Monday, December 21, 2015

सीके



डा. सी. के. राउतको पक्षमा मधेशमा जनसागर उर्लियो
मधेशमाथि लादिएको उपनिवेश र मधेशीहरूमाथि हुँदै आएको विभेद र दमनको जागरुकता अभियानमा

नवलपरासि को परासि बजारमा शुक्रबार १२००० भन्दा बढी समर्थकहरूबिच डा. सी. के. राउतले जनसम्बोधन गरेका छन् ।

मधेशी एकता समाज र स्वतन्त्र मधेश गठबन्धन नवलपरासीको संयोजकत्वमा गरिएको आमसभामा प्रमुख अतिथि डा. राउत, बिशेस अतिथि केन्द्रिय उपाध्यक्ष कैलाश महतो, केन्द्रिय प्रवक्ता अब्दुल खान, बालगोबिन्द चोधरी, जे.पी. यादव, दिपेन्द्र चोबे, चन्दन सिंह, सुरेश यादव लगायतका वक्ताहरूले मधेशको गौरवशाली इतिहासदेखि नेपाली औपनिवेशिक शासन, मधेश र मधेशी प्रतिको अन्याय विषयमा मन्तव्य राखेका थिए भने आमसभाको अध्यक्षता मधेशी एकता समाजका मदन यादवले गरेका थिए ।..... डा. राउतले मधेशीहरु सदियोदेखि उपेक्षित रहेको भन्दै नेपालि साम्राज्यले गरेको भेदभाव विरुद्ध एकजुट भई धैर्य र साहसका साथ शान्तिपूर्ण तरीकाले लडाई लडनुपर्ने बतउनुभयो । मेडिया बाट समेत उपेक्षित रहेको देखिएको उक्त सभामा नेपालि कुनै पनि मेडियाले मधेशका समाचार प्रकाशन तथा प्रशारण नगरेकोले मधेश अलग देश नै भएको स्वत: भान हुने अधिकांस वक्ताहरुले बताएका थिए । त्यस्तै कार्यक्रमका अध्यक्षता गरेका मदन यादवले “राज्यले बिभेद गरे छुटीन्न पाउने अधिकार” सहितको संविधान जारि नगरे आफूहरु महाआन्दोलनमा जाने बताउँदै अबको महाआन्दोलनले मधेश स्वराज स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।


No comments: