Wednesday, October 21, 2015

चीन बाट ल्याउ पेट्रोल गैस, आपत्ति छैन

काठमाण्डु का मान्छे लाई भोकभोकै मार्ने हाम्रो गुरु योजना होइन। दक्षिण तिर नाकाबंदी गर्नु परेको अधिकार को लड़ाई को अंतिम अस्त्र को रुपमा हो।

चीन बाट ल्याउ पेट्रोल गैस, आपत्ति छैन। हाम्रो ताकत छ भने उत्तर तिरका नाका पनि बंद गर्दिमला। ताकतले भ्यायेन भने नहोला।

जनजातिले त चेतावनी दिएको हो। उत्तर तिर हामी छेक्छौं भन्ने समाचार पढ़े जस्तो लाग्थ्यो। चीनले बनेपा सम्मै ल्याइदिन्छौं भनेर के भनेको? चीन को सेना बनेपा आउने भनेको? त्यत्रो त्रिभुवन विमानस्थल छ, अहिले त प्रयोग मा पनि रहेको छैन। चीन लाई आर्मी बेस कैंप बनाउन दिन त्यो ठाउँ उपयुक्त हुन्छ। नेपालको राष्ट्रियता ले सागरमाथा नै छुन्छ अनि। ढिलाई किन? ल्याउ चीन बाट नै कुकिंग गैस। चढ़ गाडी। कुदाउ यामाहा सुजुकी मोटरसाइकिल।

राजनीतिक समस्या को राजनीतिक समाधान खोज्न छोडेर चीन, बांग्लादेश किन गुहारेको? भुटान पनि गुहार!

चीन यसरी सक्रिय भयो भने अमेरिका जाग्छ, राम्रै हुन्छ। युक्रेन र सीरिया जस्तै नेपाल पनि अमेरिका को प्रायोरिटी लिस्ट मा पर्छ अनि।

Now We Are Talking: चीन को नाका बंदी
आपूर्ति मा चीन ले भारत को स्थान लिन सक्दैन


Nepal finally does it: China formally requested to fill in the petroleum gap
ambassador Ranjit Rae said that Nepal was a sovereign nation and therefore could bring petroleum from whichever nation it chose. However, he warned that there would be huge transportation cost if Nepal decided to do so.


सरकार-मधेसी मोर्चाबीच आज औपचारिक वार्ता मोर्चाले माग्यो प्रदेशको सिमांकनमा आधिकारिक धारणा
सरकार र आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका वार्ता टोलीबीच बुधबार(आज) अपरान्ह औपचारिक वार्ता भएको छ । बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा दुईपक्षबीच करिब पौने २ घण्टा वार्ता भएको हो । ..... दुई महिनादेखि आन्दोलरत् मोर्चाले प्रदेशको सिमांकन विषयमा आफूहरुले उठाएको मागका विषयमा सरकारी टोलीको स्पष्ट धारणा माग गरेको छ । 'हाम्रो बटम लाईन सिमांकनको कुरा हो,' मोर्चाबाट वार्ता टोलीका एकजना सदस्य रामनरेश रायले भने 'हामीले स्पष्टसँग भनेका छौं, प्रदेशको सिमांकनको विषय हाम्रा मागहरु मध्येको प्रमुख हो ।' मोर्चाले तराई-मधेशका जिल्लाहरुमा दुई प्रदेशको माग गर्दै आएको छ । .... सरकारी वार्ता टोलीका सदस्य सामान्य प्रशासन मन्त्री रेखा शर्माले कान्तिपुरसँग भनिन्-'उहाँहरुको मूल चासो र सरोकार प्रदेशको सिमाकंनकै विषयमा देखिएको छ ।' सिमाकंनका विषयमा मिलन बिन्दु बीचको विषय के हुनसक्छ त्यस विषयमा दुवै पक्ष आ-आफ्नो आधिकारिक धारणा लिएर आईतबार फेरि वार्तामा बस्ने सहमति गरेका छन् । 'सरकार र सरकारमा सहभागी दलहरुसँग हामी छलफल गर्छौं, तपाईहरुपनि आफूबीच छलफल गरेर मिलन बिन्दु लिएर आउनुहोस,' वार्ताको क्रममा सरकारी टोलीले भनेको छ । ..... राजनीतिक मुद्दामा सहमति खोज्नु अगाडि मोर्चाले राखेको मृतकलाई सहिद घोषणा, सेना/सशस्त्रको फिर्ता, घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति, न्यायीक आयोगको गठन जस्ता मागमा सरकारी टोल सकारात्मक देखिएको छ । 'आईतबारको वार्ता बस्नु अगाडि तीन दिनको अवधिमा ति मागहरु पूरा गर्न हामीले भनेका छौं,' रायले भने 'सरकारी वार्ता टोलीका संयोजक उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले देखिने र अनुभूति हुने गरी सरकारले ति माग पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।' ...... वार्तामा सरकारी टोलीका संयोजक उपप्रधानमन्त्री थापा, मन्त्री शर्मा र अर्का मन्त्री रामजनम चौधरी तथा मोर्चाको वार्ता टोलीका सवेन्द्रनाथ शुक्ल, लालबाबु राउत र रामनरेश राय सहभागी थिए । वार्ता टोलीमा रहेका कानुन मन्त्री अग्नी खरेल र मधेसी मोर्चाको वार्ता टोलीबाट लक्ष्मण लाल कर्ण उपत्यका बाहिर रहेकाले अनुपस्थित थिए । तमलोपा अध्यक्ष ठाकुर र सह अध्यक्ष हृदयश त्रिपाठीपनि वार्तामा उपस्थित रहेका थिए ।


मुलुकले चाँडै निकास पाओसः ठाकुर
कमाइमा अब्बल गायिका



कमाइमा अमिताभ–सलमान सँगै
सलमान खान र अमिताभ बच्चनले समान रूपमा वार्षिक दुई सय १३ करोड भारु कमाइ गर्दै ..... अमिताभलाई मुख्यत: टीभी कार्यक्रम सञ्चालन र विज्ञापन खेलेर नै अधिक आम्दानी हुने गरेको छ। ..... विश्वकै सर्वाधिक धनी अभिनेता भने रोबर्ट डाउनी जुनियर बनेका छन्। उनको कमाइ अमिताभ–सलमानको भन्दा झन्डै तीन सय करोड भारु अर्थात् पाँच सय नौ करोड भारु रहेको छ। ‘एभेन्जर्स’ र ‘आइरन म्यान’ जस्ता एक अर्ब डलरभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म सिरिजका सुपरहिरो रोबर्ट डाउनी सन् २०१२ देखि लगातार धनी अभिनेताको सूचीमा पहिलो नम्बरमा छन्।

No comments: