Pages

Friday, December 18, 2015

एक व्यक्ति एक मत एक वचन

एक व्यक्ति एक मत जीव बिज्ञान र अंक गणित मा आधारित छ। व्यक्ति भन्नाले Homo Sapien. अर्थात कुकुर अथवा परेवा ले पाउने भएन। मनुष्य जीवित चाहिँ हुनुपर्यो। त्यो व्यक्ति को इतिहास को खासै मतलब हुँदैन।

एक व्यक्ति एक मत एक वचन। आफुले बोल्न पायो। अरुले बोलेको सुन्न पायो। शांतिपूर्वक।

यही प्रक्रिया चल्दै जाँदा समाजमा विभिन्न संस्था हरु जन्मिने र बलियो हुँदै जाने हुन्छ।

लोकतंत्र चलायमान हुन्छ। नेपालमा चाहिँ एक व्यक्ति आधा मत त कहीं पौने एक मत छिराउन खोजेर देश नै डिरेल (derail) भएको छ। एक व्यक्ति एक मत भनेको समानता। एक व्यक्ति आधा मत त कहीं पौने एक मत भनेको विभेद।







No comments: