Wednesday, October 07, 2015

In The News (29)

संविधान संशोधनको प्रस्ताव दर्ता
राज्यका सबै अंगमा समानुपातिक समावेशीका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय संशोधन विधेयकमा छ ।


बिना कुनै सहमति टुङ्गियो सरकार-मोर्चा वार्ता
शुक्रबार फेरि वार्ता हुने
सरकारी टोलीले विभिन्न कारणले तीन दलका शीर्ष नेताहरुसँग छलफल हुन नसकेको भन्दै थप एक दिनको समय मोर्चासँग माग गरेका छन् । 'उहाँहरुले भोलि एक दिनको समय माग गर्नु भएको छ,' मोर्चाका वार्ता टोली सदस्य रामनरेश रायले भने-'पर्सि फेरि वार्तामा बस्ने सहमति भएको छ ।'

औपचारिक रुपमा राजनीतिक एजेन्डामा बैठक प्रवेश नै नगरेको

उनले बताए । ...... मोर्चाको टोलीले भने लामोसमय आन्दोलनमा होमिदापनि आफूहरुको माग सुनुवाई नभएपछि बाध्यतावस नाकावन्दीको आन्दोलन रोज्नु परेको भन्दै माग पूरा नभएसम्म त्यो फिर्ता नहुने बताए । ..... सरकारी स्तरबाट पूरा गर्न सकिने वार्ता अगाडिको पूर्व शर्तहरुबारे निर्णय र भएका निर्णय कार्यान्वयन नगरेको मोर्चाले सरकारी टोलीसँग आपत्ति जनाएको थियो । तराई मधेसमा खटिएका सेना र सशस्त्र प्रहरीलाई फिर्ता, निषेधित क्षेत्र फिर्ता, मृतकलाई सहित घोषणा र क्षतिपूर्ति दिने निर्णयको कार्यान्वयन, घाइतेको प्रभावकारी उपचार, पक्राउ परेकाहरुको मुद्दा फिर्ता र रिहाई तथा आन्दोलनमा भएका दमनको छानविनका लागि न्यायीक आयोग गठनको शर्त मोर्चाले राखेको छ ।


आन्दोलनमा समर्थन खोज्दै जनजाति नेताहरु भारतीय दूतावास पुगे
मधेस आन्दोलनमा समर्थन गरेकोमा भारतीय सरकारलाई धन्यवाद
पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका तर्फबाट दूतावासको ध्यानाकर्षण गराएका हुन् । .... नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाको नेतृत्वको टोलीले राजदूत रणजीत रायलाई भेटेको हो । .... ‘तराई मधेसमा मधेसी र थारुले जुन मुद्दा लिएर आन्दोलन गरे त्यसमा आदिवासी जनजातिको पूर्ण समर्थन छ,’ नयाँ संविधानको स्वामित्व जनजातिले लिन नसकेको उल्लेख गर्दै नेता शेर्पाले भने, ‘मधेसमा उठेका मुद्दालाई भारतले साथ दिएकोमा धन्यवाद दियौं र त्यसका साथमा आदिवासी जनजातिले समेत नयाँ संविधानको स्वागत गर्ने वातावरण निर्माण गराउनका निम्ति ध्यानाकर्षण गरायौं ।’ ...... जनजाति र सरकारबीच विगतमा भएको सम्झौतालाई संविधानले सम्बोधन नगरेकाले आदिबासी आन्दोलन जारी रहेको उनले बताए । ‘मधेसी र थारुको मुद्दालाई भारतले जसरी समर्थन गरेको छ अब अन्तर्राष्ट्रिय समुदायले पनि आदिवासीको मुद्दामा समेत एकसाथ समर्थन जुटोस् भन्ने चाहन्छौं,’ शेर्पाले भने । ......

‘मुलुकमा राणा शासन हटाउन राजा त्रिभुवन र राजा हटाउन दलहरुलाई सहयोग गरेजस्तै अहिले आदिबासी जनजातिको समेत संविधानमा अपनत्व हुने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छौं,’

भेटपछि अर्का नेता आङकाजीले भने । ..... सहमतिबाटै केही ढिलो गरी संविधान जारी होस् भन्ने मत राख्दा हतारमा जारी गरिएकोले मधेस आन्दोलनले उग्रता लियो । त्यो भारतको कारणले होइन ।’


भारतीय रवैयाप्रति प्रधानमन्त्रीको आक्रोशपूर्ण अभिव्यक्ति
'राष्ट्रिय स्वाधिनता अभियान' सुरु गरेका प्रमुख राजनीतिक दल र संघसंस्थासंग सम्बद्ध युवा नेताहरुको टोलीसँग बुधबार कुरा गर्दै .....

विदेश नीति सम्बन्धमा एउटै राष्ट्रिय दृष्टिकोण नभएकोले नेपालमा यस्ता समस्या आउने गरेको कोइरालाले बताएका थिए ।

.... 'भारत ठूलो देश हो आर्थिक र हतियारका युद्ध जित्न हामी सक्दैनौ तर नैतीक र मानवीय मुल्यलाई हामीले सजिलै जित्ने हैसियत राख्छौ' युवा टोलीले संयुक्त राष्ट्रसंघ प्रतिनिधिसँग भन्यो,' भुकम्पको पीडामा रहेको मुलुकमा मानव अधिकार र मानवीय मुल्यको धज्जी उडाउने काम भएको छ यसलाई अन्तर्राष्ट्रिय रुपमा उठाईदिनुपर्‍यो ।'
अधिक सहुलियतमा भारतीय कम्पनीलाई फास्टट्र्याक
९५ किलोमिटरको सडकमा ट्रक, बस, मिनी बस, कार र मोटरसाइकल गरी करिब २१ हजार सवारी साधन गुड्नुपर्ने छ। एउटा पनि सवारी साधन नगुडे वार्षिक १५ अर्ब रुपैयाँ सरकारले कम्पनीलाई बुझाउनुपर्ने सर्त प्रवद्र्धकको छ। कम सवारी गुडेर कम मात्रै रकम उठे पनि १५ अर्बमा अपुग भएको रकम सरकारले थपेर दिनुपर्ने छ। ....... दोस्रो अन्तर्राष्ट्रिय विमानास्थल विसं २०२२ भित्र बने २०२५/२६ सालबाट न्यूनतम राजस्व ग्यारेन्टी अन्तर्गतको रकम बुझाउनु पर्दैन। विमानस्थल बनेको अवस्थामा पर्याप्त सवारी आगमन हुने प्रक्षेपणसहित नाफा हुनेछ। २०२६ सालभन्दा अगाडि २३ अर्ब ५७ करोड रुपैयाँ घाटा हुने छ। तर, विमानस्थल निर्माणको प्रक्रिया तत्कालै अघि बढ्ने सम्भावना भने छैन। त्यस्तै विमानास्थल बन्दै नबनेको अवस्थामा २०३१/३२ बाट मात्रै न्यूनतम राजस्वको रकम बुझाउनुपर्दैन। त्यसभन्दा अघिल्ला १० वर्षमा ६४ अर्ब ३९ करोड रुपैयाँ सरकारले तिर्नुपर्ने प्रक्षेपण छ।....... उक्त रकम पनि सरकार र कम्पनीले क्रमश: ८० र २० प्रतिशतको अनुपातमा बाँडिने भएकाले राज्यलाई व्यभार नहुने ......

‘कुनै पनि वर्ष १५ अर्ब रुपैयाँ तिर्नु पर्दैन। तिर्ने रकमको केही हिस्सासमेत ऋण र सेयर लगानीकर्ताको हिस्सेदारका हिसाबले सरकारलाई नै फिर्ता हुने छ,’ उनले भने, ‘यो आयोजनामा नेपाललाई व्यभार पर्ने सम्भावना छैन।’

...... निर्माणपछि फास्ट ट्रयाक भएर गुड्ने मोटरसाइकलले करिब १ हजार ५ सय ५८, कारले ३ हजार १ सय १६, बस तथा ट्रकको ६ हजार २ सय ३२ र हेभी ट्रकले ९ हजार ३ सय ४८ रुपैयाँ तिर्नुपर्ने हुन्छ। ..... तर, सोही फास्टट्रयाक आसपास रहेर सरकारले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडलाई पनि सुरुङ मार्ग निर्माण गर्ने इजाजत दिइसकेको छ। ‘मानौं भोलिका दिनमा सुरुङ मार्ग निर्माण भई सवारी साधनको दस्तुर कम गरिदियो भने यो फास्टट्रयाकमा आकर्षण हुने छैन,’ सरकारका एक उच्च अधिकारीले भने, ‘त्यसपछि सरकारले हरेक वर्ष न्यूनतम राजस्व ग्यारेन्टीका नाममा शुल्क तिर्नुपर्ने हुन्छ कि हुँदैन?’ ...... १ खर्ब १२ अर्ब रुपैयाँ लगानी लाग्ने प्रतिवेदनमा औंलाइयो। यसमध्ये ५ प्रतिशत इक्विटी र ९५ प्रतिशत प्रिफेन्स सेयरको अनुपातमा १५ अर्ब सरकारको सेयर हुने छ। ७५ अर्ब रुपैयाँ भारतको सहुलियतपूर्ण ऋण ३ प्रतिशत ब्याजमा लगानी गरिने छ। ऋण दिने विषयमा अर्थ मन्त्रालयले पनि सहमति दिइसकेको छ। बाँकी २२ अर्ब रुपैयाँ भने सम्बन्धित कम्पनीले गर्ने हो। ...... यसअघि एडीबीले गरेको डीपीआर अध्ययनअनुसार ९६ अर्ब रुपैयाँ लागत औंल्याइएको थियो। विश्व बैंकको भने १ खर्ब ३० अर्ब निर्धारण गरेको थियो। ‘सामान्यतया डीपीआर निर्माण गर्ने र सोही कम्पनीलाई निर्माणको जिम्मेवारी दिने र सरकारले साझेदार हुने काम विरलै गरिन्छ,’ एक अधिकारी भन्छन्, ‘यसमा त सहुलियतपूर्ण ऋणसमेत उसैले दिने तयारी भइरहेको छ।’ मन्त्रालयका सचिव ठाकुरले भने दुई मिटर चौडा थप गरिएकाले लागत बढ्न गएको हो। ..... ‘वित्तीय स्रोत जुटाएपछि १ हजार ८ सय २६ दिनभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने छ। नगरे प्रतिदिन १ करोड रुपैयाँ हर्जना तिर्नुपर्ने। त्यसको २ सय ७० दिनसम्म पूरा नगरे रद्द गर्ने व्यवस्था छ।’ ..... ‘सहुलियतपूर्ण ऋण पनि उसले मागेको हैन। हामीले नै दिने भएका हौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारबाट ऋण ल्याई लगानी गर्दाको अवस्थामा उसले २३ अर्ब ४० करोड देखि ३८ अर्ब ९० करोडसम्म न्यूनतम राजस्व ग्यारेन्टीको माग कम्पनीले गर्‍यो। यो रकम कम गरे हामी नै सहुलियपूर्ण ऋण दिन्छौं भनेर व्यवस्था गरिदिएका हौं।’ ...... उनीहरूले हामीले अन्तर्राष्ट्रिय बजारबाट ऋण ल्याउने हो। बढी ब्याजको ऋण ल्याउँदा नाफा कम हुन्छ भन्दै न्यूनतम राजस्व ग्यारेन्टी बढी मागे। भारतले दिएको सहुलियतपूर्ण ऋण थियो। हामीले नै सस्तो ब्याजको ऋण उपलब्ध गराइदिन्छौं तर राजस्व ग्यारेन्टीको रकम कम गरिदिनुपर्‍यो भन्यौं। ..... नेपाली कम्पनीलाई किन नदिने? भन्ने प्रश्न उठ्ने गरेको छ। प्रवर्द्धकले सुविधा पाउन प्रस्तावमा सहभागी हुनुपर्‍यो नि। सुविधा लिन इच्छा हुनेहरूले पहिले नै सहभागी हुनुपथ्र्यो। त्यसपछि नेगोसेसन हुने हो।...........

सहुलियतपुर्ण ऋण जुन देशबाट ल्याइन्छ त्यही देशसँग सम्बन्धित निकायबाट खर्च गर्ने अभ्यास छ। चीनले दिन्छ भने चीनकै कम्पनीले पाउँछ। जापानले दियो जापानकैले पाउँछ। यो विश्वव्यापी अभ्यास हो।

..... हामीसँग दोस्ती भएर यो कम्पनीलाई दिन खोजेका हैनौं। यो बुट ऐनमा भएको व्यवस्थाबाट छानिएको कम्पनी हो। ऐनले त सरकारले चाहेमा बिनाप्रतिस्पर्धा सम्झौता गर्न दिने व्यवस्था गरेको छ। तर, हामी त्यसमा गएनौं। आईएल एन एफएस कम्पनीले पहिले पनि दुई पटक प्रस्ताव पेस गरेको थियो। तर पनि पुन: प्रतिस्पर्धा गराएर छनोट गरेका हौं।


कांग्रेस महाधिवेशनको महाभारत
मधेशका विभिन्न जिल्लामा आन्दोलनकारीले कांग्रेसका कार्यालय जलाएका छन् । केहिमा तोडफोड भएका छन् । त्यसले पनि जिल्ला र त्यस मातहतका क्षेत्रीय, गाउँ, नगर र इकाई अधिवेशन गर्नलाई प्रभाव पार्ने देखिन्छ । ..... ७ प्रदेशको सिमाङ्कन सहित नै संविधानमा व्यवस्था गरिएको छ । पार्टीलाई त्यो प्रदेशमा कसरी सञ्चालन गर्ने भन्ने रणनीति बनाउन पनि कांग्रेसले सकेको छैन् । कुन स्तरको नेतालाई प्रदेश प्रमुख बनाउने भन्नेमा पनि पार्टी अनिर्णित छ । ..... १२ औं महाधिवेशनमा एक मात्र जिवित सस्थापक कृष्णप्रसाद भट्टराईलाई उद्घाटन सत्रमा निमन्त्रणा दिन कार्यवाहक सभापति रहेका कोइराला आफु नगएर कार्यकर्तालाई पठाएको भन्दै भट्टराई उपस्थित नभएपनि उनको आलोचना भयो । ..... महामन्त्रीका लागि केन्द्रिय समितिमा नाम सिफारिसका लागि तय गरेको डा. रामशरण महतको नाम भारतबाट एसडि मुनी आएपछि एकाएक काटिएर कृष्ण सिटौलाको नाम सिफारिस गर्न सुशील बाध्य भए । सिटौलाको नाम सिफारिस भएपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा १५ औं नम्वरमा जितेको भन्दै केन्द्रीय सदस्यहरुले व्यापक आलोचना गरेपछि महिनौ उनको नाम महामन्त्रीमा केन्द्रीय समितिले अनुमोदन गरेन ।


मधेसी दलसँगको वार्ता किन परिणाममुखी हुन सकेन ?
तर, एमालेले कुनै चासो राखेको देखिएको थिएन । मधेसवादी दलका नेता अहिले पनि वार्ता सफल नहुनुमा एमालेकै दोष देख्छन् । .... अवस्था जहाँको त्यहीँ छ । वार्ता १९ बाट २० भएका छैन ...... भोलिपल्ट कैलालीमा आन्दोलनकारीको आक्रमणबाट सात प्रहरीको ज्यान गएको थियो । त्यो घटनाले पूरै देशलाई स्तब्ध बनाएको थियो । ..... मधेसवादी दल र सरकारबीच भएको गोप्य वार्ताले कुनै परिणाम नदिएपछि बाध्य भएर भारत सक्रिय भयो । ..... भारतीय पक्षले १० दिनका लागि संविधान निर्माण प्रक्रिया रोक्न भनेको थियो । तर, तीन दलका नेताले नचाहँदानचाहँदै भदौ २५ र २६ गते दुई दिनका लागि प्रक्रिया स्थगित गरे ।
संविधानसभाबाट राजिनामा दिएका सद्भावनाका सभासद् अझै सुविधा बुझ्दै
सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले राजिनामा दिएपनि त्यो स्वीकृत नभएसम्म सेवा सुविधा रोक्न नमिल्ने बताए । उनले सभामुख नेम्वाङ समक्ष चारजनाको राजिनामा आएको छ तर त्यो अझै स्वीकृत भएको छैन, त्यस विषयमा अनुसन्धान भइरहेको र राजिनामा स्वीकृत नभएसम्म सेवा सुविधा रोक्न नमिल्ने बताए ।
संविधान बनेपछि पहिलो पटक प्रचण्ड मधेसमा, भारतको नाकाबन्दीले राष्ट्रिय सहमतिको वातावरण बलियो बन्योः प्रचण्ड



ओलीप्रति भारतको आक्रोस
नेपालले मधेसी समस्या हल गर्छौं भनी दिएको प्रतिबद्दता व्यवहारमा नउतारेसम्म अहिलेको आपूर्तिलगायत नेपाल–भारत सम्बन्धमा आएको गतिरोध अन्त्य नहुने भारतीय विदेश मन्त्रालयले बताएको छ । ..... विदेश मन्त्रालयका सहसचिव तथा नेपाल प्रभावरी अभय ठाकुरले ‘ओलीले भारतको विरोधमा भाषण गर्दैमा समस्याको समाधान नहुने’ आक्रोसपूर्ण अभिव्यक्ति राजदूत उपाध्यायलाई सुनाएका थिए । ओलीकै प्रसंगसँग जोड्दै उपाध्यायले पिटिआईलाई दिएको अन्तर्वातापं्रति पनि ठाकुरले असन्तुष्टि जनाएका थिए । ओलीले नेपालीले संविधान बनाउँदा भारत बेखुसी हुनुपर्ने कुनै कारण नभएको अभिव्यक्ति दिँदै आएका छन् । ...... भारतले नेपालको नयाँ संविधान तत्काल संशोधन गर्न पनि नेपाललाई भनेको छ । नयाँ सरकार बनेपछि संसद्मा र्दुइ तिहाइ पुग्न नसक्ने (सत्ता समीकरणका कारण) र भविष्यमा पनि दुई तिहाइ मत सहजै जुट्न सम्भव नहुने विश्लेषणका आधारमा भारतले अहिले नै ५० प्रतिशतभन्दा बढी निर्वाचन क्षेत्र मधेसमा तोक्न दबाब दिएको हो
बैकल्पिक प्रकृयाबाट इन्धन आपूर्ति गर्दै निगम : भोली सूचना निकाल्ने
बैकल्पिक आपूर्ति व्यवस्था प्रभावकारी भएमा दिर्घकालिन रुपमै उक्त प्रकृया अपनाउन सकिने निगमले जनाएको छ ।
एमालेलाई यसकारण चाहियो प्रधानमन्त्री : प्रदीप ज्ञवाली
हामीले सरकारको नेतृत्व दाबी गर्नुको अर्को कारण हाम्रो प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीप्रतिको जनचाहना देखेर पनि हो । एमाले अध्यक्ष केपी ओलीलाई नेपाली जनताले एकपटक प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।
कुन पार्टी कतापट्टि ?
मतदानको दिनसम्ममा प्रचण्डले निर्णय बदलेनन भने केपी ओलीलाई आफ्नै दलका १८३, एमाओवादीको ८२, नेकपा मालेका ५, नेमकिपाका ४, जनमोर्चाका ३, नेकपा संयुक्तका ३ र प्रेमबहादुर सिंह एकसहित जम्मा २८१ सांसद्को समर्थन प्राप्त हुने देखिएको छ ।

ओलीलाई प्रधानमन्त्री बन्न कम्तीमा १६ देखि २० सांसद् अपुग देखिएको छ ।

.... कांग्रेसको पक्षमा आफ्नै २०७ ...... गैरवामपन्थी कित्ताका सबै मत एकत्रित गर्दा मात्रै कांग्रेस नेतृत्वको सरकार गठन सम्भव हुनेछ । कांग्रेसले राप्रपा नेपालका २५, राप्रपाका ११, फोरम लोकतान्त्रिकका १४, तमलोपाका ११, संघीय समाजवादीका १५, सदभावना ५, तमलोपा (यादव) ३, राष्ट्रिय सद्भावना ३, थरुहटका २ तथा विश्वेन्द्र पासवान , रुक्मिणि चौधरी, अनील झा, फोरम गणतान्त्रिक र खुम्बुवानका एक–एक गरी जम्मा ९७ सांसद्का समर्थन प्राप्त गर्नुपर्ने हुन्छ ।
मोदी कुरै गर्न चाहन्नन्
प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीको सोमबार भएको संयुत्तः बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्री मोदीसँग हटलाइन वार्ता गर्न भनेपछि कोइरालाले प्रयास थालेका हुन् ।
नाकामा भारत झन् कठोर
मधेस आन्दोलनले असुरक्षा बढाएको बाहनामा भारतले १३ दिनदेखि लगाउँदै अएको नाकाबन्दी अझै खुलेको छैन । .... सबै नाका खुलाएर आपूर्ति अवरोध हटाउन भारतीय विदेश मन्त्रालयले मातहत भन्सार कार्यालयलाई निर्देशन दिएको भनिए पनि नाकामा भारतीय अधिकारीको व्यवहार झन् कठोर हुँदै गएको छ । ..... भन्सार सुरक्षा अधिकारीले एउटा ट्यांकर जाँच्न कम्तीमा एक घन्टा लगाउँदै आएका छन् । सोमबार विभिन्न नाकाबाट पेट्रोलियम पदार्थका ४५ ट्यांकर छाडेको भारतले मंगलबार रातिसम्म २७ वटामात्रै ट्यांकर छाडेको छ । सोमबारभन्दा मंगलबार खाद्यान्न, कपडा, निर्माण सामग्री, अटोमोबाइल्सलगायत सामग्री बोकेर नेपाल भित्रिएका गाडीको संख्यासमेत कम रहेको नेपाली भन्सार अधिकारीको भनाइ छ ।

Lord Pashupatinath, forgive PM Narendra Modi of India, he may not know what he is doing !#PashupatinathForgiveModi#IndiaBlockadesNepal

Posted by Kanak Mani Dixit on Wednesday, October 7, 2015

मधेशी को आन्दोलन कुनै जात ,समुदाए र परिबार को बिरुध होइन । राज्य र राज्य सन्चालक का बिरुध मात्र हो । त्यसैले मधेश आन्दोलन बाट कुनै पहाडी माथी हमला नहोश ।

Posted by Rajesh Ahiraj on Wednesday, October 7, 2015

बिरगंज नाकामा हजारौं हजार आन्दोलनकारी.....सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतो बिरगंज नाकाबाट भैरहवा नाकाबन्दी...

Posted by सदभावना पार्टी on Wednesday, October 7, 2015

मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, लिलामणि पौडेल, मनोज गजुरेल, कमल दीक्षित…ई.भारतीय सरकार प्रमुख न.मोदीलाई सद्बुद्धि प्राप्त होस् भनि भोली बिहान ८ बजे पशुपती मन्दिरमा क्षमा पुजामा सहभागी हुने नागरिक मध्ये -

Posted by Kanak Mani Dixit on Wednesday, October 7, 2015

बेलहीया आक्रमण:तमरा अभियानको बिरोध******************************आज अपरान्ह भैरहवाको नेपाल-भारत सीमा क्षेत्र बेलहीयामा ...

Posted by Jay Prakash Gupta on Wednesday, October 7, 2015

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्षहरुमा संवाद ****संघर्षरत् पक्ष आफु कमजोर भएको वेला शक्ति संचय अथवा सिमित उ...

Posted by Jay Prakash Gupta on Wednesday, October 7, 2015

सभी साथीयों को खबर करें ! गाँव के साथीयों को संगठित कर जुलुस में आवें !!शेयर करें !

Posted by Brikhesh Chandra Lal on Wednesday, October 7, 2015

Nepali racist regime has achieved another low, during a talk show organized by Embassy of Nepal, India at constitution...

Posted by S Kumar Thakur on Wednesday, October 7, 2015

And now the question is: Are we, as a people, ready to make any real sense out of this and start to put meaningful...

Posted by Anil Jung Shahi on Wednesday, October 7, 2015

मोर्चाले आफ्ना वकिलहरुमार्फत संविधान संशोधन गर्नुपर्ने भनी तयार पारेका २७ वटा बुँदासहितको आफ्नो अडान अघि सारेको छ।

Posted by OnlineKhabar on Tuesday, October 6, 2015

भैरहवा-सुनौली नाकाबन्दीको नेतृत्व गर्न सीमा नाकामा जाने क्रममा सुनौलीमा भारतीय संचारकर्मीहरू संग भेटघाट गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Tuesday, October 6, 2015
"I am about to ignite the last half of the last cigar in Moscow." (Dr Zhivago's father-in-law says this after Bolshevik take over of Moscow in movie Dr Zhivago). I will be driving on probably the last litre of petrol tomorrow, thanks to the Indian government's economic blockade of Nepal...

Retweeted Damakant Jayshi (@damakant):RT: Why need fast track to India when there's nothing to import? It might work if attention given to Kerung instead.

Posted by Dinesh Prasain on Wednesday, October 7, 2015

Nepali youth donate oil to the oil-starved Indian Embassy in Kathmandu. Great job, Nepali Youth ! Now donate a pinch of...

Posted by Deepak K Khadka on Wednesday, October 7, 2015

एउटै परिवारका सभासदहरू अर्थात जनताको लागि हैन परिवारको लागि राजनीति-कोईराला परिवार-१. सुशिल कोईराला२. शेखर कोईराला३....

Posted by Subhash Chandra Shah on Wednesday, October 7, 2015

Nepal: The Madhes movement has gone on for over 50 days. Surely it's time for the government to reach an agreement & amend the constitution?

Posted by Manjushree Thapa on Tuesday, October 6, 2015

Those asking that @kpsharmaoli be Nepal's next PM: he & his party, the Unified Marxist Leninists, were the main blocks to equal citizenship.

Posted by Manjushree Thapa on Wednesday, October 7, 2015

भैरहवामा मारिएका भारतीय नागरिकको लाश हिजो राति ११ बजे नेपाल प्रहरीले भारतको एस.एस.बि.लाई हस्तान्तरण गरेको छ. तथापी अन्त...

Posted by Subhash Chandra Shah on Wednesday, October 7, 2015

Originated from NNSD Yahoo group. I think it is totally justified. Shree Modi Ji has crossed the limit.पशुपतिनाथमा क्ष...

Posted by Deepak K Khadka on Wednesday, October 7, 2015

Here are the constitutional amendments Nepal's Madhes movement wants.

Posted by Manjushree Thapa on Wednesday, October 7, 2015

जुन गतिमा बार्ता भैरहेको छ त्यसबाट स्वभावीक रुपले प्रश्न उत्त्पन्न हुन्छ-के अहिलेको समस्या समाधानकोलागि तत्पर छन् सबैपक्ष?अतितिब्र गति होस्

Posted by Er Satya Narayan Shah on Wednesday, October 7, 2015

नाकाबन्दी पनि अप्रत्याशित भएको होईन । जब सदभावना पार्टीका सभासदले संबिधान सभा परित्याग गरे त्यही बेला सदभावना पार्टीका अ...

Posted by सदभावना पार्टी on Wednesday, October 7, 2015

पहाडलाई दुखदा मधेश अघि सर्यो तर आज मधेश रूँदा पहाडले दिपावली मनाउँदैछ । आशा छ मधेश–थरुहट रूँदा काठमाण्डौंमा सदभाव र्याली...

Posted by Upendra Mahato on Tuesday, October 6, 2015

बिशाल नेपाल भारत मैत्री र्याली , मिर्चैया, सिरहाLong Live Nepal India Friendship #thankyouindia #welcomeindia #notmyconstitution

Posted by Upendra Mahato on Wednesday, October 7, 2015

No comments: