Showing posts with label rabi lamichhane. Show all posts
Showing posts with label rabi lamichhane. Show all posts

Thursday, June 01, 2023

रास्वपा: नया शिशी, पुरानो रक्सी

पाकिस्तान सरकारको शर्त : इमरानले माफी मागे मात्र वार्ता
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा
रु–पेले पाउने भयो क्रस बोर्डर भुक्तानीको मान्यता पर्यटन, विद्यार्थीदेखि उपचारमा भारत आउनेहरुलाई सहज हुन्छ : भारतीय प्रधानमन्त्री मोदी .
मधेसलाई दुई दिनमा दुई उपहार
हैदराबाद हाउसमा प्रधानमन्त्री, तस्बिरहरू हेर्नुहोस्
नागरिकता विधेयक प्रमाणीकरणको खुसीयालीमा दीप प्रज्वलन, तस्बिरमा हेर्नुहोस्



नागरिकता विधेयक प्रमाणीकरण विरोधमा अनेरास्ववियुले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला
नागरिकता विधेयकबारे रास्वपा : सडक र सदनबाट विरोध गर्ने चेतावनी
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
प्रधानमन्त्रीको भारत भ्रमण : फितलो व्यवस्थापन नेपालको मुख्य सरोकारको विषय नै मुलतबीमा

Sutlej to develop 669MW Lower Arun Chief Executive Officer (CEO) of the Investment Board Sushil Bhatta and Chairman and Managing Director of Sutlej NL Sharma signed the agreement to that regard in presence of Prime Minister (PM) Pushpa Kamal Dahal and his Indian counterpart Narendra Modi at the Hyderabad House on Thursday. ........ Nepal will get 21 percent free energy from the 669 MW project while the rest will be exported to India after paying royalty to the Nepal government. ........ “We will keep on working to take our relation to Himalayan heights. We will resolve border and other issues with this spirit,” Modi said. ........ Speaking after Modi, Dahal also acknowledged discussion about the border issues. “PM Modi and I also discussed about border issues. I suggested that the border disputes should be resolved through established diplomatic mechanism.” ........ The two leaders also participated virtually in ceremonies related to various projects, giving boost to cross-border connectivity and flow of people, goods and energy.

Tuesday, November 22, 2022

Instant Party: Rabi Lamichhane





आक्रोशको मतलाई आशामा बदल्ने परीक्षा सीमा र सामथ्र्यसहित स्वतन्त्र पार्टी राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आएको छ, पार्टीको आफ्नै सैद्धान्तिक दृष्टिकोण भने स्पष्ट भइसकेको छैन, सांगठनिक संरचना अपूरै छ ........ स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन्छ या प्रतिपक्षमै बस्छ भन्ने चासो पनि बढेको छ । ....... समानुपातिकतर्फ करिब १४ प्रतिशत मतका साथ तेस्रो स्थानमा छ । ...... मौलाउँदो भ्रष्टाचार, कमजोर पूर्वाधार र दोहोरिँदा उम्मेदवारले तयार पारेको निराशालाई स्वतन्त्र पार्टीले चुनावी उत्साहमा परिणत गरेको छ । ....... असार पहिलो साता गठन भएको पार्टीले ६४ जिल्लामा संगठन पुर्‍याएको छ, तर सबै समिति पूर्ण छैनन् । केही जिल्लामा नगर र वडा समिति बनाए पनि ती कहाँ–कहाँ छन् भन्ने यकिन विवरण केन्द्रसँग छैन । ....... ललितपुर–३ की प्रत्याशी डा. तोसिमा कार्की चिकित्सक हुन् भने काठमाडौं–२ की सोविता गौतम टेलिभिजन कार्यक्रम प्रस्तोता र कानुन व्यवसायी हुन् । काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका शिशिर खनालले शैक्षिक उन्नयनमा लागिपरेको संस्था ‘टिच फर नेपाल’ को नेतृत्वमा रहेर लामो समय काम गरेका थिए । ....... पार्टी गठनलगत्तै ‘आरएसपी’ नाममा एप खोलेर सदस्यता वितरण अभियान सुरु गरिएको थियो । त्यसबाट करिब एक लाखले सदस्यता लिएको ....... विद्रोह, सामाजिक आन्दोलन वा निरन्तर सांगठनिक अभ्यासबाट मात्र दल उदाउने इतिहास रहेका बेला फरक तरिकाले सतहमा आएको स्वतन्त्र पार्टी .

मैंडेट गगन, वर्षमान, रवि, सीके को हो

गठबन्धन को बहुमत आउने छाँटकाँट देखिएन। एमाले सशक्त विपक्ष बन्ने देखियो। चुनावी परिणाम नै जनता को मैंडेट हो। त्यस अर्थमा रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी ले पनि मैंडेट पाएको नै भन्नुपर्छ। अंतिम नतिजा आएको छैन तर जति आएको छ त्यसले संकेत दिन्छ। 

शेर बहादुर देउबा टीवी मा रयाल काढ़दै बस्ने कि कात लाग्ने? देउबा संसदीय दलको नेता भएको कांग्रेस नजिक रवि लामिछाने को पार्टी, सीके राउत को पार्टी, रेशम चौधरी को पार्टी, राजेन्द्र लिंगदेन को पार्टी आउन मिल्दैन। अंकगणित मात्र को कुरा होइन। हावा कता बगेको छ? त्यो पनि हेर्नु पर्छ। देश ले नयापन खोजेको छ। 

पहिला गगन गणतंत्रवादी भएको पछि कांग्रेस। कांग्रेस को प्रत्येक सदस्य बराबर, नया पुरानो सबै बराबर भन्दै टिकट बाँड्ने काम प्राइमरी इलेक्शन द्वारा गर्ने उद्देश्य बोकेको मान्छे। 

मैंडेट गगन, वर्षमान, रवि, सीके को हो। चार जनाले मिलेर सरकार बनाउनुपर्छ। बुढ़ा हरु कात लाग्ने अब। 






Monday, November 21, 2022

हॉर्न बजेछ, घण्टी बजेछ

हुन त मतगणना शुरू मात्र भएको छ। एक सीट मा मात्र जित घोषणा भएको अवस्था हो यो। तर सीके राउत को जनमत पार्टी र रवि लामिछाने को राष्ट्रिय स्वतंत्र पार्टी राष्ट्रिय पार्टी बन्ने देखियो। 

सबैभन्दा बढ़ी जिज्ञासा को चुनाव सीके राउत र उपेन्द्र यादव को सीधा प्रतिस्प्रधा सारा देश का लागि। त्यहाँ सीके ले स्वीप नै गरेको देखियो। 

कांग्रेस को भोट वाम लाई ट्रांसफर नहुने रहेछ। माओवादी को हालत खास्ता छ। तेस्रो दल हुने नहुने अवस्था जस्तो छ। 

रवि, चन्द्र  र रेशम। रेशम चौधरी को पार्टी ले पनि राम्रै गर्दैछ। सीके राउत ले पार्टी एकीकरण को पहल गर्नुपर्छ। 

बालेन र हर्क ले लौरो टेकेको आधार मा हॉर्न बजेछ, घण्टी बजेछ। 

कुनै एक पार्टी को बहुमत त्यसै पनि आउँदैन। 

गगन ले पनि आफ्नो क्षेत्र मा राम्रो गरेको देखियो। 

देउबा ले हारे हुने। सागर ले जिते हुने। प्रतिस्प्रधा दिएको त देखियो। 

तोशिमा सबिता ले राम्रो गरेका छन। काठमाण्डु ले राम्रो सन्देश दियो। 

देउबा हारेर गगन संसदीय दलको नेता बन्ने। गठबंधन भत्किने। गगन, रवि, सीके, रेशम मिलेर सरकार बनाउने। त्यो पनि हुन सक्छ। तोशिमा स्वास्थ्य मंत्री बन्ने। संख्या नपुगे राप्रपा पनि। लिंगदेन को राप्रपा। राजा अपेंडिक्स हो लिंगदेन को। नया पुस्ता को सरकार। सागर पनि। 












मतगणना चलिरहँदा श्रीमती लिएर फिल्म हेर्न पुगे गगन थापा

Tuesday, August 16, 2022

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस

सधैँ विपक्षी आवाज बनेर बस्ने मेरो धोको होइन। तर शान्ति प्रक्रिया भनेको देश लाई प्रचंड को एकदलीय सोंच मा लाने भनेको त थिएन। कहिले एमाले लाई काखी च्यापेर दुई तिहाई, त कहिले कांग्रेस लाई। चुनावी प्रतिस्प्रधा नै नहुने भनेको बस हरु ले सिंडिकेट बनाए जस्तो अवस्था हो। स्थानीय चुनाव लाई महिला पदमा नल्याउ अभियान बनाए। होइन भने दुई मध्ये एक पदमा महिला उठाउनुपर्ने भनेको छ संविधान ले। चुनावी गठबंधन को हकमा पनि त्यो लागु हुनुपर्ने हो। 

मुख्य कुरा मुद्दा हो। अबको प्रमुख मुद्दा भनेको सुशासन हो। गगन प्रधान मंत्री, वर्षमान उप प्रधान मंत्री, अमरेश सिंह विदेश मंत्री, झाँखरी मंत्री जस्तो उभार आए पनि हुने हुन्छ यदि मुद्दा समातेको छ भने। नारा मात्र होइन सुशासन को स्पष्ट रोडमैप नै भएको। होइन भने बुढ़ा नेता हरुको कुरुवा बस्ने भुतपुर्व युवा नेता हरु को के काम? 

गगन वर्षमान जस्ता ले भ्रष्टाचार को मुद्दा नसमाते अथवा समाउन नसके रवि लामिछाने र सीके राउत ले भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गर्न करै लाग्छ। स्रोत साधन ले क्रांति गर्ने भए न २०४६ मा हुन्थ्यो, न सन २००६ मा, न कुनै मधेसी क्रांति नै हुन्थ्यो। मुख्य कुरा त मुद्दा हो। 

मोटामोटी अहिले को सात प्रदेश को नक्शा नै कायम रहने जस्तो देखियो। तर प्रदेश सरकार ले लोकसेवा आयोग र प्रहरी पाउने मधेस प्रदेश सरकार को नेतृत्व मा भएको प्रयास सराहनीय हो।   

जॉर्जिया देश मा नेपाल जस्तै ख़राब अवस्था। कदम कदम मा नागरिक सँग घुस माग्ने काम भएको अवस्था नै थियो। सारा ट्राफिक प्रहरी लाई एकैपटक बर्खास्त गरेर नया डफफा खड़ा गर्नुपरेको। भ्रष्टाचार को मुद्दा मा चुनावी क्रान्ति गरेर देश भरिका न्यायधीश लाई एकै पटक पदमुक्त गरेर मेरिट का आधार मा नया डफफा तैयार गर्नुपर्ने हो कि? दलीय सिफारिस मा पदमा पुगेका हरु लाई हटाउनु पर्ने हो कि? 

सरकारी सेवा पुर्ण डिजिटल गरेर दुई तिहाई कर्मचारी लाई एक वर्ष तलबी विदामा राखेर पदमुक्त गर्नुपर्ने हो कि? गृह युद्ध सकियो सशस्त्र प्रहरी अब घर जाउ भन्नुपर्ने हो कि? सेना वापस ३०,००० को संख्यामा लाने हो कि? 

बहुदल, गणतंत्र र संघीयता का लागि क्रांति गरेको नेपाली जनता ले सुशासन का लागि चुनावी क्रांति गर्दैन भनेर भन्न सकिने अवस्था छैन। 




Investing in Flow .

Saturday, August 13, 2022

बालेन ले देखाएको बाटो

फोहर उठेको छैन। उठ्न थालेको छ। व्यापक प्रयास भएको छ। तर बालेन को टीम लाई फोहर मा अल्झाएर राख्ने सुनियोजित दुष्प्रयास नै भैराखेको छ। सन २००५ मा देश माथि राजा शासन लादने शेर बहादुर देउबा (नामै देशडुबा) सन २०२५ सम्म मा देश माथि जसरी पनि राणा शासन लादिछोड्ने प्रण गरेर बसेका छन। आरजु राणा को पैरेलल सरकार ले बालेन को टीम लाई फोहरमैला मा व्यस्त राख्ने निर्णय गरेको छ। प्रदेश र केन्द्र सरकार ले व्यापक असहयोग गरेको छ। होइन भने त्यो जाबो फोहर। एउटा परिवार ले आफ्नो घर आँगन को गोबर सोतरेको आफ्नो आँखा ले देखेको छु। 

गल्फ जानसक्ने, गल्फ बाट बाकसमा फर्किन पनि सक्ने तर ती बाकस व्यापारी हरु विरुद्ध चुनावी उम्मेदवारी दिन नसक्ने? नया पुस्ता ले चुनावी क्रान्ति गर्नुपर्ने भएको छ। चुनाव जित्न खर्च लाग्ने होइन रहेछ। बालेन ले देखाएको बाटो। नेतृत्व भनेको अरुले लगाइदिने पगरी होइन। आफैँ अगाडि आउन सक्नुपर्छ। लिन सक्नुपर्छ। 

चुनावी क्रान्ति भनेको देउबा-प्रचण्ड को पौने चार दलीय गठबंधन, ओली को सवादलीय गठबन्धन सबैलाई बढारेर फाल्ने किसिम को हुनुपर्छ। संसद को दुई तिहाई ले देशको समस्त न्यायधीश हरु लाई एकै पटक हटाएर मेरिट का आधारमा त्यसै मध्ये केही लाई पुनर्नियुक्ति गर्ने किसिम को हुनुपर्छ। होइन भने माओवादी ले नियुक्त गरेको न्यायधीश ले रेशम लाई जेल मा हाल्छ। थारू ले माओवादी बाहेक अरुलाई भोट दिने जुर्रत? 

सरकारी सेवा डिजिटल बनाएर देशका दुई तिहाई कर्मचारी लाई अवकाश दिने किसिमको चुनावी क्रान्ति चाहिएको छ। सशस्त्र लाई घर पठाउने किनभने गृहयुद्ध त सकियो। सेना लाई डाउनसाइज़ गर्ने। 

नया पुस्ता शहीद हुनु जरूरी छैन। नया पुस्ता सड़क मा आउनु जरूरी छैन। नया पुस्ता ले नेपाल बन्द गर्नु जरूरी छैन। तर नया पुस्ता ले चुनावी क्रान्ति भने गर्ने पर्ने भएको छ। देशलाई यो चुनावी क्रान्ति को यति सारहो जरूरत छ कि देशले १० वटा राष्ट्रिय पार्टी खड़ा गरिदिन सक्दछ। जाबो तीन लाख भोट बटुले राष्ट्रिय पार्टी बन्ने हो। 









Wednesday, July 27, 2022

Hamro Rabi, Hamro Jeffrey