेशमा मात्र नभइ सुदूरपश्चिममा पनि सोही हबिगत हुने .......... पार्टीको रक्षाका निमित्त कर्णाली प्रदेशकै जस्तै देशैभरि हुने ........ देशलाई राजनीतिक अस्थिरता तिर धकेल्ने काम ओलीको भएको बताए । उनले सत्ताको दुरुपयोग र पार्टी विभाजनलाई रोक्नका लागि मात्र अहिलेको संघर्ष भएको बताए ।
एमाले–जसपा सत्ता सहकार्य पक्का  ‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि उडाउने सहमति हामीबीच भएको छ । प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’



No comments: