Wednesday, October 28, 2015

१% सम्म ठीक छ, ४०% इन्धन चीन बाटो आए देश टुट्छ

नारायण काजी श्रेष्ठ गोरखा को हो तर गोर्खाली होइन, जनजाति हो, नेवार हो। नारायण मान बिजुक्छे र नारायण काजी श्रेष्ठ ले "राष्ट्रियता" को सबक एउटै पाठशाला मा एउटै पुस्तक बाट पढेको। महेंद्र माला।

चीन गएर हामीलाई चाहिएको मध्ये ४०% तेल देउ भनेर मागेछ। ४० किन? १००% किन नमागेको? किनभने तराई लाई तेल सप्लाई गर्न चाहदैन यो माले-मसाले-मंडले सरकार। मधेसी ले आंदोलन गर्ने दुस्साहस जुन गरेको छ।

चीन ले तेल व्यापारिक हिसाबले दिन मिल्छ भन्यो। अर्थात हामीले subsidize गर्दैनौं भनेको डिप्लोमेटिक भाषामा। अर्थात हाम्रो बाटो महँगो पर्छ भन्ने संकेत हो। तर खस अहंकारवादी को कान सुन्दैन। नारायण काजी नेवार हो तर खस अहंकारवादी। त्यस्तो पनि हुन्छ। तीन बाहुन दल मा हुन्छ, अनुहारले मधेसी हुन्छ, तर आइडियोलॉजी ले खस अहंकारवादी। जस्तो कि राम वरण। बिद्या। पुरुषवादी। समानता खोज्ने मधेसी र महिला का लागि काँग्रेस एमाले मा ठाउँ नै हुँदैन।

४०% इन्धन चीन बाटो आए देश मलेशिया सिंगापुर हुन्छ।



No comments: